English

मोटोपना घटाउन सेवन गर्नुहोस् यी जडीबुटी



नेपालको सामुदायिक, निजी र सरकारी वनमा विशिष्ट प्रकारका जडीबुटीहरू पाइन्छ । यस्तो विशिष्ट प्रकारको जलवायुमा पाइने जडीबुटीको विशेषता पनि पृथक प्रकारको नै हुन्छ । धेरैजसो जडीबुटीहरू परम्परागत उपचार पद्धतिमा प्रयोग भएका छन् । यस्ता जडीबुटीहरूको सही सन्तुलित र नियमित सेवन गर्नाले शरीरमा भएको अतिरिक्त चिनी, बोसो, र अन्य विषाक्त पदार्थबाहिर निस्कन्छ र शरीर स्वास्थ्य रहन्छ ।

शरीरले कति मात्रा जडीबुटीहरू उपभोग गर्न सक्छ र मापदण्ड पालना गरी नियमित सेवन गरेमा मोटोपना नियन्त्रण गर्न सकिन्छ । मोटोपनाको कारण देखापर्ने विभिन्न रोगहरूबाट पनि समयमै जोगिन सकिन्छ ।

शरीरले कति मात्रा जडीबुटीहरू उपभोग गर्न सक्छ र मापदण्ड पालना गरी नियमित सेवन गरेमा मोटोपना नियन्त्रण गर्न सकिन्छ । मोटोपनाको कारण देखापर्ने विभिन्न रोगहरूबाट पनि समयमै जोगिन सकिन्छ । शरीरको वजनलाई सन्तुलित राख्न र स्वास्थ्य जीवन पद्धति अपनाउनुपर्छ ।

मोटोपनको केहि कारणमा अत्यधिक क्यालोरी भएका खाद्यको सेवन, शारीरिक गतिविधिहरूको अभाव, ब्यस्त जीवन, रासायनिक विषादीको दुस्प्रभाब, आनुवांशिकी गुणको मिश्रण आदि हुन सक्छन् । मोटोपन बढ्दै जानु एक जटिल प्रक्रिया पनि भएकाले शारीरिक व्यायाम, पूर्ण निद्रा, सकारात्मक सोच, सन्तुलित खाना आदिले शरीरको जीव रासायनिक प्रक्रियालाई गतिशील बनाउँछ र तौल नियन्त्रणका लागि मद्दत पुर्याउँछ । मोटोपन बढ्नु एक जटिल प्रक्रिया पनि भएकाले यी प्रयास मात्र पर्याप्त नहुन पनि सक्छन् । प्राकृतिक विकल्पहरूका साथ साथै सरल र स्वास्थ्य जीवनशैली पनि उत्तिकै जरुरी छ ।
मोटोपन जस्तो जनस्वास्थ्यको समस्याबाट जोगिनका लागि नेपालमै उपलब्ध केहि जडीबुटीहरू प्रभावकारी हुन सक्छन् भन्ने बैज्ञानिक तथ्यहरू सहित यो लेख प्रस्तुत गरिएको छ ।

मरिच

मरिचमा पाइने पिपरिन नामक मुख्य तत्वले शरीरको बोसोलाई पगाल्ने र जीव रासायनिक प्रक्रिया गतिशील पार्छ । पिपरिनले , खासगरी मासुभित्र जमेर बसेको खराब बोसो पगाल्ने तथ्य सन् २०२० मा चीनका बैज्ञानिकहरुले गरेको यक अनुसन्धानबाट खुलेको छ । यसले भोक लाग्ने प्रक्रियालाइ पनि कम गर्छ । तातोपानीमा चियामा वा अन्य खाद्य परिकारसँग मिसाएर यसलाई खान सकिन्छ ।

खुर्सानीको नियमित सेवनले शरीरको तापक्रम सामान्य वृद्धि हुने भएकोले फलस्वरूप ऊर्जाको खपत वृद्धि हुने बताइएको छ । दैनिक खानामा समावेश गरी खुर्सानीको प्रयोग गर्न सकिन्छ ।

खुर्सानी

अमेरिकाको मेरिल्यान्ड अवस्थित एक विश्व विद्यालयमा डाक्टरहरूले सन् २००९ मा गरेको अनुसन्धानअनुसार ६ मिलिग्राम प्रतिदिनका दरले खुर्सानीको सेवन गराउँदा कम्मर र पेटमा जम्मा भएको घटेको देखियो । खुर्सानीको नियमित सेवनले शरीरको तापक्रम सामान्य वृद्धि हुने भएकोले फलस्वरूप ऊर्जाको खपत वृद्धि हुने बताइएको छ ।खुर्सानीको मुख्य तत्त्वहरू क्याप्सिनोइडहरुको १२ हप्ता सम्म प्रयोगले शरीरको कम्मर र पेटको बोसो पग्लिएर तौल घटेको कुरा अमेरिका स्थित मेरि हर्दिन–बय्लोर विश्वविद्यालयका वैज्ञानिकहरूले सन् २०१७ मा पत्ता लगाएका थिए । ब्रिटेनमा भएको एक शोधमा दावा गरिएको छ कि रातो खुर्सानी शरीरमा व्याप्त अनावश्यक ऊर्जा अर्थात् कैलोरीलाई जलाउन एवं मोटोपन घटाउनमा उपयोगी साबित हुन सक्छ । शोधको नेतृत्व गर्ने पड्र्यू यूनिवर्सिटीका प्रोफेसर रिचर्ड मैट्सले बताएका छन् कि, खुर्सानीमा कैप्सेसिन तत्त्वले भोक कम गर्न सक्छ र मोटोपन कम गराउन मद्दत गर्न सक्छ । दैनिक खानामा समावेश गरी खुर्सानीको प्रयोग गर्न सकिन्छ ।

अमला

भिटामिन सि को प्रमुख स्रोत अमला,त्रिफलाभित्रको एउटा जडीबुटी हो अमला । हर्रो, बर्रोसँग मिसाएर वा एकल रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले शरीरमा चिनीको मात्रा नियन्त्रण गर्छ । सन् २०१७ मा क्यानडाका वैज्ञानिकहरूले गरेको अनुसन्धानका अनुसार अमलालगायत त्रिफलाले शरीरको वजन नियन्त्रण गर्न सहयोग गर्छ । दैनिक ५ देखि ८ ग्राम सुकेको अमला सेवन गर्दा लाभदायी हुन्छ ।

दैनिक ३०० देखि ५ सय मिलिग्राम घ्यूकुमारी दुई महिनासम्म सेवन गर्नुपर्छ । जसले शरीरमा इन्सुलिन वृद्धि हुने, बोसो पगाल्ने, रगतमा लिपिड प्रोफाइल सन्तुलित राख्ने र तौल नियन्त्रण गर्न लाभकारी मानिन्छ ।

घ्यूकुमारी

घ्यूकुमारीको पातको रस सेवन गर्दा ९० दिनमा शरीरको वजन घटेको जापानका वैज्ञानिकहरूले सन् २०१२ मा पत्ता लगाएका थिए । यसले शरीरमा चिनीको बढ्न रोक्ने र बोसोलाई पगाल्ने काम गर्छ । दैनिक ३०० देखि ५ सय मिलिग्राम घ्यूकुमारी दुई महिनासम्म सेवन गर्नुपर्छ । जसले शरीरमा इन्सुलिन वृद्धि हुने, बोसो पगाल्ने, रगतमा लिपिड प्रोफाइल सन्तुलित राख्ने र तौल नियन्त्रण गर्न लाभकारी मानिन्छ ।

सोमलता

सोमलतामा रहेको ‘ईफेड्रोन’ नामक तत्त्वले स्नायु प्रणालीमा प्रभाव पारी खानाको रुचि कम गरिदिन्छ । त्यसका साथै पेटमा रहेका खाना पचाउन सहयोग गर्ने सूक्ष्म जीवाणुलाई समेत गतिशील बनाउँछ र शरीरको तापक्रम वृद्धि गराई बोसोलाई पगाल्छ भन्ने तथ्य विश्व स्वास्थ्य सङ्गठनले समेत पुष्टि गरेको छ ।

प्रतिदिन अधिकतम १५० मिलिग्राम प्रतिदिन इफेड्रोन वा २ ग्राम सोमलताको धुलो सेवन गर्नाले ३ महिनामा यसको नतिजा प्राप्त हुन्छ ।

प्रतिदिन अधिकतम १५० मिलिग्राम प्रतिदिन इफेड्रोन वा २ ग्राम सोमलताको धुलो सेवन गर्नाले ३ महिनामा यसको नतिजा प्राप्त हुन्छ । इृटालीको पादोभा विश्व विद्यालयका वैज्ञानिकहरूले समेत ईफेड्रोनले कोलेस्ट्रोल, एलडीएल र टीजी घटेको तथ्य प्रमाणित गरेका छन् ।

ग्रिन टी

शरीरको खराब कोलोस्टोर नियन्त्रणमा राख्न, पाचन यन्त्रलाई तन्दुरुस्त राख्नदेखि र तौल नियन्त्रणका लागि ग्रीन टि पिउन सकिन्छ । ग्रिन टीको लगातार ८ देखि १२ हप्तासम्म करिब एक ग्राम एक्ट्रयाक्ट प्रतिदिनका दरले सेन गर्दा सो अवधिमा ३ दशमलव ५ किलो ग्राम शरीरको तौल र ४ दशमलव १४ सेमी कम्मरको बोसो घटेको तथ्य युरोपियन जर्नलमा प्रकाशित भएको छ ।

लगातार तीन महिनासम्म ग्रिन टी सेवन गर्दा शरीरमा एलडीएल कोलेस्ट्रोलको मात्रा घटाउँछ । साथै बोसोलाई ऊर्जामा परिणत गराई तौल नियन्त्रण गर्छ ।

करिब ८ सय मिलिग्राम क्याटाचिन र न्यून मात्रामा क्याफिन रसायनहरू भएको ग्रिन टी तौल घटाउन प्रभावकारी भएको पाइएको छ । ग्रिन टी का पोलीफिनोल रसायनहरूले पेटमा सङ्कलित चिल्लो पदार्थ र ग्लुकोजलाई शरीरको मुख्य प्रणालीमा प्रवेश हुनबाट रोक्छ ।

लगातार तीन महिनासम्म ग्रिन टी सेवन गर्दा शरीरमा एलडीएल कोलेस्ट्रोलको मात्रा घटाउँछ । साथै बोसोलाई ऊर्जामा परिणत गराई तौल नियन्त्रण गर्छ । तर, क्याफिनको मात्रा बढी भएको ग्रिन टी, तौल नियन्त्रणका लागि राम्रो हुँदैन ।

शारीरिक व्यायाम शुरु गर्नुभन्दा पहिले ग्रिन टी सेवन गर्नाले बोसो घटाउन विशेष मद्दत पुग्छ । मधुमेहका बिरामीहरूका लागि ग्रिन टी अझ बढी प्रभावकारी हुन्छ । राम्रो नतिजाका लागि उल्लेखित पोलीफिनोल प्राप्त गर्न प्रति दिन ३ देखि ४ ग्राम ग्रिन टीको पात लगातार तीन महिनासम्म पिउनुपर्छ ।

करिब दुई चम्चा जिरालाई पानीमा भिजाएर रातभरी राख्ने र बिहान उमालेर रस तयार पारी लगातार दुई महिनासम्म सेवन गर्दाले शरीरको तौल नियन्त्रण गर्न सहयोग गर्छ ।

जिरा

शरीरको मोटोपन नियन्त्रणका लागि जिरा पनि प्रभावकारी मानिन्छ । मोटोपन भएका एक सय जना महिलाहरूलाई जिराको रस खुवाउँदा तौल नियन्त्रण भएको तथ्य मेडिकल विश्वविद्यालयका प्राध्यापक जोरले पुष्टि गरेका छन् । जिराको रसले रगत सफा गर्छ र बोसो पगाल्न मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ । लिपिड प्रोफाइलका सूचकाङ्कहरू नियन्त्रण गर्छ ।

यसले पाचन प्रक्रिया राम्रो बनाउँछ र विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्छ । करिब दुई चम्चा जिरालाई पानीमा भिजाएर रातभरी राख्ने र बिहान उमालेर रस तयार पारी लगातार दुई महिनासम्म सेवन गर्दाले शरीरको तौल नियन्त्रण गर्न सहयोग गर्छ । बिहान खाली पेटमा जिरा पानी खाँदा तौल नियन्त्रण हुन्छ । जिराको रसमा थप दालचिनी, मेथी, कागतीको रस घोद्ताप्रे, सयपत्री फूल, सईजंनको पात, सिस्नोको पात, अदुवा, आदि मिसाएर पनि सेवन गर्न सकिन्छ ।

दैनिक तुलसी खाँदा शरीरको बोसो घट्ने, शरीरमा लाभदायक सूक्ष्म जीवाणुहरूको विकास हुने, कलेजोको कार्य क्षमता वृद्धि हुने भएकाले बढी भएको तौल घटाउन लाभकारी मानिन्छ ।

तुलसी

तौल घटाउनका लागि कोशिस गर्दै हुनुहुन्छ भने, तुलसीको रस लाभकारी हुन सक्छ । तुलसीको नियमित सेवन गर्नाले मोटोपन नियन्त्रण गर्न सकिन्छ । तौल बढी भएका व्यक्तिहरूमा गरिएको अनुसन्धानमा प्रतिदिन १० ग्रामका हिसाबले तुलसी १२ हप्तासम्म खाली पेटमा सेवन गर्दा शरीरको तौल, रगतको बोसोलगायत जीवन रासायनिक सूचकाङ्कहरू नियन्त्रण भएको पाइएको छ । प्रयोगशालामा शोधकर्ताहरूले, तुलसीको रसको प्रयोगले रगत सफा पार्ने, पाचन प्रक्रिया गतिशील बनाउने र मधुमेहका बिरामीलाई बढी फाइदा भएको पुष्टि गरेका छन् ।

दैनिक तुलसी खाँदा शरीरको बोसो घट्ने, शरीरमा लाभदायक सूक्ष्म जीवाणुहरूको विकास हुने, कलेजोको कार्य क्षमता वृद्धि हुने भएकाले बढी भएको तौल घटाउन लाभकारी मानिन्छ । तुलसीको १५–२० वटा पातको काडा पकाई खाली पेटमा खानाले बढी फाइदा हुन्छ ।

साढे एक ग्राम दालचिनीको धूलो दिनको तीनपटक गरी सेवन गर्दा शरीरमा तौल बढाउन सक्ने तन्तुहरूलाई नियन्त्रण गर्ने तथ्यहरू विभिन्न सोधहरूमा पाइएको छ ।

दालचिनी

साढे एक ग्राम दालचिनीको धूलो दिनको तीनपटक गरी सेवन गर्दा शरीरमा तौल बढाउन सक्ने तन्तुहरूलाई नियन्त्रण गर्ने तथ्यहरू विभिन्न सोधहरूमा पाइएको छ । यसको दैनिक सेवनले कम्मरको चौडाइ घट्ने, रगतमा लिपिडको मात्रा कम हुने, बोसो पग्लिने जस्ता लाभहरू प्राप्त गर्न सकिन्छ ।

मधुमेहका बिरामीहरूमा दालचिनीले इन्सुलिनको मात्रामा सुधार ल्याएको तथ्य अस्ट्रेलिया भएको अनुसन्धानमा फेला परेको थियो । यसमा पाइने पोलिफिनोलिक यौगिकहरुले शरीरमा चिल्लो पदार्थको अवशोषणलाई रोक्छ । दालचिनीको आधा चम्चा धूलो एक कप पानीमा उमालेर पिउनुपर्छ । यसलाई दिनमा तीन पटकसम्म पिउनाले मोटापन नियन्त्रणमा फाइदा पुग्छ ।

एउटा अनुसन्धानमा जम्मा ८० जना मोटोपन भएका व्यक्तिहरूमा दैनिक २ ग्रामका दरले ४० दिनसम्म धनियाँ प्रयोग गर्दा शरीरको उचाइको अनुपातमा तौल, कोलेस्ट्रोल, टिजी, एलडीएल आदि घटेको पाइएको छ ।

धनियाँ

शरीरको मोटोपन नियन्त्रणका लागि धनियाँको दानामा पाईने मिनिरल, भिटामिन, फाइटोस्टेरोल लगायतका रसायनहरूको प्रमुख भूमिका हुन्छ । धनियाँको दानामा प्रशस्त मात्रामा मिनिरल, भिटामिन, फाइटोस्टेरोल लगायतका रसायनहरू पाइन्छ । शरीरको मोटोपन नियन्त्रणका लागि यी रसायनहरूको प्रमुख भूमिका हुन्छ । धनियाँको दानाको रसले पाचन क्रियालाई मजबुत बनाउने, कलेजोको कार्यलाई सहयोग गर्ने, कोलेस्ट्रोलको मात्रा कम गराउने र साथ साथै तौल बढाउने तन्तुहरूलाई वृद्धि हुनबाट रोक्छ ।

एउटा अनुसन्धानमा जम्मा ८० जना मोटोपन भएका व्यक्तिहरूमा दैनिक २ ग्रामका दरले ४० दिनसम्म धनियाँ प्रयोग गर्दा शरीरको उचाइको अनुपातमा तौल, कोलेस्ट्रोल, टिजी, एलडीएल आदि घटेको पाइएको छ । दुई चम्चा धनियाँको दाना, एक गिलास पानीमा रातभरि भिजाउने र त्यसलाई छानेर बिहान खाली पेटमा ७५ दिनसम्म खानुपर्छ । धनियाँको पातबाट तयार पारिएको रस पनि प्रयोग गर्न सकिन्छ ।

यसका साथै लसुन वा कागतीको रससँग मिसाएर खाँदा अझ प्रभावकारी हुने कुरा कृषि विश्वविद्यालय पाकिस्तानका सोधकर्ताले उल्लेख गरेका छन् ।

एक चम्चा मेथीको दानालाई एक गिलास पानीमा रातभरि भिजाएर राख्ने र बिहान खाली पेटमा पानीसहित चपाएर खानाले मोटापन नियन्त्रण हुन्छ ।

मेथी

शरीरमा सञ्चित हुने चिनीलाई मेथीले घटाउँछ र बोसोको रूपमा परिणत भएर जम्मा हुन दिँदैन । एक चम्चा मेथीको दानालाई एक गिलास पानीमा रातभरि भिजाएर राख्ने र बिहान खाली पेटमा पानीसहित चपाएर खानाले मोटापन नियन्त्रण हुन्छ । साथै, अन्य धेरै रोगहरूका लागि यो लाभदायक मानिन्छ । तौल व्यवस्थापनको प्रयोजनका लागि मेथीको सेवन कम्तीमा १५ दिन र बढीमा ९० दिनसम्म गर्न सकिन्छ । मेथीको दानामा पाइने अघुलनशील रेसाहरूले शरीरमा जम्मा भएका विषाक्त पदार्थहरूलाई बाहिर निकाल्छ र तौल नियन्त्रण गर्न सहयोग गर्छ ।

लसुन

मोटोपन भएका ४० जना व्यक्तिहरूमा एक सय मिली ग्रामप्रति केजी शरीरको तौलका हिसाबले दिनको दुईपटक गरी काँचो लसुन लगातार चार हप्तासम्म प्रयोग गर्दा पेटको गोलाइ, कम्मरको चौडाइ, भुँडीको जमेको बोसो, कोलेस्ट्रोल, शरीरको कुल तौल, घटेको कुरा भारतको एसपी मेडिकल कलेजका सोधकर्ताहरूले पत्ता लगाएका छन् ।

लसुनमा पाइने फिनोलिक, सल्फर र टरपिन जस्ता रसायनहरूले शरीरको बोसो पगाल्न मद्दत गर्दछ र टीजी पनि कम गर्छ । लसुन–पानीमा कागतीको रस पनि मिसाएर खाएमा तौल नियन्त्रणका लागि प्रभावकारी हुन्छ ।

मोटोपन भएका ८० जना महिलाहरूलाई दुई ग्राम अदुवा प्रतिदिनका दरले ८ देखि १२ हप्तासम्म खान लगाई एउटा अनुसन्धान गरिएको थियो । त्यसमा ती व्यक्तिहरूको तौल घटाउन अदुवा उपयोगी भएको पाइएको थियो ।

अदुवा

तौल घटाउनका लागि सुकेको अदुवाको सेवन फाइदाजनक हुन्छ । यसले मेटाबोलिज्म बढाउँछ र अस्वस्थकर खानेकुराको चाहानाबाट बचाउँछ । अदुवाको को नियमित सेवनबाट मोटोपन नियन्त्रण गर्न सकिने कुरा थुप्रै अध्ययनहरूले प्रमाणित गरेका छन् । अदुवालाई पानीमा पकाएर खाली पेटमा खानाले पाचन प्रक्रिया र जीव रासायनिक प्रक्रियालाई गतिशील बनाउँछ ।

मोटोपन भएका ८० जना महिलाहरूलाई दुई ग्राम अदुवा प्रतिदिनका दरले ८ देखि १२ हप्तासम्म खान लगाई एउटा अनुसन्धान गरिएको थियो । त्यसमा ती व्यक्तिहरूको तौल घटाउन अदुवा उपयोगी भएको पाइएको थियो ।

अदुवालाई काँचो वा पानीमा उमालेर अन्य जडीबुटीहरू मिसाएर, कागतीको रस राखेर चियाको रूपमा समेत खाली पेटमा खाँदा बढी प्रभावकारी हुन्छ । अदुवाको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गरिदिन्छ र बोसो बन्न पाउँदैन । अदुवाको नियमित सेवन गर्दा आफ्नो शरीरको संवेदनशीलतालाई ख्याल गर्नुपर्छ ।

‘कुरकुमिन’ नामक यौगिकको मोटोपना नियन्त्रणमा प्रमुख भूमिका हुन्छ यसले मोटोपन वृद्धि गराउने तन्तुहरूको विकास नियन्त्रण गर्छ र रगतमा चिनीको मात्रा पनि नियन्त्रण गर्छ ।

बेसार

बेसारले शरीरको औसत तौल, टिजी, कोलेस्ट्रोल आदि नियन्त्रण गरेको पाइएको छ । बेसारको धूलो २१ सय मिलीग्राम प्रतिदिनका दरले आठ हप्तासम्म खाँदा मधुमेहका बिरामीलाई समेत फाइदा पुगेको छ ।

मनतातो पानीमा एक चम्चा बेसार राखेर घोल्ने र बिहान खाली पेटमा सेवन गर्नाले पेट तथा कम्मरको बोसो पगाल्न मद्दत गर्दछ । कागतीको रस पनि मिसाएर खान सकिन्छ । यसले शरीरमा सञ्चित विषाक्त पदार्थ बाहिर निस्कन्छ । ‘कुरकुमिन’ नामक यौगिकको मोटोपना नियन्त्रणमा प्रमुख भूमिका हुन्छ यसले मोटोपन वृद्धि गराउने तन्तुहरूको विकास नियन्त्रण गर्छ र रगतमा चिनीको मात्रा पनि नियन्त्रण गर्छ ।

सोंफ

सोंफले पनि पाचन क्रियाको सुधार र कलेजोको कार्यक्षमता वृद्धि गराउँछ । पाचन क्रियामा सुधार आएपछि शरीरले खाद्य पदार्थलाई सजिलै ऊर्जामा परिणत गराउँछ र तौल बढ्न दिँदैन । मोटोपन भएका महिलाहरूमा दक्षिण कोरियामा सन् २०१५ मा गरिएको अध्ययनले सोंफको प्रयोग गर्दा खानाको भोक घटेको पाइएको छ ।

दुई चम्चा सोंफलाई रातभरि पानीमा भिजाएर राख्ने वा सीधै पानीमा उमालेर त्यसको रस दैनिक रूपमा खानाले शरीरको तौल कम हुन्छ ।

दुई चम्चा सोंफलाई रातभरि पानीमा भिजाएर राख्ने वा सीधै पानीमा उमालेर त्यसको रस दैनिक रूपमा खानाले शरीरको तौल कम हुन्छ । सम्भव भएसम्म बिहान खाली पेटमा, वा बेलुका सुत्नुभन्दा पहिले पिउन सके राम्रो नतिजा पाउन सकिन्छ ।

कागती

शरीरको तौल नियन्त्रणका लागि कागती प्रभावकारी मानिन्छ । दक्षिण कोरियामा गरिएको एउटा अध्ययनअनुसार १ सय ४० ग्राम कागतीको रस, १४० ग्राम निबुवाको रस दुई लिटर पानीमा मिसाई लगातार ११ दिनसम्म खाँदा शरीरको बोसो घटेको, कम्मरको चौडाइ कम भएको र कुल तौल पनि घटेको पाइएको थियो । मनतातो पानीमा एउटा सिङ्गो कागतीको रस, स्वादका लागि पुदिना र थोरै मात्र गुंण राखेर बिहान खाली पेटमा खानाले तौल घट्छ । त्यसका साथै कोलेस्ट्रोल, एलडीएल र रगतमा चिनीको मात्रा पनि नियन्त्रण गर्छ ।

एक चम्चा ज्वानोको दाना एक गिलास पानीमा भिजाएर लगातार आठ हप्तासम्म खाली पेटमा खानाले तौल नियन्त्रण गर्छ भन्ने तथ्य शोधपत्रहरूमा प्रकाशित भएका छन् ।

ज्वानो

एक चम्चा ज्वानोको दाना एक गिलास पानीमा भिजाएर लगातार आठ हप्तासम्म खाली पेटमा खानाले तौल नियन्त्रण गर्छ भन्ने तथ्य शोधपत्रहरूमा प्रकाशित भएका छन् । यसले पाचन प्रक्रिया बलियो बनाउँछ । शरीरमा बढी हुन गई सञ्चित हुन सक्ने विषाक्त पदार्थहरूलाई बाहिर निकाल्छ । बढीमा दुई चम्चासम्म रस सेवन गर्नाले शरीरको मोटोपना नियन्त्रणमा आउँछ ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,