English

गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



गायिका इन्दिरा जोशीलाई फूर्सदको समयमा पुस्तक पढेर समय बिताउन मनपर्छ । नेपाल आइडलकी जज समेत रहेकी जोशीले अहिलेसम्म थुप्रै पुस्तक पढिसकेकी छिन् । तपाई पनि शनिबारको दिन फूर्सदमा हुनुहुन्छ र के गर्ने भन्ने दोधारमा हुनुहुन्छ भने पुस्तकहरु पढेर समय व्यथित गर्न सक्नुहुन्छ । गायिका जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक यस्ता छन् ।

अटो बायोग्राफी अफ योगी (योगीको आत्मकथा )

योगीको आत्मकथा परमहंस योगानन्दद्धारा लिखित आत्मकथा हो । ‘योगीको आत्मकथा’ एउटा रहस्यमय आध्यात्मिक पुस्तक हो जुन चमत्कारमय कथाहरूले भरिएको छ । जसलाई अहिलेको एक्काइसौँ शताब्दीको भौतिक युगले सहजै स्वीकार गर्न सक्दैन । उनको आत्मकथा पढेपछि यस्तो लाग्छ, मानौँ पाठकले कुनै रहस्यमय उपन्यास पढिरहेको छ । जसले उसको मानसपटलमा घटनाहरूको सजिव चित्रण गरिदिन्छ । यो पुस्तक सबैले एकपटक पढ्नै पर्छ जस्तो लाग्छ ।

बाबु, आमा र छोरा

विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास हो– ‘बाबु, आमा र छोरा’ । यो उपन्यास साझा प्रकाशनले बजारमा ल्याएको हो । आफ्नो समयभन्दा अगाडि नै लेखिएको पुस्तक हो यो । यसमा बाबु, आमा र छोराको पक्षलाई देखाइएको छ । यो पुस्तक पढ्दा यी ३ पात्रको दिमागलाई पढेको अनुभूति हुन्छ । कोइरालाले यो उपन्यासमा व्यक्तिमा दमित इच्छा, भावनालाई स्वतन्त्र रूपमा आत्मनिर्णय गर्न दिइनुपर्छ भन्ने सन्देश दिएका छन् । त्यसैले, यो उपन्यास पनि एकपटक पढ्नै पर्छ जस्तो लाग्छ ।

शिरिसको फुल

साहित्यकार पारिजातले शिरिषको फूल उपन्यास २०२२ सालमा आफैँले प्रकाशन गरेकी थिइन् । यो पुस्तकले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो । मैले पढेको महिला सहित्यकारको पहिलो पुस्तक हो यो । मेरो विचारमा यो पुस्तकपछि जति लभस्टोरीका पुस्तक निस्किए, यसमा जति प्रेमको बारेमा राम्रोसँग लेखेको पाएकी थिइन । पुस्तकमा विसंगतिका बीच रुमलिएको जीवनलाई चरित्र चित्रणको मूल आधार बनाइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested