English

जाडोमा शरीरलाई न्यानो बनाउने खानेकुरा



केही दिनयता चिसो बढेको महसुस भएको छ । जाडो महिनामा शरीरलाई न्यानो बनाउन मानिसहरूले विभिन्न किसिमका उपायहरू अपनाइरहेका हुन्छन् । चिसोबाट बच्न कोेही आगो ताप्ने, न्यानो कपडा लगाउने र कोही तात्तातो झोल खानेकुरा खाने गर्छन् । जाडोमा शरीरलाई न्यानो बनाउन शरीरलाई पर्याप्त मात्रामा शक्ति प्रदान गर्ने खानेकुरा पनि खान सकिन्छ ।

जाडो मौसममा पोषणयुक्त खानेकुरा सेवन गर्दा चिसोका कारण लाग्ने रुघाखोकी, संक्रमण तथा सरुवा रोगहरू लाग्नबाट बच्नुको साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

खानामा सम्पुर्ण अन्न, हरियो सागपात, फलफुल, माछा मासु लगाएतका खानेकुरा समावेश गर्नुपर्छ । सन्तुलित भोजनले शरीरलाई चिसोबाट बचाउन मदत गर्छ । जाडो मौसममा सन्तुलित खाना (अन्न, दाल गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, दूध, दही र चिल्लो समावेश भएको खाना) खानु आवश्यक छ ।

सन्तुतिल भोजन

जाडो होस् या गर्मी सन्तुलित भोजन हाम्रो शरीरको लागि एकदमै आवश्यक छ । चिसो मौसममा हाम्रो शरीरमा हर्मोनहरूको तलमाथी हुन्छ । जस्ले गर्दा एकदमै धेरै भोक लाग्ने हुन्छ । शरीरले चिसोबाट आफुलाई बचाउनु पर्ने भएको धेरै एनर्जी खर्च गर्छ ।

त्यसैले, खानामा सम्पुर्ण अन्न, हरियो सागपात, फलफुल, माछा मासु लगाएतका खानेकुरा समावेश गर्नुपर्छ । सन्तुलित भोजनले शरीरलाई चिसोबाट बचाउन मदत गर्छ । जाडो मौसममा सन्तुलित खाना (अन्न, दाल गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, दूध, दही र चिल्लो समावेश भएको खाना) खानु आवश्यक छ ।

जाडो मौसममा तराईतिर कयौँ दिनसम्म घाम लाग्दैन जसले गर्दा शरीरमा भिटामीन ‘डी’ को कमी हुन जान्छ । त्यसैले, भिटामिन ‘डी’ को सप्लिमेन्टमा भिटामिन ‘बी’ पाइने खानेकरा दही, दूध आदि सेवन गर्न सक्छन् ।

भिटामिनको भरपुर प्रयोग

खानामा भिटामिन ‘सी’ को मात्रा धेरै राखेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन । भिटामिन ‘डी’को प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ । यसका साथै भिटामिन ‘डी’ले भिटामिन ‘ए’, आइरन र क्याल्सियमको मात्रा पनि बढाउने काम गर्छ ।

जाडो मौसममा तराईतिर कयौँ दिनसम्म घाम लाग्दैन जसले गर्दा शरीरमा भिटामीन ‘डी’ को कमी हुन जान्छ । त्यसैले, भिटामिन ‘डी’ को सप्लिमेन्टमा भिटामिन ‘बी’ पाइने खानेकरा दही, दूध आदि सेवन गर्न सक्छन् ।

यसैगरी, शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न भिटामीन ‘सी’ तथा जिंक भएका खानेकुराहरू प्रशस्त मात्रामा खानुपर्छ । भिटामीन ‘सी’ पाउने खानेकुरामा सुन्तला, कागती, भोगटे, अमला आदि हुन् । र, गेडागुडी, डाई फ्रुट, हरियो सागपात आदिमा पनि प्रशस्त मात्रामा जिंक पाइन्छ । त्यसैले, यी सबै खानेकुरा दैनिकरूपमा खानुपर्छ ।

जाडो महिनामा चिसोले बढी नै सताउने भएकाले आफ्नो भोजनमा तातो तरकारीको सुप, मासुको सुप, गेडागुडीको सुप, तातो दूधका साथै फलफूलहरू समावेश गर्नु उपयुक्त हुन्छ । यसबाट शरीरमा रोगप्रतिरोधात्मक शक्ति प्राप्त हुन्छ ।

पानी तथा झोलिलो खानेकुराको सेवन

चिसोका कारण पानीको मात्रा कम हुने भएकाले खानाको मात्रा पनि बढ्छ । शरीरलाई आवश्यक पौष्टिक तत्वको मात्रा फरक हुने भएकाले खानाको मात्रा फरक पर्छ । जुनसुकै उमेरकाले पनि तातो खाना खानुपर्छ । यसले गर्दा शरीरमा आवश्यक तापक्रम प्राप्त हुन्छ ।

जाडो महिनामा चिसोले बढी नै सताउने भएकाले आफ्नो भोजनमा तातो तरकारीको सुप, मासुको सुप, गेडागुडीको सुप, तातो दूधका साथै फलफूलहरू समावेश गर्नु उपयुक्त हुन्छ । यसबाट शरीरमा रोगप्रतिरोधात्मक शक्ति प्राप्त हुन्छ ।

मैदाबाट बनेका खानेकुरा, बढी चिनी प्रयोग भएको खानेकुराहरूको सेवन एकदमै कम गर्नुपर्छ । आँटाबाट बनेको रोटी, कोदो, फापर मौसमी तरकारी तथा फलफूलको सेवन गर्नुपर्छ ।

मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूले विशेष ध्यान दिनुपर्छ

जाडो मौसममा चिसोको कारण अल्छी गरेर व्यायाम नगर्ने र एकैपटक धेरै मात्रामा खाना खानाले मोटोपना बढ्नुको साथै मधुमेह र उच्च रक्तचापको बिरामीहरू जोखिममा पर्छन् ।

त्यसैले, मैदाबाट बनेका खानेकुरा, बढी चिनी प्रयोग भएको खानेकुराहरूको सेवन एकदमै कम गर्नुपर्छ । आँटाबाट बनेको रोटी, कोदो, फापर मौसमी तरकारी तथा फलफूलको सेवन गर्नुपर्छ ।

राम्रो फ्याटको सेवन

एउटै तेलको बारम्बार प्रयोग गर्नु हुँदैन । बोसोको सेवन पनि स्वास्थको लागि राम्रो हुँदैन यस्ता फ्याटले कोलेस्ट्रोल बढाउँछ । तोरीको तेल, ओलिभ ओइल, घ्यू लगायतका राम्रो फ्याट भएका पदार्थहरू खानामा समावेश गर्नुपर्छ । राम्रो फ्याटको सेवनले पनि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यो पनि…
चिसोयाममा घुँडा दुख्ने समस्याबाट यसरी बच्नुहोस्
आज विश्व क्यान्सर दिवस : क्यान्सरबाट बच्न के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली