English

मोटोपनाले बालबालिकाको मुटुमा खतरा र टाइप–२ मधुमेह बढ्ने सम्भावना



बालबालिकामा मोटोपना तीव्र गतिमा बढिरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वमा ५ वर्ष मुनिका ३ करोड ८० लाख बालबालिका मोटा छन् । जहाँ पहिले यो समस्या अमेरिकाजस्ता उच्च आय भएका देशमा मात्रै थियो, अहिले मध्यम तथा न्यून आय भएका मुलुकमा पनि पुगेको छ ।

वैज्ञानिकहरूको अनुसार बच्चाको मोटोपन चाँडै महामारीमा परिणत हुन सक्छ । जर्नल अफ पेडियाट्रिक ओबेसिटीमा प्रकाशित रिसर्चका अनुसार अनुसन्धानमा संलग्न बालबालिकामा बोसोको मात्रा बढी रहेको पाइएको थियो । साथै उनीहरूको मुटुको नसामा पनि बाधा भएको थियो, जसका कारण रगतको प्रवाह अनियमित भएको थियो । बालबालिकामा टाइप २ मधुमेहका केसहरू बढ्दै गएका छन् ।

बालबालिकामा मोटोपनाको कारण
पछिल्लो एक वर्षमा बालबालिकामा मोटोपना २ प्रतिशतले बढेको छ । यसको कारण कोरोना महामारी हो । लकडाउनको समयमा बालबालिकाहरू शारीरिक क्रियाकलापबाट टाढै रहे । धेरैजसो समय फोन वा कम्प्युटरको अगाडि बित्यो । तर, बालबालिकामा मोटोपनाको समस्या पहिलेदेखि नै छ । यसको श्रेय बढ्दो टेक्नोलोजी, निद्रामा परिवर्तन र उच्च कोलेस्ट्रोल जङ्क फुडलाई दिइएको छ ।

यस्तो भन्छ अनुसन्धान
ल्यान्सेट जर्नलमा सन् २०१८ को अध्ययन अनुसार छ वर्ष मुनिका मोटा बालबालिका मध्ये ५० प्रतिशत एसिया भित्र पर्छन् । जर्नल अफ पेडियाट्रिक बेसिटीमा आन्द्रामा बोसो बढी भए बालबालिकाको मुटुमा दबाब पर्ने खुलासा भएको छ । जसका कारण बाल्यकालमा हृदयाघातजस्ता घटना हुने सम्भावना रहन्छ । टाइप–२ मधुमेह भएका बालबालिकामा समय पूर्व मस्तिष्क, मिर्गौला, हड्डी र कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ ।

यो समस्याको तत्काल उपचार नभएको वैज्ञानिकहरू बताउँछन् । बालबालिकामा बढ्दो मोटोपना जनस्वास्थ्य सङ्कट हो, जसलाई विश्व स्तरमा छलफलमा ल्याउन आवश्यक छ ।

बालबालिकालाई मोटोपनाबाट कसरी बचाउने
बालबालिकालाई पोषणयुक्त र सन्तुलित आहार दिनु जरुरी छ । उनीहरूलाई जङ्क फुड र सफ्ट ड्रिङ्कका हानिहरू बताउनुहोस् । शारीरिक गतिविधिलाई उनीहरूको जीवनशैलीको समेट्नुहोस् । बालबालिकालाई सकारात्मक र राम्रो सम्बन्ध निर्माण गर्न सिकाउनुहोस् । अनावश्यक कुराको लागि प्रविधि प्रयोग गर्न बन्द गर्नुहोस् । बच्चाहरूलाई समयमै उठ्न र सुत्न प्रोत्साहन दिनुहोस् ।

यो पनि पढ्नुहोस्
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?

यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले