नेपालमा कोरोनाको अर्को लहर, के छ सरकारको तयारी ?



नेपालमा ओमिक्रोन भित्रिएसँगै केही दिनयता कोरोना संक्रमितको संख्या उकालो लागिरहेको छ । छिमेकी मुलुक भारतमा पनि ओमिक्रोन संक्रमितको संख्या दैनिक झन्डै दुई लाख पार गरिरहेको छ ।

पुस १८ गते आइतबार ७ हजार ६ सय ३१ नमुनाको परीक्षण गर्दा २ सय १६ नतिजा पोजिटिभ आएको छ । सोमबार १२ हजार हजार ४ सय ९८ नमुना परीक्षणमा ३ सय २६ नतिजा पोजिटिभ, मंगलबार ९ हजार ३ सय २९ परीक्षणमा ३ सय ३९ पोजिटिभ, बुधबार १० हजार २ सय ६७ परीक्षणमा ४ सय ३५ पोजिटिभ देखिएको थियो ।

यसैगरी, बिहीबार १२ हजार ९९ परीक्षणमा ५ सय ४० पोजिटिभ, शुक्रबार १४ हजार ९ सय ७१ परीक्षणमा ९ सय ६८ पोजिटिभ र शनिबार १३ हजार दुई सय ६४ नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षण गरिएकोमा नौ सय ४४ नतिजा पोजिटिभ आएको छ  र आइतबार भने १२ हजार ६ सय ३२ नमुना परीक्षण गर्दा ११ सय ६७ नतिजा पोजिटिभ आएको छ ।

एक साताको आकँडा हेर्दा कोरोना संक्रमितको संख्या ७ .१० प्रतिशतले बढेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भित्रिएसँगै नेपालमा अर्काे लहरले आक्रान्त बनाउने हो कि भन्ने चिन्ताले धेरैलाई सताउन थालेको छ ।

डा. शेरबहादुर पुन
सरुवा रोग विशेषज्ञ

‘द्रुत गतिमा फैलन सक्ने क्षमता भएको र अहिले भइरहेको सभा समारोहले पनि यसलाई फैलनका लागि सहयोग गरिरहेको हुनाले संक्रमितको संख्या बढ्ने देखिन्छ ।’

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढेको हुनाले सचेत हुनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विज्ञप्तिअनुसार नेपालमा २७ जनामा ओमिक्रोन देखिएको छ । त्यो हिसाबले हेर्दा ओमिक्रोन लगभग सामुदायिकस्तरमै छ भन्ने कुरा बुझिने डा. पुन बताउँछन् । ‘द्रुत गतिमा फैलन सक्ने क्षमता भएको र अहिले भइरहेको सभा समारोहले पनि यसलाई फैलनका लागि सहयोग गरिरहेको हुनाले संक्रमितको संख्या बढ्ने देखिन्छ ।’

ओमिक्रोन छिट्टै फैलिन सक्ने भएता पनि यो अघिल्लो भेरियन्ट भन्दा अलिक कम कडा छ भन्ने कुरा अहिलेसम्मको अध्ययनले देखाएको छ । त्यसैले, डेल्टा भेरियन्ट जस्तो गम्भीर स्थिति तुलनात्मकरूपमा नआउन सक्ने डा. पुनले बताए ।

तर, खोप नलगाएका, पहिले संक्रमित नभएकाहरू र दीर्घ रोगीहरूलाई भने केही गाह्रो परिस्थिति पनि आउन सक्छ । त्यसैले खोपलाई सबैको पहुँचमा पुर्याउनुपर्ने पुनको भनाइ छ । ‘खोप भण्डारणमा छ तर, लगाउन सकिएको छैन भन्ने कुरा पनि सुनिएको छ ।’

डा. पुन भन्छन्– ‘यस्तो हुनुको कारण भनेको मानिसहरूलाई खोप अनिवार्य लगाउनुपर्छ भन्ने बाध्यता नभएर वा पहुँचमा नपुगेर हुन सक्छ, तर खोप नै ओमिक्रोनबाट हुने गम्भीर अवस्थालाई नियन्त्रण गर्ने उपाय हो ।’

ओमिक्रोनलाई नियन्त्रण गर्नका लागि खोप नै प्रभावकारी उपाय भएको हुनाले सबैलाई खोप उपलब्ध गराउनुपर्ने डा. पुनको भनाइ छ ।

विश्वमा कोरोना महामारीको नयाँ भेरियन्ट फैलिरहेको छ । योभन्दा अघिको भेरियन्टहरूमा हेर्दा दैनिक १० लाखभन्दा बढी मानिस संक्रमित भएका थिएनन् । तर, अहिले हेर्दा दैनिक करिब २४–२५ लाख मान्छे दैनिक संक्रमित थपिएका छन् ।

डा. सन्तोष दुलाल
अनुसन्धान वैज्ञानिक तथा जीवाणुविज्ञ

‘खोप नलगाएका व्यक्ति, वृद्धवृद्धा तथा दीर्घरोग भएका व्यक्तिमा भने यसले गम्भीर अवस्था बनाउन सक्छ पनि भनिएको छ ।’ दुलाल भन्छन्– ‘तेस्रो लहर शुरु भइसकेको छ । त्यसैले, सावधानी अपनाउन र जतिसक्दो चाँडै पूर्वतयारी गर्नुपर्छ ।’

अफ्रिका, अमेरिका, युरोप, कोरिया हुँदै भारतमा पनि ओमिक्रोन संक्रमितको संख्या बढिरहेको छ । भारतको अवस्था हेर्दा १० दिन अगाडि १६ हजार मात्र दैनिक संक्रमित थिए । तर, हिजोको डाटा हेर्दा दैनिक एक लाख ९० हजारको हाराहारीमा मानिसहरू संक्रमित भएको देखिएको छ । करिब १० दिनको अन्तरालमा संक्रमितको संख्या १० गुणा बढेको देखिएको अनुसन्धान वैज्ञानिक तथा जीवाणुविज्ञ डा. सन्तोष दुलाल बताउँछन् ।

नेपालमा पनि अहिले सात प्रतिशत संक्रमित बढेका छन् । अझै धेरै जना त परीक्षणको दायरामा नै आएका छैनन् । डेल्टा र ओमक्रोन दुई वटा भरियन्टको मिश्रितले अहिले संक्रमितहरू बढिरहेका छन् । अबको केही हप्तामा नै ओमिक्रोनले उच्च रूप लिन्छ । किनकि, डेल्डा तीन गुणा संक्रामक छ भनेर विभिन्न अध्ययनले भनिसकेको छ । ‘खोप नलगाएका व्यक्ति, वृद्धवृद्धा तथा दीर्घरोग भएका व्यक्तिमा भने यसले गम्भीर अवस्था बनाउन सक्छ पनि भनिएको छ ।’ दुलाल भन्छन्– ‘तेस्रो लहर शुरु भइसकेको छ । त्यसैले, सावधानी अपनाउन र जतिसक्दो चाँडै पूर्वतयारी गर्नुपर्छ ।’

खोप लगाउन छुटेका सबैले खोप लगाउनुपर्ने र वृद्धावृद्धा तथा दीर्घ रोगीहरूलाई बुस्ट अफ डोज लगाउनुपर्छ । बुस्टअप डोज लगाएपछि कोभिड संक्रमण भए पनि गम्भीर लक्षण, अस्पताल भर्ना र मृत्यु हुने संख्या एकदम न्यून हुने दुलाल बताउँछन् ।

डा. संगीता मिश्रा
प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

‘ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीहरूको चाप मध्यनजर गर्दै सबै अस्पताल उपचारको तयारीका लागि आवश्यक आईसीयू, भेन्टिलेटर, बेडलगायत अन्य सामग्रीको जोहो भइरहेको छ ।’

नियन्त्रणका लागि के छ सरकारको तयारी ?

कोभिड–१९ को नियन्त्रणका लागि सरकारले नियमित निगरानीमा जोड दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. संगीता मिश्रा बताउँछिन् । हिजोसम्मको तथ्यांकअनुसार नेपालमा कुल २७ जनामा ओमिक्रोन देखिएको छ ।

नेगेटिभ देखिएका व्यक्तिहरूलाई पनि कन्ट्र्याक ट्रेसिङको काम तीव्ररूपमा भइरहेको उनले बताइन् । ‘ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीहरूको चाप मध्यनजर गर्दै सबै अस्पताल उपचारको तयारीका लागि आवश्यक आईसीयू, भेन्टिलेटर, बेडलगायत अन्य सामग्रीको जोहो भइरहेको छ ।’

सीमा नाकामा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउन र संक्रमितहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।

ओमिक्रोनको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै पूर्वतयारीस्वरूप देशभर ८५ वटा अक्सिजन प्लान्टहरू स्थापना भइसकेको मिश्रा बताउँछिन् ।


विश्वमा कोभिड लहर: संक्रमण दर तीव्र, मृत्यु दर न्यून

पछिल्लो समयमा विश्वभर कोभिड संक्रमण तीव्र फैलिएको छ । युरोपबाट शुरू भएको कोभिडको पछिल्लो लहर पश्चिमका विभिन्न देश हुँदै दक्षिण एसियासम्म फैलिएको छ ।

विश्वमा औसतमा एकै दिन २० लाख जनामा कोभिड संक्रमण देखिएको छ । १ जनवरीदेखि ७ जनवरीको अवधिमा पहिचान भएका नयाँ संक्रमितहरूको तथ्यांक विश्लेषण गर्दा औसतमा दैनिक संक्रमितको संख्या २१ लाख ६ हजार १ सय १८ पुगेको छ ।

अन्य भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक भएको बताइए पनि यस संक्रमणका कारण विश्वको स्वास्थ्य प्रणाली नै तहस नहस हुने विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।

दक्षिण अफ्रिकामा नोभेम्बरको अन्तिम साता कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै विश्वव्यापी रूपमा संक्रमित दर २७० प्रतिशत छ । संक्रमित दर बढे पनि मृत्यु दर भने सन् २०२० को अक्टोबर यताकै सबैभन्दा थोरै देखिएका छन् । अहिले कोभिडबाट औसतमा दैनिक ६ हजार २ सय ३७ जना संक्रमितको मृत्यु भएको छ ।

अन्य भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक भएको बताइए पनि यस संक्रमणका कारण विश्वको स्वास्थ्य प्रणाली नै तहस नहस हुने विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।

संक्रमित बढेपछि विभिन्न देशले लकडाउन लगायतका प्रतिबन्धात्मक व्यवस्था घोषणा गरिरहेका छन् । यस्तो प्रतिबन्ध लगाउनेमा युरोपेली देशहरू अग्रपंक्तिमा छन् । भाइरस नियन्त्रण गर्न भन्दै विभिन्न देशहरूले खोप कार्यक्रमलाई तीव्र पारेका छन् ।

युरोपबाहेक अमेरिका र क्यानडा कोभिडको हटस्पट बनेका छन् । विश्वका कुल संक्रमितमध्ये ४९ प्रतिशत अमेरिका र ३३ प्रतिशत क्यानडाका छन् ।

युरोपमा कोभिड संक्रमण दर अहिलेसम्मकै उच्च देखिएको छ । त्यस्तै, पछिल्लो एक सातामा प्रशान्त महासागर क्षेत्रमा २२४ प्रतिशत, ल्याटिन अमेरिकी देशमा १४८ प्रतिशत, मध्यपूर्वमा ११६ प्रतिशत र एसियामा १४५ प्रतिशतले कोभिड बढेको अवस्था छ ।

सन् २०२० मा महामारी शुरु भएको अफ्रिकामा पछिल्लो समयमा संक्रमण दर स्थिर छ । दक्षिण एसियाली देशमा भारतमा संक्रमण दर बढ्दो देखिन्छ ।

यो पनि…
जाडोमा छालाको हेरचाह कसरी गर्ने ?
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

काठमाडौँको बल्खु खोलामा मिसिने चन्द्रागिरि नगरपालिकाको मुहान क्षेत्र (नागढुङ्गा) देखि नै खोलामा दैनिक फोहर फालिएको छ । जाने बुझेका नागरिक

धरान घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईँ बिहान ६ बजे फोहर सङ्कलनका लागि निस्कन्छन् । विगत

यही साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ । जटिल बनिरहेको उपत्यकाको फोहर

त्यसो त फोहरमैला व्यवस्थापनका लागि विद्यमान कानुनी अड्चन छैन् । फोहरमैला व्यवस्थापनसम्बन्धी ऐन, २०६८ जारी भइसकेको छ । तीन तहका

Suggested