English

यस्ता हुन्छन् युरिक एसिडका लक्षण, कसरी बच्ने ?



अस्वस्थकार जीवनशैली र खानपानले विभिन्न समस्याहरु हुन सक्छ । जसकारण लाग्ने रोगमध्ये युरिक एसिड पनि एक हो । त्यसो त युरिक एसिड किन हुन्छ ? युरिक एसिड भएका व्यक्तिहरुले के–के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा प्राकृतिक/दुखाई विशेषज्ञ डा.सुनिल पौडेलको सुझाव यस्तो छ ।

युरिक एसिड हुनुको कारण

मानव शरीरमा प्युरिन पचेर अन्तमा युरिक एसिड बन्छ । जो खानामा पाइने प्युरिन भन्ने एउटा तत्व पचेर बाँकी रहने एन्ड प्रोडक्ट हो । प्युरिन जे–जे मा उच्च हुन्छ, त्यस्ता खानेकुराले युरिक एसिड बढाउँछ । धेरैजसोले रातो मासुमा प्युरिन बढी हुन्छ भन्छन् । तर, प्युरिन बढी हुने खानेकुरा धेरै छन् । शरीरले युरिक एसिड राम्ररी फाल्न नसक्दा वा शरीरले फाल्न सक्ने भन्दा बढी पैदा हुँदा युरिक एसिड बढ्छ । त्यसैले खानेकुरामा विशेष होसियार हुन जरुरी छ ।

लक्षण

– खुट्टाको बुढी औँला र आसपासका जोर्नीहरु सुन्निने
– जोर्नी रातो हुने
– सहनै नसक्ने गरी दुखाई हुनु
– लामो सयम युरिक एसिडको समस्या भएकालाई घुँडा, कुइनो लगायतका जोर्नीहरुमा पनि दुख्नु
– कुनै पनि किसिमको दुखाईलाई झन् बढाउने

बच्ने उपाय

– नियमित व्यायाम गर्ने
– पर्याप्त मात्रामा पानी पिउने
– धूमपान र मद्यपानबाट टाढै बस्ने
– प्युरिन तत्व बढी हुने रातो मासु, गेडागुडी, गालेको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने
– गुलियो पदार्थ वा पेय पदार्थको प्रयोग कम गर्ने
– नुनको प्रयोग कम गर्ने
– समय–समयमा चिकित्सकको परामर्श लिने



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested