English

ओमिक्रोनले विशेषगरी यस्ता ठाउँमा गर्छ असर



कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वमा त्रास फैलिरहेका बेला यसले फोक्सोमा धेरै हानी नगर्ने अध्ययन सार्वजनिक भएको छ । बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनले ओमिक्रोन भेरियन्टले फोक्सोमा कम असर गर्ने देखिएको हो । तर, घाँटीमा भने बढी असर देखिने गरेको युनिभर्सिटी अफ लिभरपुल मोलकुलर भाइरोलोजी रिसर्ज ग्रुपले प्रकाशित गरेको अध्ययनले देखाएको बेलायती अखबार द गार्जियनले जनाएको छ ।

युनिभर्सिटी कलेज लण्डनका भाइरोलोजी प्राध्यापक दिनेन पिल्लेले अध्ययनमा ओमिक्रोन सङ्क्रमित बिरामीको फोक्सोमा कम हानी भएको पाइएको बताएका छन् । मुसामा गरिएको परीक्षण अध्ययनले अन्य भेरियन्टले भन्दा ओमिक्रोनले फोक्सोलाई १० प्रतिशत कम हानी गरेको पाइएको हो ।

ओमिक्रोन सङ्क्रमित मुसाको तौल खासै नघटेको तथा निमोनिया भए पनि सामान्य मात्र असर देखिएको खबरमा उल्लेख छ । यो भेरियन्ट नाक तथा घाँटीमा रहिरहने भएकाले खोक्दा, हाँछ्यु गर्दा छिटोछिटो अरु व्यक्तिमा सर्ने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

यस्तै, दक्षिण अफ्रिकाको तथ्यांकलाई आधार मान्ने हो भने पनि त्यहाँ डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनबाट सङ्क्रमित बिरामीको ज्यान जाने जोखिम ८० प्रतिशतले कम छ । यसअघि, बेलायतको स्वास्थ्य सुरक्षा निकायले आफ्नो प्रारम्भिक अध्ययनमा पनि अन्य भेरियन्टले भन्दा ओमिक्रोन कम घातक भएको जनाएको थियो ।

अध्ययनले ओमिक्रोन भएका झण्डै ७० प्रतिशत बिरामी अस्पताल भर्ना हुन नपर्ने देखाएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भने केही दिनअघि ओमिक्रोन अन्य भेरियन्ट भन्दा तीव्र गतिमा फैलिने भएकाले कोरोना सङ्क्रमणको सुनामी नै आउन सक्ने चेतावनी दिएको छ ।

यो पनि…
जाडोमा छालाको हेरचाह कसरी गर्ने ?
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?
यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय
यी हुन् ओखर खानुका ७ फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले