English

फ्रिजमा राखेको पानी सिधै पिउनुहुन्छ ? स्वास्थ्यमा गर्छ यस्तो हानी



गर्मीको महिना लागेपछि अधिकांशको फ्रिजमा राखेको चिसो पानी पिउने बानी होला । यसले केही समय त आनन्द नै दिन्छ । यद्यपि, फ्रिजमा राखेको पानीले दिर्घकालिन रुपमा हाम्रो स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने बारे हामीले सोचेका हुँदैनौं । त्यसैले आज यहाँ फ्रिजको पानीले स्वास्थ्यमा पार्ने असरका बारे चर्चा गरिएको छ :

पाचन समस्याः

चिसो पानीको सेवनले पाचन प्रणालीलाई स्वतः प्रभावित पार्छ । चिसो पानी वा कोल्ड्रिङ्कसको सेवनले पेटका रक्तनलीह्रू संकुचित हुने र पाचनको लागि आवश्यक पाचन रसको उत्सर्जन गर्न र पाचनपश्चात उत्पादित पोषक तत्वहरूको अवशोषण पनि राम्ररी हुन सक्दैन । फलतः पाचनक्रिया नराम्ररी प्रभावित हुने गर्दछ ।
यसैगरि पाचन इन्जाइमहरूको उत्कृष्ट कार्यका लागि आवश्यक पर्ने उपयुक्त तापक्रम पनि चिसो पानीको सेवन पश्चात घट्ने हुँदा इन्जाइमहरू निष्क्रिय भई पाचन प्रभावित हुने गर्दछ । साथै, चिसो पानीको सेवन पश्चात घटेको तापक्रमलाई सन्तुलित गर्नका लागि शरीरले अतिरिक्त उर्जा खर्च गनुपर्ने हुन्छ । जसकारण पाचन प्रभावित हुने गर्दछ । यी सबै कुराहरू हुँदा अपच, अजीर्ण, कब्जियत, आउँ र पायल्स जस्ता समस्याहरू देखापर्दछन् ।

हृदय गति कम हुनेः

चिसो पानीको सेवनपश्चात चिसोका कारण पेटको स्नायू आपुर्ती गर्ने भेगस नर्भ उत्तेजित हुन पुग्दछ । भेगस नाडी उत्तेजित हुँदा हृदयगति कमहुने र हृदयको कार्यक्षमता पनि घट्दछ । साथै, कडा परिश्रम पश्चात चिसो पानीको सेवन गर्दा हामीलाई हृदयघात पनि हुनसक्छ । यसर्थ कडा परिश्रम तुरून्त पश्चात पानी पिउन र त्यसमा पनि चिसो पानी पिउन सर्बथा बर्जीत गरिएको छ ।

कडा श्रम पश्चात चिसो पानी पिउँदा शरीरले परिश्रमका क्रममा उत्पादन गरिरहेको उष्मालाई चिसो पानीले तत्काल रोकीदिने हुँदा शक लाग्न सक्दछ । यसैगरि श्रमका बेलामा पिइएको पानीलाई शरीरले तत्काल अवशोषण पनि गर्न सक्दैन फलतः पेट दुख्ने पखाला लाग्ने र शकको अवश्था समेत आउन सक्दछ ।

तौल बढाउनेः

चिसो पानीको सेवनले शरीरको मेटाबोलिजमलाई पनि प्रभावित बनाउने गर्दछ । फलतः बोसो पग्लिने क्रिया प्रभावित हुन जाँदा तौल बढ्ने र पेट लाग्ने जस्ता समस्या देखापर्ने गर्दछ ।

रोग प्रतिरक्षा प्रणालीलाई कमजोर पार्नेः

चिसो पानीको सेवनले हाम्रो प्रतिरक्षा प्रणालीलाई समेत प्रभावित पार्ने हुँदा हामीलाई रूघा लाग्ने, गला बस्ने, खोकी लाग्ने र दम बढ्ने जस्ता समस्याहरू देखापर्दछ । साथै, माईग्रेनको समस्या पनि देखापर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,