English

किन कोरोना खोप लगाउन आउँदैनन् चेपाङहरू



कोरोनाको तेस्रो लहर शुरु हुँदासमेत अल्पसंख्यक समुदायका रूपमा रहेको चेपाङ समुदायका मानिसहरू खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये ६ पालिकामा चेपाङ समुदायको बसोबास छ ।

जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ । यी पालिकामा वि.सं. २०६८ सालको जनगणनाअनुसार २८ हजार ९ सय ८९ चेपाङको बसोबास रहेको छ । त्यसमध्ये अहिलेसम्म ६ हजार ३ सय २७ अर्थात् २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा रहेका सात पालिकामध्ये राप्तीमा २ हजार ७ सय चेपाङले खोप लगाएका छन् ।

सानो उमेरमै विवाह गर्ने परिपाटीका कारण

राप्ती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार वडा नम्बर १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ । ती वडामा ९० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको र ती वडामा १८ वर्षमाथिका मात्र आठ हजारले खोप लगाउनुपर्ने हो ।

तर, चेपाङ समुदायमा सानो उमेरमा नै विवाह गर्ने परम्परागत परिपाटीका कारण खोप लगाउनेको संख्यामा कमी भएको हुन सक्ने न्यौपाने बताउँछन् ।

१८ वर्षमुनिका बालबालिकालाई खोप लगाउँदा कस्तो परिणाम आउँछ त्यसमा भर पर्ने उनले बताए ’ ‘यस समुदायमा सानो उमेरमा नै विवाह गर्ने प्रचलन छ, १८ वर्षमुनिकालाई खोप लगाउने क्रममा कस्तो सहभागिता रहन्छ हेरौँ ।’उनले भने ।


केन्द्रसम्म आउन टाढा भएकाले


कालिका नगरपालिकामा तीन हजार ८९ चेपाङ समुदायले खोप लगाएका छन् । यस पालिकाको वडा नम्बर ९, १० र ११ मा चेपाङ समुदायको बसोबास छ । यहाँ पहाडी क्षेत्र र खोप केन्द्रभन्दा टाढा बसोबास भएका केन्द्रसम्म आउनसमेत नखोजेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार स्थानीय तहमा रहेका चेपाङ समुदायले खोप किन आवश्यक पर्छ भन्नेजस्ता कुराहरू गर्ने गरेका छन् । उनले भने–‘पहाडी क्षेत्रमा बसोबास गर्नेले कहीँ जानु छैन भन्दै खोप लगाउन नमान्ने गरेका छन् ।’

यस्तै, इच्छाकामना गाउँपालिकाको सबैजसो वडामा चेपाङ समुदायको बसोबास रहेको छ । विशेषगरी, वडा नम्बर १, २ र ६ मा चेपाङ समुदायको बसोबास छ । ती बसोबास रहेको क्षेत्रबाट दुई हजार तीन सय ५० ले कोरोनाको खोप लगाएका छन् । यस पालिकामा १८ हजारभन्दा बढीले खोप लगाएको स्वास्थ्य शाखाका प्रमुख वासुदेव सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार उमेरअनुसार खोप लगाउने क्रममा अब सो संख्या बढ्ने छ । चेपाङ समुदायको बस्ती विकटमा हुने र त्यस क्षेत्रबाट खोप केन्द्रसम्म आउनसमेत नखोज्ने गरेका कारण संख्या कम भएको हो ।

यस्तै, खैरहनी नगरपालिकामा तीन सय ५० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । पालिकाका स्वास्थ्य शाखाप्रमुख अनुप अधिकारीका अनुसार यस पालिकामा रहेका ८५ प्रतिशतले खोप लगाएकामा सो संख्यामा चेपाङ समुदाय रहेको बताए । यस पालिकामा खासै नगण्य संख्यामा मात्रै यस समुदायका बासिन्दाको बसोबास रहेको उनले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा बसोबास गर्ने ती समुदायका व्यक्तिमध्ये एक सय ७४ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । सो वडामा रहेका रातमाटे, चिप्लेटी र किपट क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय खोपमा सहभागी हुन नसकेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । टोलटोलमा शिविर सञ्चालन गर्दासमेत उनीहरू सहभागी नभएकोे कार्यालयले जनाएको छ । महाशाखा प्रमुख दीपक सुवेदीका अनुसार महानगर क्षेत्रमा चेपाङको संख्या ठूलो छैन । उनीहरूको बसोबास रहेको वडा नम्बर २९ को पहाडी क्षेत्र हो ।

सूचनाको अभाव तथा बेवास्ता गरेका कारण

माडी नगरपालिका वडा नम्बर ८ र ९ मा चेपाङ समुदायको बसोबास रहेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजराज खनालका अनुसार माडीमा १३० चेपाङ समुदायका व्यक्तिले खोप लगाएका छन् । छरिएर रहेको यस समुदायमा सूचनाको अभाव वा बेवास्ता गरेका कारण खोप लगाउन आउनेको संख्या कम भएको हो । उनले भने, ‘चेपाङको बसोबास बढी संख्यामा बाँदरझुला क्षेत्रमा रहेको र आउ–जाउमा कठिनाइ भएका कारण यस खोपबाट वञ्चित भएका हुन सक्छन् ।’

चेपाङ संघका पूर्वकेन्द्रीय अध्यक्ष गोविन्द चेपाङ कोभिड खोपमा यस समुदायको सहभागिता न्यून रहेको बताउँछन् । उनले भने– ‘कोभिडको विषयमा गलत प्रचार भएकाले थोरैले मात्रै खोप लगाएका छन् ।’ कोरोना खोप लगाएपछि प्रजननमा समस्या हुने डर चेपाङमा देखिएको उनले बताए । कोरोना खोपका लागि चेपाङ भाषामा नै लेखिएको सन्देश प्रचारप्रसार गर्न जरुरी रहेको उनले बताए ।

विसं २०६८ को जनगणनाअनुसार नेपालमा ६८ हजार ३ सय ९९ चेपाङको बसोबास रहेको छ । विशेषगरी चितवन, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँलगायत जिल्लामा चेपाङ बसोबास गर्दै आएका छन् । चेपाङ संघ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले डाँडाकाँडामा बसोबास गर्ने भएकाले खोप लगाउन आउने अवस्था नभएको बताए ।

यो समुदाय बजारको जनजीवनसँग प्रत्यक्षरूपमा सम्पर्कमा नआउने भएकाले पनि संख्यामा कमी आएको हुनसक्ने उनको अनुमान छ । स्वास्थ्य कार्यालयले खोपको व्यवस्थापन मात्रै गर्ने भएकाले स्थानीय पालिकाले प्रचारप्रसारमा जोड दिनु आवश्यक रहेको उनको भनाइ छ ।

खोप केन्द्र आसपास बसोबास गर्नेहरूले मात्रै खोप लगाएको जनाउँदै उनले कोरोना खोपका बारेमा सूचना सम्प्रेषण प्रभावकारी बनाउन सरोकारवालालाई आग्रह गरिएको बताए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले चेपाङ समुदायमा कोरोनाको विषयमा विभिन्न किसिमका नकारात्मक हल्ला चलाइएका कारण समस्या रहेको स्पष्ट पारे ।

यो समुदाय बजारको जनजीवनसँग प्रत्यक्षरूपमा सम्पर्कमा नआउने भएकाले पनि संख्यामा कमी आएको हुनसक्ने उनको अनुमान छ । स्वास्थ्य कार्यालयले खोपको व्यवस्थापन मात्रै गर्ने भएकाले स्थानीय पालिकाले प्रचारप्रसारमा जोड दिनु आवश्यक रहेको उनको भनाइ छ । तिवारीले भने– ‘हरेक वडामा स्वास्थ्य संस्थामार्फत खोपको व्यवस्थापन गरिएको छ, केन्द्रसम्म आउन नचाहनु समुदायको कमजोरी हो ।’

कार्यालयका अनुसार जिल्लामा हालसम्म तीन लाख ७० हजार ५ सय ४४ ले खोप लगाएका छन् । पहिलो मात्रा लगाएकामध्ये ३ लाख २० हजार ९ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४ सय ४३ ले, भेरोसेल २ लाख ३७ हजार ६ सय २ ले, एस्ट्राजेनेका ५१ हजार ९ सय ६२ ले, फाइजर बायोएनटेक एक हजार ८ सय ६७ ले र जोन्सन ३८ हजार ६ सय ७० ले लगाएका छन् ।

यसैगरी, पूर्ण मात्रा खोप कोभिसिल्ड÷एस्ट्राजेनेका ८२ हजार ८ सय ५३ जनाले, भेरोसेल एक लाख ९६ हजार ७ सय २९ जनाले, जोन्सन ३८ हजार ६ सय ७० जनाले र फाइजर बायोएनटेक एक हजार ७ सय ५७ जनाले लगाएका छन् । पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउने समय भइनसकेको संख्या भने २० हजारको हाराहारीमा रहेको छ ।
यो पनि
आजदेखि बालबालिकालाई कोभिडविरुद्धको खोप
नेपालमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, एकैदिन थपिए १४४६ संक्रमित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested