English

यस्ता हुन्छन् युरिक एसिडका लक्षण, कसरी बच्ने ?



अस्वस्थकार जीवनशैली र खानपानले विभिन्न समस्याहरु हुन सक्छ । जसकारण लाग्ने रोगमध्ये युरिक एसिड पनि एक हो । त्यसो त युरिक एसिड किन हुन्छ ? युरिक एसिड भएका व्यक्तिहरुले के–के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा प्राकृतिक/दुखाई विशेषज्ञ डा.सुनिल पौडेलको सुझाव यस्तो छ ।

युरिक एसिड हुनुको कारण

मानव शरीरमा प्युरिन पचेर अन्तमा युरिक एसिड बन्छ । जो खानामा पाइने प्युरिन भन्ने एउटा तत्व पचेर बाँकी रहने एन्ड प्रोडक्ट हो । प्युरिन जे–जे मा उच्च हुन्छ, त्यस्ता खानेकुराले युरिक एसिड बढाउँछ । धेरैजसोले रातो मासुमा प्युरिन बढी हुन्छ भन्छन् । तर, प्युरिन बढी हुने खानेकुरा धेरै छन् । शरीरले युरिक एसिड राम्ररी फाल्न नसक्दा वा शरीरले फाल्न सक्ने भन्दा बढी पैदा हुँदा युरिक एसिड बढ्छ । त्यसैले खानेकुरामा विशेष होसियार हुन जरुरी छ ।

लक्षण

– खुट्टाको बुढी औँला र आसपासका जोर्नीहरु सुन्निने
– जोर्नी रातो हुने
– सहनै नसक्ने गरी दुखाई हुनु
– लामो सयम युरिक एसिडको समस्या भएकालाई घुँडा, कुइनो लगायतका जोर्नीहरुमा पनि दुख्नु
– कुनै पनि किसिमको दुखाईलाई झन् बढाउने

बच्ने उपाय

– नियमित व्यायाम गर्ने
– पर्याप्त मात्रामा पानी पिउने
– धूमपान र मद्यपानबाट टाढै बस्ने
– प्युरिन तत्व बढी हुने रातो मासु, गेडागुडी, गालेको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने
– गुलियो पदार्थ वा पेय पदार्थको प्रयोग कम गर्ने
– नुनको प्रयोग कम गर्ने
– समय–समयमा चिकित्सकको परामर्श लिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested