English

कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर



कपाल महिलाको पहिचान हो । लामो र सुन्दर कपालले महिलालाई आकर्षित तुल्याउनुको साथै व्यक्तित्व झल्काइरहेको हुन्छ । त्यसो भए कपाललाई लामो र सुन्दर बनाउन के गर्ने त ? कपाल छिटो बढाउन र आकर्षक बनाउन यी तरिका अपनाउनुहोस् ।

टाउको मसाज गर्नुहोस्

कपाललाई सुन्दर बनाउन तेलको मसाज नै सबैभन्दा राम्रो उपाय हो । मसाज गर्दा टाउकोमा रगतको पूर्णरुपमा सञ्चरित हुन्छ, जसले गर्दा कपालको पोषण तत्व कपालको फोलिकल्समा छिटो पुग्छ । अमला र निम जस्ता अन्य औषधिजन्य जडीबुटीबाट बनेका तेलहरू छन् । यस्ता तेलले टाउकोमा हुने संक्रमणलाई समेत रोक्छ ।

बोतलबाटै सीधै तेल टाउकोमा लगाउनुहोस्

तेल लगाउँदा आफ्नो औँलाहरूको सट्टा बोतलबाटै टाउकोमा सीधै तेल लगाउनुहोस् । यसबाट तेल सीधै कपालको जरासम्म पुग्छ र तपाईंको कपाललाई लामो र बलियो बनाउँछ ।

कपाल छाँटकाँट गर्नुहोस्

महिलाहरू आफ्नो कपाल छोटो हुने डरले काट्न डराउँछन् । तर, आफ्नो कपाललाई छिटो बढाउन चाहनुहुन्छ भने हरेक ६ देखि ८ हप्तामा कपाल छाँटकाँट गर्नु पर्दछ । जसले गर्दा तपाईंको कपाल फुट्ने र हाँगा निस्कने समस्याबाट छुट्कारा मिली कपाल छिटो बढ्छ ।

भिटामिनहरूको प्रयोग गर्नुहोस्

समय–समयमा आफ्नो कपाललाई विशेष हेरचाह गर्नुपर्दछ । सही भिटामिनको उपभोग र कपाललाई पोषण प्रदान गर्नु एक राम्रो तरिका हो । एन्टी अक्सिडेन्ट र भिटामिन ‘बी’ युक्त चक्कीले कपाललाई बलियो बनाउँछ । यो बाहेक कपाललाई स्वस्थ बनाउन बायोटिनजस्ता सप्लिमेन्टहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ ।

सही स्याम्पुको प्रयोग गर्नुहोस्

सुन्दर कपालको लागि राम्रो स्याम्पुको प्रयोग गर्नु महत्वपूर्ण हुन्छ । स्याम्पुमा प्रायः भृंगिराज, निम, अमला, तुलसी, मध्याटिका शिकाकाई र रोजमेरी जस्ता जडिबुटीबाट बनाइएको हुन्छ । जसले कपाललाई मजबुत र सिल्की बनाउँछ ।

चिसो पानीले कपाल धुनुहोस्

नियमित स्याम्पु र कन्डिनरको प्रयोग गरेपछि चिसो पानीले धुनुपर्दछ । आफ्नो कपाललाई चिसो पानीमा भिजाउँदा वा चिसोपानीले नुहाउँदा शितल हुनुको साथै कपाल बलियो हुन्छ । तातो पानीले कपाल धुँदा तपाईंको कपाललाई सुख्खा र कमजोर बनाउने भएकोले तातोपानीले कपाल धुनुहुँदैन ।

यो पनि…
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ
मोटोपना घटाउन के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

Latest










Popular
Suggested