सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



सुबिन भट्टराई एक उत्कृष्ट युवा लेखकका साथै पुस्तक प्रेमी व्यक्ति हुन् । उनलाई खाली समयमा पुस्तक पढेर समय बिताउन असाध्यै मन पर्छ । उनले धेरै उत्कृष्ट पुस्तकहरु पढिसकेका छन् । यदि तपाईं फुर्सदिलो हुनुहुन्छ र पुस्तक पढेर समय बिताउने सोंचमा हुनुहुन्छ भने भट्टराईको नजरमा पढ्नै पर्ने तीन पुस्तक यस्ता छन् :

घामका पाइलाहरु

घामका पाइलाहरू धनुषचन्द्र गौतमद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । यस उपन्यासले वि.सं २०३५ को मदन पुरस्कार प्राप्त गरेको थियो । यस पुस्तकमा प्रयोग भएका भाषा शैली एकदमै सरल छ ।
त्यसैले सबैले यो पुस्तक सजिलै पढ्न र बुझ्न सक्छन् । यस उपन्यासमा प्रस्तुत भएका सबै पात्रहरु सम्झन लायक छन् । त्यसैले मैले पढेको पुस्तकहरु मध्ये मलाई यो एकदमै राम्रो लाग्छ ।

हिटलर र यहुदी

हिटलर र यहुदी नेपाली सुप्रसिद्ध मनोवैज्ञानिक साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको उपन्यास हो । जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ । कोइरालाको लेखन शैलीको त तारिफ गरेर कहिल्यै सकिँदैन । उहाँको भाषाशैली देखि विषयवस्तु सबै उत्कृष्ट छ । यो पुस्तक पनि मैले पढेका मध्ये उत्कृष्ट लाग्छ ।

आगत

भवानी भिक्षुको उपन्यास आगत पनि उत्कृष्ट पुस्तकहरुको सुचीमा पर्छ । अहिलेको पाठकहरुलाई यो पुस्तकको भाषा बुझ्न अलि गाह्रो हुन सक्छ । तर, पढ्दै गएपछि सजिलो लाग्न थाल्छ । राणाकालमा जमिन्दारीको कथालाई पुस्तकले उत्थान गरेको छ । यो धेरै अगाडी लेखिएको पुस्तक हो । तर, त्यति पुरानो राणा कालको कथा भइकन पनि प्रगतिशील कथा यस भित्र पाइन्छ । यो पुस्तकमा एकजना पात्र छिन् सम्झना जस्को भुमिकालाई कहिल्यै बिर्सन सक्दिनँ ।



...
अभिनेत्री दीपिका प्रसाईंको नजरमा पढ्नै पर्ने ३ पुस्तक « Mero LifeStyle

[…] […]

...
युवा लेखक बुद्धि सागरको नजरमा पढ्नै पर्ने ५ पुस्तक « Mero LifeStyle

[…] […]

...
अभिनेता बुद्धी तामाङको नजरमा पढ्नै पर्ने ३ पुस्तक « Mero LifeStyle

[…] […]

...
अभिनेत्री कृति भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक « Mero LifeStyle

[…] […]

...
सांसद शान्ता चौधरीको नजरमा पढ्नै पर्ने ३ पुस्तक « Mero LifeStyle

[…] […]

...
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक « Mero LifeStyle

[…] […]

...
अभिनेत्री सोभिता सिंखडाको नजरमा पढ्नै पर्ने ४ पुस्तक « Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल अटोमोबाइल्स डिर्लस एशोसिएसन अफ नेपाल (नाडा) को आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरुको

महिला हिंसा अन्त्य गर्नपर्छ भन्ने नारा हामीले प्राय सुनिरहेका हुन्छौ । यो विषयमा चर्चा हुन थालेको लामो समय भईसक्यो ।

राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिएका छन् ।  काठमाडौंमा बुधबारबाट सुरु भएको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै