English

कपालमा कलर गर्दा नभुल्नुहोस् यी चार कुरा



हरेक मानिस आफूलाई सुन्दर र फरक देखिन चाहन्छन् । अरुले प्रशंसा गरोस् भन्ने चाहन्छन् । तर, आफ्नो कपालको विषयमा भने लापरवाही गरेको देखिन्छ । तपाईंले आफ्नो कपाललाई स्याम्पु र कन्डिसनरले धुनुहुन्छ । तर, कलरको बारेमा पनि सोच्नुहुन्छ ? कपाल कलर गर्दा तपाईंका साना गल्तीले गर्दा तपाईंलाई ठूलो हानी गर्न सक्छ । यी कुरामा ध्यान दिनुहोस् ।

पटक–पटक कपाललाई कलर नगर्नुहोस्

धेरै मानिहरूको समय–समयमा कपालमा कलर गर्ने बानी हुन्छ । यस्तो अवस्थामा बारम्बार कलर गर्नाले छोटो समयमै कमजोर र बिग्रन्छ । साथै, यसको प्रयोगले झर्ने खतरा बढाउँछ । कपाल कलर गर्दा कम्तिमा ६ देखि ८ हप्ताको अन्तर राख्ने प्रयास गर्नुहोस् ।

मालिस गर्नुहोस्

प्रायः मानिसले सीधै कपालमा कलर लगाउँछन् जसले गर्दा हानी हुन सक्छ । त्यसैले, रङ लगाउनुअघि कपालको जरामा नरिवलको तेल वा जैतुनको तेल लगाएर मालिस गर्नुहोस् । एकै समयमा कलर गरेपछि निश्चितरूपमा राम्रो मोइस्चराइजिङ कन्डिसनर प्रयोग गर्नुहोस् ।

दुखाइलाई बेवास्ता नगर्नुहोस्

यदि, तपाईंलाई रंग लगाएपछि कुनै समस्या छ भने यसलाई हल्कारूपमा नलिनुहोस् । उदाहरणका लागि रंग लगायपछि तपाईंको छालामा रातो, जलन वा दुखाइ छ भने सकेसम्म चाँडो डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

यो पनि…
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested