आजदेखि बालबालिकालाई कोभिडविरुद्धको खोप



काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि कोभिड–१९ भाइरसविरुद्धको खोप लगाइँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएको हो ।

सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेको छ । यही अवधिमा १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने सरकारी लक्ष्य छ ।

जसअनुसार पहिलो चरणमा उपत्यकाका विद्यालयमा खोप अभियान सुरु हुन लागेको हो ।

बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।

यो पनि…
जाडोमा छालाको हेरचाह कसरी गर्ने ?
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?



...
उपत्यकामा फेरि स्मार्ट लकडाउन - Mero LifeStyle Mero LifeStyle

[…] […]

...
एकै दिन थपिए ६,७३४ कोरोना संक्रमित - Mero LifeStyle Mero LifeStyle

[…] […]

...
२४ घण्टामा थपिए ४,९६१ कोरोना संक्रमित - Mero LifeStyle Mero LifeStyle

[…] […]

...
एकैदिन थपिए ३,५५३ संक्रमित - Mero LifeStyle Mero LifeStyle

[…] […]

...
किन कोरोना खोप लगाउन आउँदैनन् चेपाङहरू - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला मुगुमा रहेको जिल्ला अस्पतालमै फार्मेसी नहुँदा बिरामीलाई सास्ती खेपी रहेका छन्। जिल्लाको एक मात्र पन्ध्र शय्यामा निर्माण भएको

गृह मन्त्रालयले सार्वजनिक स्थलमा भद्दा मजाक नगर्न निर्देशन दिएको छ। सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक

बिहीबार (१३ माघ) तनहुँका ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। ८७ जनाको परीक्षण गरिएकोमा ४४.८२ प्रतिशतलाई कोरोना पुष्टि भएको

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको

Suggested