English

कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर



कपाल महिलाको पहिचान हो । लामो र सुन्दर कपालले महिलालाई आकर्षित तुल्याउनुको साथै व्यक्तित्व झल्काइरहेको हुन्छ । त्यसो भए कपाललाई लामो र सुन्दर बनाउन के गर्ने त ? कपाल छिटो बढाउन र आकर्षक बनाउन यी तरिका अपनाउनुहोस् ।

टाउको मसाज गर्नुहोस्

कपाललाई सुन्दर बनाउन तेलको मसाज नै सबैभन्दा राम्रो उपाय हो । मसाज गर्दा टाउकोमा रगतको पूर्णरुपमा सञ्चरित हुन्छ, जसले गर्दा कपालको पोषण तत्व कपालको फोलिकल्समा छिटो पुग्छ । अमला र निम जस्ता अन्य औषधिजन्य जडीबुटीबाट बनेका तेलहरू छन् । यस्ता तेलले टाउकोमा हुने संक्रमणलाई समेत रोक्छ ।

बोतलबाटै सीधै तेल टाउकोमा लगाउनुहोस्

तेल लगाउँदा आफ्नो औँलाहरूको सट्टा बोतलबाटै टाउकोमा सीधै तेल लगाउनुहोस् । यसबाट तेल सीधै कपालको जरासम्म पुग्छ र तपाईंको कपाललाई लामो र बलियो बनाउँछ ।

कपाल छाँटकाँट गर्नुहोस्

महिलाहरू आफ्नो कपाल छोटो हुने डरले काट्न डराउँछन् । तर, आफ्नो कपाललाई छिटो बढाउन चाहनुहुन्छ भने हरेक ६ देखि ८ हप्तामा कपाल छाँटकाँट गर्नु पर्दछ । जसले गर्दा तपाईंको कपाल फुट्ने र हाँगा निस्कने समस्याबाट छुट्कारा मिली कपाल छिटो बढ्छ ।

भिटामिनहरूको प्रयोग गर्नुहोस्

समय–समयमा आफ्नो कपाललाई विशेष हेरचाह गर्नुपर्दछ । सही भिटामिनको उपभोग र कपाललाई पोषण प्रदान गर्नु एक राम्रो तरिका हो । एन्टी अक्सिडेन्ट र भिटामिन ‘बी’ युक्त चक्कीले कपाललाई बलियो बनाउँछ । यो बाहेक कपाललाई स्वस्थ बनाउन बायोटिनजस्ता सप्लिमेन्टहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ ।

सही स्याम्पुको प्रयोग गर्नुहोस्

सुन्दर कपालको लागि राम्रो स्याम्पुको प्रयोग गर्नु महत्वपूर्ण हुन्छ । स्याम्पुमा प्रायः भृंगिराज, निम, अमला, तुलसी, मध्याटिका शिकाकाई र रोजमेरी जस्ता जडिबुटीबाट बनाइएको हुन्छ । जसले कपाललाई मजबुत र सिल्की बनाउँछ ।

चिसो पानीले कपाल धुनुहोस्

नियमित स्याम्पु र कन्डिनरको प्रयोग गरेपछि चिसो पानीले धुनुपर्दछ । आफ्नो कपाललाई चिसो पानीमा भिजाउँदा वा चिसोपानीले नुहाउँदा शितल हुनुको साथै कपाल बलियो हुन्छ । तातो पानीले कपाल धुँदा तपाईंको कपाललाई सुख्खा र कमजोर बनाउने भएकोले तातोपानीले कपाल धुनुहुँदैन ।

यो पनि…
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ
मोटोपना घटाउन के खाने के नखाने ?



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested