English

युवा नेता प्रदिप पौडेलको नजरमा पढ्नै पर्ने ३ पुस्तक



नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल निकै व्यस्त हुन्छन् । तर, केही समय फूर्सद मिल्ने बित्तिकै उनी पुस्तक पढ्न थालिहाल्छन् । उनले अहिलेसम्म थुप्रै पुस्तक अध्ययन गरिसके । तिनै मध्ये उनलाई एकदमै मन परेको ३ पुस्तक यस्ता छन् :

सेतोबाघ

डायमनशम्शेर राणाद्वारा लेखिएको यस पुस्तक मैले पढेको पुस्तकहरु मध्ये उत्कृष्ट भित्र पर्छ । इतिहासलाई उपन्यास बनाएको सेतो बाघको शैली मलाई एकदमै मन पर्छ । वास्तविक इतिहासलाई उपन्यास बनाइएको कारण इतिहास पढ्न चाहनेहरुको लागि यो पुस्तक एकदमै राम्रो हुन्छ । यस्ता खालका रचनाहरु अरु पनि आउनुपर्छ जस्तो मलाई लाग्छ ।

मोदीआइन

मैले पढेका पुस्तकहरु मध्ये अर्को मन परेको पुस्तक विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित उपन्यास मोदीआइन हो । कोइरालाद्वारा लिखित प्राय सबै पुस्तकहरु उत्कृष्ट नै हुन्छन् । तर, यो अलि विशेष छ । पहिलेदेखि जुन लेखन शैली चल्दै आइरहेको त्यसलाई तोडेर अलि फरक शैलीमा यो लेखिएको छ । महाभारतमा हामीले कौरव र पान्डवहरुको लडाईको बारेमा मात्र पढेका छौँ । उनीहरुको राजनीतिक चलखेलको बारेमा पढेका छौँ तर मोदीआइन यस्तो पुस्तक हो जसमा कुरुक्षेत्रमा लडाईं गर्ने सीपाईहरुको श्रीमतीहरुको नजरबाट यो पुस्तक तयार पारिएको छ ।

ह्वाई नेसन फेल

मैले पढेका पुस्तकहरु मध्ये मन परेको अर्को पुस्तक ह्वाई नेसन फेल पनि हो । डारोन एसेमोग्लु र जेम्स रोबियन्सद्वारा लिखित यस पुस्तकमा देश कसरी बर्बादीको दिशातिर जान्छ ? देश बर्बाद हुँदै जानुको कारणहरु के–के हुन् ? जस्ता कुराहरुलाई पुस्तकले समेटेको छ । देश कस्तो हुनुपर्छ भन्ने कुरा पनि यस्मा समेटिएको छ ।

यो पनि पढ्नुहोस् ।
ब्लु डायरी – जीवन बुझ्न पढ्नैपर्ने पुस्तक
साहित्यकार अमर न्यौपानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक
अभिनेत्री कृति भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested