English

ओमिक्रोनबाट बच्न आयुर्वेदिक जीवनशैली अपनाऔँ



कोरोनाको नयाँ–नयाँ भेरियन्टले फेरि जनजिवन अस्तव्यस्त भएको छ । कोरोनाको खोप लगाएका व्यक्तिहरूमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि अहिले फेरि विश्वमा नै संक्रमितको संख्या बढेको छ । पछिल्लो केही दिनहरूमा नेपालमा पनि संक्रमितको संख्या तीव्र गतिमा बढेको छ । नेपालमा खोप नपाउनेको संख्या पनि धेरै भएकोले नयाँ भेरियन्टले फेरि अप्ठ्यारो परिस्थिति सिर्जना गर्ने हो कि भन्ने चिन्ताले फेरि सताएको छ ।

कोरोनाको खोपको आविष्कार नहुँदा पनि हामीले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाएर कोरोना लाग्नबाट बचेका थियौं । रोग प्रतिरोधात्मक क्षमता बढाएर तथा आयुर्वेदिक उपचारबाट पनि धेरै जना निको भएका थिए । त्यसैले, अब फेरि आयुर्वेदिक जिवनशैली अपनाएर संक्रमित हुने सम्भावनालाई कम गर्न सकिन्छ । १२ वर्षभन्दा मुनिका बालबालिकाहरूले खोप पाएका छैनन् । त्यसैले, बालबालिकाहरूलाई संक्रमणबाट बचाउन पनि केही कुराहरूमा विशेष ध्यान दिनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिनुपर्छ ।

आयुर्वेदिक औषधिको सेवन

भान्छामा दैनिक प्रयोग हुने टिमुर, लसुन, प्याज, बेसार, दालचिनी, ज्वानो, जिम्मु, धनियाँ, जिरालगायत मसलाबाट केही हदसम्म रोगको रोकथाम हुने सम्भावना बढ्छ । त्यसैले, भान्सामा पाइने मसलाहरूको प्रयोगमा जोड दिनुपर्छ । बेसार पानी तथा दूध बेसारको दैनिक सेवन गर्न सकिन्छ । बेसारले ‘एन्टिसेफ्टिक’, ‘एन्टिटक्सिन’ औषधिका रूपमा काम गर्दछ ।

हर्बल तुलसी चिया तथा अन्य हर्बल चियाले पनि हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले दैनिक अन्य चियाको साटो हर्बल चियाको सेवन गर्न सकिन्छ । बिहान बेलुका एक चम्चा च्यवनप्रास खान सकिन्छ । सुगरको बिरामीहरूले सुगर फ्री च्यवनप्रासको सेवन गर्न सक्छन् । तुलसी, दालचिनी, कालो मरिच, अदुवा र कालो किसमिसको चिया/काँढा बनाएर दिनको दुईपटक पिउन सकिन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन आजभोलि बजारमा तथा विभिन्न आयुर्वेदिक पसलहरूमा औषधिहरू पनि उपलब्ध छन् चिकित्सकको सल्लाहअनुसार ती औषधिहरूको पनि सेवन गर्न सकिन्छ ।

खानपान

ओमिक्रोनबाट बच्नका लागि जंकफुड भन्दा प्राकृतिकरूपमा पाइने गेडागुडी, दाल, हरियो, सागसब्जी, दूध र प्राकृतिक भिटामिन च्यवनप्रास खान सकिन्छ । खानामा विभिन्न किसिमका ताजा फलहरू र असंशोधित खानाहरू समावेश हुनुपर्छ, जसले आवश्यक भिटामिन, खनिज, फाइबर, प्रोटिन र एन्टिआक्सिडेन्टहरूको परिपूर्ति पूरा गर्छ । चिसो मौसम भएकोले चिसो खानेकुराहरू कम खानुपर्छ । प्रशस्त मात्रामा मन तातो पानी खाने । घरमा बनेको ताजा खानेकुरा खानाले पनि हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

योग र व्यायाम

कोरोनाबाट बच्न खानपानको साथसाथै व्यायामको पनि धेरै प्रभावकारी भूमिका रहन्छ । योगाभ्यासले शरीरमा रक्तसञ्चार सुचारू पार्ने, पोषकतत्वहरूको समान वितरण गर्ने, र प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादन गर्न मद्दत गर्छ । कपालभाँती, भस्त्रिका, जस्ता छिटो–छिटो श्वास लिएर गरिने प्राणायामले श्वास–प्रश्वाससम्बन्धी समस्यालाई कम गर्छ र संक्रमणसँग लड्न मद्दत गर्छ । त्यसका साथै दैनिक केही समय ध्यान पनि गर्न सकिन्छ । ध्यानले तनाव कम गर्दछ । तनाव कम हुँदा प्रतिरक्षा प्रणालीको आफैं मजबुत हुन्छ ।

यो पनि पढ्नुहोस्
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
जाडोमा श्वास प्रश्वास सम्बन्धी समस्याबाट कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली