English

यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय




डा. अबशेष भण्डारी, पेट तथा कलेजो रोग विशेषज्ञ

दसैं त सकियो । अर्को ठूलो चाड तिहार आउने तरखरमा छ । यी दुवै चाडमा चिल्लो पदार्थको सेवन अलिक बढी हुन्छ । जसले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउँछ । त्यसै मध्येको एक हो– ग्यास्ट्रिक । यो शब्द कुनै नौला होइन । नेपाली समाजका सामान्य बोलीचालीकै भाषा हो । यद्यपि, मेडिकल भाषामा भने ग्यास्ट्रिक भन्ने शब्द हुँदैन । यो गलत बुझाईले आएको शब्द हो । त्यसैले आज मैले ग्यास्ट्रिकको बारेमा केही प्रष्ट पार्ने प्रयास गरेको छु ।

हामीले ग्यास्ट्रो एसोफेजिएल रिफ्लक्स डिजिज (GERD) र ग्यास्ट्राइटिसलाई एकै धरातलमा राखेर हेर्ने गरिन्छ । साथै, यी दुवैलाई चलन चल्तीको भाषामा ग्यास्ट्रिक भन्ने गरिन्छ । बेग्लै अस्तित्व भए पनि प्राथमिक उपचार उस्तै हुने हुँदा प्राय मानिसको बुझाई यसैमा केन्द्रित रहेको पाइन्छ । (GERD) प्राय आमाशयको भित्रको लाइनिङ्ग सुन्निँदा अम्ल बढी भएर अमिलो पानी आउने छाती पोल्ने वाक वाक लाग्नुलाई बुझिन्छ । यो विशेषगरी असन्तुलित खानपानका कारण हुन्छ । ग्यास्ट्राइटिस चाहिँ लाइनिङ्ग सुन्निएर खाँदा वा खाली पेट बस्दा पेट दुख्ने पोल्ने थोरै खाँदा पेट फुल्ने र खान अपच हुनु हो । करिव ८० प्रतिशतभन्दा बढी नेपालीमा पेटमा हुने हेलिको बाक्टर पाइलोरी किराका कारण ग्यास्ट्रिक हुन्छ ।

ग्यास्ट्रिक हुने कारण

– इन्फेक्सन : हेलीको बाक्टर पाइलोरी
– दुखाई कम गर्ने औषधिको सेवन
– अस्वस्थकर खानपिन र जीवनशैली
– धुम्रपान तथा मद्यपान सेवन
– कार्बोनेटेड ड्रिंक्सको सेवन
– मोटोपना
– अल्छीपना
– तनाव

विगत केहि वर्ष यता अत्याधिक फास्ट फूड, जंक फूड, कर्बोनटेड ड्रिंक्स ले गर्दा १३–१४ वर्षका बालबालिकामा पनि न्भ्च्म् र अल्सर देखा पर्न थालेका छन् ।

ग्यास्ट्रिकका लक्षण

धेरै जसो देखिने लक्ष्यण मा पेट फुल्ने, वाक वाक आउने, पेट दुख्ने, थोरै खाए नि अघाउने पर्छन । केहि लक्ष्यणहरु अलिक भिन्न छन् ।

छाती दुख्नु/पोल्नु

धेरै मानिसमा छाती को बीच भाग पोल्ने र दुख्ने गर्छ र असहज महसुस गर्ने गर्छन् । यो खानाको नली भएको भागमा अम्ल (रिपÞm्लक्स ) भएर हुने गर्छ । मानिस कहिले छाती को डाक्टर वा कहिले मुटु को डाक्टर तिर जाने गर्छन । यसलाई नन् कार्डिआक चेस्ट पेन भन्छन जून ग्यास्ट्रिक को एक लक्षण हो ।

सुख्खा खोकी र घाँटीमा केहि अड्केको अनुभव हुनु

धेरै जसो मा बिहानै पख वा राती सुतेपछि सुख्खा खोकी लाग्ने र घाँटीमा केही अड्केको जस्तो अनुभव हुन्छ । त्यो ग्यास्ट्रिककै कारण भएको हो । ५० वर्ष भन्दा माथिका मानिसलाई यो लक्ष्यण आए अलिक सजक हुन पर्छ किनकि यो उमेर समूहमा पेट को क्यान्सर हुने सम्भावना बढी हुन्छ । यो क्यान्सरको सुरुवाती लक्ष्यण हुने गर्छ । त्यसैले बेलैमा पहिचान गरे उपचार पूर्णत सम्भव छ ।

ग्यास्ट्रिकलाई हेलचक्य्राइँ नगरौं

प्राय ब्याक्टेरियाले लामोसमय असर गरे अल्सर र निरन्तर अल्सर भई राखेमा पेट को क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यस्तै रगतको कमी, रगत छाद्ने, खानाको अपचको समस्या आउँछ ।

ग्यास्ट्रिकको औषधि सहजै पाइने र त्यो खाएपछि केहीदिन सन्चो भएको महशुस हुन्छ । जसले शरीरमा अर्कै गम्भीर रुप लिइसकेको हुन्छ । त्यसैले धेरैजसो मानिसहरु अल्सर भइसकेपछि मात्र अस्पताल पुग्छन् । त्यसैले समयमै परीक्षण गरेर इन्फेक्सन देखिए त्यहि अनुसारको औषधि खानुपर्छ ।

साथै, खाना नियमित तर, थोरै पटक–पटक खाने बानी गर्नु पर्छ । आफ्नो तौल सन्तुलनमा राख्नु पर्छ, जंक फूड, फास्ट फूड, जाँड रक्सी चुरोटबाट पर बस्नु पर्छ । अर्को कुरा खाना खाने बित्तिकै सुत्ने बानी गर्नुहुँदैन । र, राती अबेर नखाने बानी अपनाउने हो भने ग्यास्ट्रिकबाट धेरै हदसम्म बच्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested