English

अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक



अभिनेत्री सरिता लामिछानेलाई फुर्सदको समय पुस्तक पढ्न असाध्यै मनपर्छ । बजारमा कुनै नयाँ पुस्तक आयो भने उनी त्यस पुस्तकलाई किनेर पढिहाल्छिन् । त्यसैले उनलाई मनपर्ने पुस्तक धेरै छन् । तिनैमध्ये उनको नजरमा परेको ३ पुस्तक यस्ता छन् :

झोला

कृष्ण धारावासीद्वारा लिखित ‘झोला’ सती प्रथामा आधारित प्रसिद्ध कथा हो । केही समयअघि यो उपन्यासमा आधारित चलचित्र पनि निर्माण गरिएको थियो । त्यसैले झोला सर्वप्रिय कथा हो । सतीप्रथाको विकराल दृश्य प्रस्तुत भएको यो कथा पढ्दा त्यो समयमा पुगेको आभास हुन्छ । मैले पढेको कथा मध्ये यो एकदमै मन परेको कथा हो ।

सेतो धर्ती

सेतो धर्ती अमर न्यौपानेको एक उत्कृष्ट कृति हो । न्यौपानेले एकल महिलाको गर्भ देखि मृत्यु प्रतिक्षाको समयमम्म्मको कथालाई उपन्यासको रुप दिएका छन् । यस पुस्तकले वि.सं २०६८ सालमा मदन पुरस्कार समेत जितेको थियो । यो किताब साहै्र मीठो र सजिलो भाषामा लेखिएको छ । यस पुस्तकमा प्रस्तुत भएको महिला पात्रले पाठकहरुलाई आफूतर्फ आकर्षित गर्छिन् । यो पुस्तक पढेर म भावुक भएको छु ।

चिना हराएको मान्छे

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यद्वारा लिखित ‘चिना हराएको मान्छे’ पनि मलाई एकदमै मन परेको पुस्तक हो । उत्कृष्ट अभिनयले सबैको मन जित्न सफल महान् कलाकार आफ्नो वास्तविक जीवनमा भोगेका विभिन्न उत्तारचढाव को बेलिबिस्तार चिना हराएको मान्छेमा पाइन्छ । मान्छेको जीवनमा आइपर्ने उत्तारचढावलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने शिक्षा यो पुस्तकबाट सिक्न सकिन्छ ।

यो पनि पढ्नुहोस् ।
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested