English

किन झर्छ कपाल ? यी हुन् रोकथामका उपाय



अधिकांशलाई कपाल झर्ने समस्याले सताउने गरेको छ । सुन्दरताका लागि कपालको निकै महत्वपूर्ण भूमिका हुन्छ । कपाल झरेर तालु खुइलिन्छ कि भन्ने चिन्ताले धेरैलाई पिरोल्छ । त्यसैले कपाल झर्नुका कारण के–के हुन् र यसबाट कसरी बच्ने भन्ने बारे छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा. अनिलकुमार भट्टको सुझाव यस्तो छ :

कपाल झर्नुका कारण

हर्मोनको परिवर्तन

हर्मोनमा आएको परिर्वतनले पनि कपाल झर्छ । महिलामा गर्भावस्था र प्रसवको क्रममा शरीरमा हर्मोनको मात्रामा उतारचढाव आउने गर्छ । यस्तो बेला महिलामा अत्याधिक कपाल झर्ने समस्या हुन्छ । थाइराइड हर्मोनको असन्तुलन, महिनावारी बन्द हुने या अन्य हर्मोनसम्बन्धि गडवढीको कारण तीव्र मात्रामा कपाल झर्छ ।

तनाव

हिजोआजको व्यस्त दैनिकीमा हाम्रो शरीरबाट बढी मात्रामा उर्जा बाहिरिने गर्छ । यसकै कारण तनावको मात्रा पनि बढेर जान्छ । धेरै मानिसमा बढी तनावकै कारण कपाल झर्छ ।

जंक फुड

बढी मात्रामा जंकफुडमा निर्भर हुँदा शरीरमा विभिन्न पोषणको कमी हुन जान्छ । जुन कपाल झर्ने प्रमुख कारण हो । त्यस्तै, खानपानमा र शरीरको पोषणको बारेमा राम्रोसँग ख्याल नपु¥याउँदा पनि कपाल झर्ने समस्या हुन्छ ।

वंशाणुगत कारण

कपाल झर्नुको प्रमुख कारण मध्ये वंशाणुगत पनि एक हो । यस्तो समस्यामा तपाईले केही गर्न सक्नुहुन्न । उचित आहारविहारलाई जीवनशैलीसँग जोडेर कपाल झर्ने सम्भावनालाई कम गर्न सकिन्छ ।

प्रोटिनको अभाव

यदि शरीरलाई आवश्यक पर्ने प्रोटिनको कमी भयो भने पनि कपाल झर्छ । प्रोटिनको कमी भएको दुई देखि तीन महिनाबाट कपाल झर्ने समस्या देखिन थाल्छ ।

बच्ने उपाय

– कपाल झर्ने समस्याको कारण के हो, सर्वप्रथम त्यो बुझ्नका लागि चिकित्सक कहाँ जाने ।
– चिकित्सकको सल्लाह बमोजिम उपचार तर्फ लाग्ने ।
– ब्यालेन्स डाइटमा ध्यान दिने पोट्रिनयुक्त खानेकुराहरु खाने ।
– तनाव कम लिने
– पर्याप्त मात्रामा निदाउने
– व्यायाम गर्ने
– सकारात्मक सोच राख्ने
– प्रशस्त मात्रामा पानी पिउने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested