English

ओमिक्रोनबाट बच्न आयुर्वेदिक जीवनशैली अपनाऔँ



कोरोनाको नयाँ–नयाँ भेरियन्टले फेरि जनजिवन अस्तव्यस्त भएको छ । कोरोनाको खोप लगाएका व्यक्तिहरूमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि अहिले फेरि विश्वमा नै संक्रमितको संख्या बढेको छ । पछिल्लो केही दिनहरूमा नेपालमा पनि संक्रमितको संख्या तीव्र गतिमा बढेको छ । नेपालमा खोप नपाउनेको संख्या पनि धेरै भएकोले नयाँ भेरियन्टले फेरि अप्ठ्यारो परिस्थिति सिर्जना गर्ने हो कि भन्ने चिन्ताले फेरि सताएको छ ।

कोरोनाको खोपको आविष्कार नहुँदा पनि हामीले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाएर कोरोना लाग्नबाट बचेका थियौं । रोग प्रतिरोधात्मक क्षमता बढाएर तथा आयुर्वेदिक उपचारबाट पनि धेरै जना निको भएका थिए । त्यसैले, अब फेरि आयुर्वेदिक जिवनशैली अपनाएर संक्रमित हुने सम्भावनालाई कम गर्न सकिन्छ । १२ वर्षभन्दा मुनिका बालबालिकाहरूले खोप पाएका छैनन् । त्यसैले, बालबालिकाहरूलाई संक्रमणबाट बचाउन पनि केही कुराहरूमा विशेष ध्यान दिनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिनुपर्छ ।

आयुर्वेदिक औषधिको सेवन

भान्छामा दैनिक प्रयोग हुने टिमुर, लसुन, प्याज, बेसार, दालचिनी, ज्वानो, जिम्मु, धनियाँ, जिरालगायत मसलाबाट केही हदसम्म रोगको रोकथाम हुने सम्भावना बढ्छ । त्यसैले, भान्सामा पाइने मसलाहरूको प्रयोगमा जोड दिनुपर्छ । बेसार पानी तथा दूध बेसारको दैनिक सेवन गर्न सकिन्छ । बेसारले ‘एन्टिसेफ्टिक’, ‘एन्टिटक्सिन’ औषधिका रूपमा काम गर्दछ ।

हर्बल तुलसी चिया तथा अन्य हर्बल चियाले पनि हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले दैनिक अन्य चियाको साटो हर्बल चियाको सेवन गर्न सकिन्छ । बिहान बेलुका एक चम्चा च्यवनप्रास खान सकिन्छ । सुगरको बिरामीहरूले सुगर फ्री च्यवनप्रासको सेवन गर्न सक्छन् । तुलसी, दालचिनी, कालो मरिच, अदुवा र कालो किसमिसको चिया/काँढा बनाएर दिनको दुईपटक पिउन सकिन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन आजभोलि बजारमा तथा विभिन्न आयुर्वेदिक पसलहरूमा औषधिहरू पनि उपलब्ध छन् चिकित्सकको सल्लाहअनुसार ती औषधिहरूको पनि सेवन गर्न सकिन्छ ।

खानपान

ओमिक्रोनबाट बच्नका लागि जंकफुड भन्दा प्राकृतिकरूपमा पाइने गेडागुडी, दाल, हरियो, सागसब्जी, दूध र प्राकृतिक भिटामिन च्यवनप्रास खान सकिन्छ । खानामा विभिन्न किसिमका ताजा फलहरू र असंशोधित खानाहरू समावेश हुनुपर्छ, जसले आवश्यक भिटामिन, खनिज, फाइबर, प्रोटिन र एन्टिआक्सिडेन्टहरूको परिपूर्ति पूरा गर्छ । चिसो मौसम भएकोले चिसो खानेकुराहरू कम खानुपर्छ । प्रशस्त मात्रामा मन तातो पानी खाने । घरमा बनेको ताजा खानेकुरा खानाले पनि हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

योग र व्यायाम

कोरोनाबाट बच्न खानपानको साथसाथै व्यायामको पनि धेरै प्रभावकारी भूमिका रहन्छ । योगाभ्यासले शरीरमा रक्तसञ्चार सुचारू पार्ने, पोषकतत्वहरूको समान वितरण गर्ने, र प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादन गर्न मद्दत गर्छ । कपालभाँती, भस्त्रिका, जस्ता छिटो–छिटो श्वास लिएर गरिने प्राणायामले श्वास–प्रश्वाससम्बन्धी समस्यालाई कम गर्छ र संक्रमणसँग लड्न मद्दत गर्छ । त्यसका साथै दैनिक केही समय ध्यान पनि गर्न सकिन्छ । ध्यानले तनाव कम गर्दछ । तनाव कम हुँदा प्रतिरक्षा प्रणालीको आफैं मजबुत हुन्छ ।

यो पनि पढ्नुहोस्
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
जाडोमा श्वास प्रश्वास सम्बन्धी समस्याबाट कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested