English

यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय




डा. अबशेष भण्डारी, पेट तथा कलेजो रोग विशेषज्ञ

दसैं त सकियो । अर्को ठूलो चाड तिहार आउने तरखरमा छ । यी दुवै चाडमा चिल्लो पदार्थको सेवन अलिक बढी हुन्छ । जसले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउँछ । त्यसै मध्येको एक हो– ग्यास्ट्रिक । यो शब्द कुनै नौला होइन । नेपाली समाजका सामान्य बोलीचालीकै भाषा हो । यद्यपि, मेडिकल भाषामा भने ग्यास्ट्रिक भन्ने शब्द हुँदैन । यो गलत बुझाईले आएको शब्द हो । त्यसैले आज मैले ग्यास्ट्रिकको बारेमा केही प्रष्ट पार्ने प्रयास गरेको छु ।

हामीले ग्यास्ट्रो एसोफेजिएल रिफ्लक्स डिजिज (GERD) र ग्यास्ट्राइटिसलाई एकै धरातलमा राखेर हेर्ने गरिन्छ । साथै, यी दुवैलाई चलन चल्तीको भाषामा ग्यास्ट्रिक भन्ने गरिन्छ । बेग्लै अस्तित्व भए पनि प्राथमिक उपचार उस्तै हुने हुँदा प्राय मानिसको बुझाई यसैमा केन्द्रित रहेको पाइन्छ । (GERD) प्राय आमाशयको भित्रको लाइनिङ्ग सुन्निँदा अम्ल बढी भएर अमिलो पानी आउने छाती पोल्ने वाक वाक लाग्नुलाई बुझिन्छ । यो विशेषगरी असन्तुलित खानपानका कारण हुन्छ । ग्यास्ट्राइटिस चाहिँ लाइनिङ्ग सुन्निएर खाँदा वा खाली पेट बस्दा पेट दुख्ने पोल्ने थोरै खाँदा पेट फुल्ने र खान अपच हुनु हो । करिव ८० प्रतिशतभन्दा बढी नेपालीमा पेटमा हुने हेलिको बाक्टर पाइलोरी किराका कारण ग्यास्ट्रिक हुन्छ ।

ग्यास्ट्रिक हुने कारण

– इन्फेक्सन : हेलीको बाक्टर पाइलोरी
– दुखाई कम गर्ने औषधिको सेवन
– अस्वस्थकर खानपिन र जीवनशैली
– धुम्रपान तथा मद्यपान सेवन
– कार्बोनेटेड ड्रिंक्सको सेवन
– मोटोपना
– अल्छीपना
– तनाव

विगत केहि वर्ष यता अत्याधिक फास्ट फूड, जंक फूड, कर्बोनटेड ड्रिंक्स ले गर्दा १३–१४ वर्षका बालबालिकामा पनि न्भ्च्म् र अल्सर देखा पर्न थालेका छन् ।

ग्यास्ट्रिकका लक्षण

धेरै जसो देखिने लक्ष्यण मा पेट फुल्ने, वाक वाक आउने, पेट दुख्ने, थोरै खाए नि अघाउने पर्छन । केहि लक्ष्यणहरु अलिक भिन्न छन् ।

छाती दुख्नु/पोल्नु

धेरै मानिसमा छाती को बीच भाग पोल्ने र दुख्ने गर्छ र असहज महसुस गर्ने गर्छन् । यो खानाको नली भएको भागमा अम्ल (रिपÞm्लक्स ) भएर हुने गर्छ । मानिस कहिले छाती को डाक्टर वा कहिले मुटु को डाक्टर तिर जाने गर्छन । यसलाई नन् कार्डिआक चेस्ट पेन भन्छन जून ग्यास्ट्रिक को एक लक्षण हो ।

सुख्खा खोकी र घाँटीमा केहि अड्केको अनुभव हुनु

धेरै जसो मा बिहानै पख वा राती सुतेपछि सुख्खा खोकी लाग्ने र घाँटीमा केही अड्केको जस्तो अनुभव हुन्छ । त्यो ग्यास्ट्रिककै कारण भएको हो । ५० वर्ष भन्दा माथिका मानिसलाई यो लक्ष्यण आए अलिक सजक हुन पर्छ किनकि यो उमेर समूहमा पेट को क्यान्सर हुने सम्भावना बढी हुन्छ । यो क्यान्सरको सुरुवाती लक्ष्यण हुने गर्छ । त्यसैले बेलैमा पहिचान गरे उपचार पूर्णत सम्भव छ ।

ग्यास्ट्रिकलाई हेलचक्य्राइँ नगरौं

प्राय ब्याक्टेरियाले लामोसमय असर गरे अल्सर र निरन्तर अल्सर भई राखेमा पेट को क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यस्तै रगतको कमी, रगत छाद्ने, खानाको अपचको समस्या आउँछ ।

ग्यास्ट्रिकको औषधि सहजै पाइने र त्यो खाएपछि केहीदिन सन्चो भएको महशुस हुन्छ । जसले शरीरमा अर्कै गम्भीर रुप लिइसकेको हुन्छ । त्यसैले धेरैजसो मानिसहरु अल्सर भइसकेपछि मात्र अस्पताल पुग्छन् । त्यसैले समयमै परीक्षण गरेर इन्फेक्सन देखिए त्यहि अनुसारको औषधि खानुपर्छ ।

साथै, खाना नियमित तर, थोरै पटक–पटक खाने बानी गर्नु पर्छ । आफ्नो तौल सन्तुलनमा राख्नु पर्छ, जंक फूड, फास्ट फूड, जाँड रक्सी चुरोटबाट पर बस्नु पर्छ । अर्को कुरा खाना खाने बित्तिकै सुत्ने बानी गर्नुहुँदैन । र, राती अबेर नखाने बानी अपनाउने हो भने ग्यास्ट्रिकबाट धेरै हदसम्म बच्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,