जाडोमा छालाको हेरचाह कसरी गर्ने ?



जाडो मौसम सुरु भएसँगै छालामा विभिन्न समस्याहरू देखिन थाल्छ । जाडोमा हाम्रो शरीरबाट छालालाई चाहिने चिल्लो पदार्थ कम उत्पादन हुँदा छाला फुस्रो, सुख्खा, खस्रो हुने र फाट्ने जस्ता समस्या धेरैलाई हुन्छ । जाडो मौसममा बाहिरको र शरीर भित्रको तापक्रमको सन्तुलन नमिल्दा पनि त्यस्को प्रभाव छालामा देखिने गर्छ । जाडो मौसममा छालामा कस्ता–कस्ता समस्याहरू देखिन्छन् र त्यस्ता समस्याहरू बाट बच्न के–के कुरामा ध्यान दिने भन्ने विषयमा यौन तथा छालारोग विशेषज्ञ प्रा.डा. अनुपमा कार्कीको सुझाव यस्तो छ :

जाडोमा छालामा देखिने समस्याहरू

सुख्खापन
जाडोयाममा हावा चिसो, रुखो र हावाको सापेक्षिक आद्रता पनि घट्छ । जसले छालामा रहेको पानीको मात्रा सुक्न गई चिल्लो पदार्थ घट्न जान्छ त्यस कारण हात, खुट्टा, ओठ, अनुहार फुट्ने समस्या देखापर्छ ।

सोरियासिस (कत्ले रोग)
जाडो समयमा देखिने अर्को समस्या हो सोरियासिस । जाडोको बेला छालाहरू अरुबेला भन्दा बढी सुख्खा हुने भएकाले गर्दा यो झन् बढ्न सक्छ । सामान्यतया मान्छेमा यो समस्या छ भने गर्मीमा भन्दा जाडो भएपछि कत्लाहरू जस्तो भएर फुस्रो हुने र चिलाउने समस्याहरू देखिन्छ ।

घामबाट हुने एलर्जी
जाडोयाममा हामी सबैलाई घाम प्यारो हुन्छ । सिधै घाममा बस्दा हामीलाई घामको एलर्जी हुन्छ, त्यसबाट बच्न सनस्क्रिन क्रिम लगाएर घाममा जानुपर्छ । यस्ता क्रिमको प्रयोग गर्दा चिकित्सकको सल्लाहअनुसार प्रयोग गर्नु पर्छ ।

चाँया
जाडो याममा चायाको रोगले पनि सताउँछ । चिसोले गर्दा राम्रोसँग हाम्रो शरीरको हेरचाह गर्न सक्दैनौँ अनि यो रोग लाग्छ । कपालमा चाँया पर्ने समस्या पनि जाडो याममा बढी देखिन्छ ।

लुतो
चिसो मौसममा मानिस प्राय कम नुहाउने, छालाको सरसफाईमा ध्यान नदिने, लामो समय सम्म एउटै कपडा लगाउने गर्छन् जसले गर्दा शरीरमा लुतो आउने समस्या हुन्छ ।

कसरी गर्ने हेरचाह ?
– छालालाई सुख्खा रहन नदिन मोस्चराइजिङ तथा लोसनको प्रयोग गर्ने ।

– साबुनको प्रयोग कम गर्ने । मोस्चराइजिङ साबुन तथा फेसवास प्रयोग गर्ने ।

– प्रशस्त मात्रामा पानी पिउने

– स्वस्थ र सन्तुलित खानेकुरा सेवन गर्ने

– घाममा जानुअगाडि सन ब्लक क्रिम तथा लोसनको प्रयोग गर्ने ।

– बढी तातो पानीले ननुहाउने ।

– शारीरिक सरसफाइमा विशेष ध्यान दिने ।

– केही समस्या देखा परे छाला रोग विशेषज्ञसँग परामर्श लिई उपचार गर्ने ।

यो पनि…
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?

यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय
यी हुन् ओखर खानुका ७ फाइदा



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

अहिले मोबाइलको प्रयोग निकै बढेको छ । अफिसको कामदेखि लिएर अनलाइन मनी ट्रान्सफरसम्मको काम मानिसहरूले मोबाइलबाटै गर्छन् । मोबाइलमा पनि

तपाईँले यस्ता धेरै व्यक्तिहरू देख्नु भएको होला जसको हात वा खुट्टामा पाँच वटाको सट्टा ६ औँला छन् । तर, सबैमा

पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन

पछिल्लो चौबिस घण्टामा देशभर २ हजार २६ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै

Suggested