English

गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



गायिका इन्दिरा जोशीलाई फूर्सदको समयमा पुस्तक पढेर समय बिताउन मनपर्छ । नेपाल आइडलकी जज समेत रहेकी जोशीले अहिलेसम्म थुप्रै पुस्तक पढिसकेकी छिन् । तपाई पनि शनिबारको दिन फूर्सदमा हुनुहुन्छ र के गर्ने भन्ने दोधारमा हुनुहुन्छ भने पुस्तकहरु पढेर समय व्यथित गर्न सक्नुहुन्छ । गायिका जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक यस्ता छन् ।

अटो बायोग्राफी अफ योगी (योगीको आत्मकथा )

योगीको आत्मकथा परमहंस योगानन्दद्धारा लिखित आत्मकथा हो । ‘योगीको आत्मकथा’ एउटा रहस्यमय आध्यात्मिक पुस्तक हो जुन चमत्कारमय कथाहरूले भरिएको छ । जसलाई अहिलेको एक्काइसौँ शताब्दीको भौतिक युगले सहजै स्वीकार गर्न सक्दैन । उनको आत्मकथा पढेपछि यस्तो लाग्छ, मानौँ पाठकले कुनै रहस्यमय उपन्यास पढिरहेको छ । जसले उसको मानसपटलमा घटनाहरूको सजिव चित्रण गरिदिन्छ । यो पुस्तक सबैले एकपटक पढ्नै पर्छ जस्तो लाग्छ ।

बाबु, आमा र छोरा

विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास हो– ‘बाबु, आमा र छोरा’ । यो उपन्यास साझा प्रकाशनले बजारमा ल्याएको हो । आफ्नो समयभन्दा अगाडि नै लेखिएको पुस्तक हो यो । यसमा बाबु, आमा र छोराको पक्षलाई देखाइएको छ । यो पुस्तक पढ्दा यी ३ पात्रको दिमागलाई पढेको अनुभूति हुन्छ । कोइरालाले यो उपन्यासमा व्यक्तिमा दमित इच्छा, भावनालाई स्वतन्त्र रूपमा आत्मनिर्णय गर्न दिइनुपर्छ भन्ने सन्देश दिएका छन् । त्यसैले, यो उपन्यास पनि एकपटक पढ्नै पर्छ जस्तो लाग्छ ।

शिरिसको फुल

साहित्यकार पारिजातले शिरिषको फूल उपन्यास २०२२ सालमा आफैँले प्रकाशन गरेकी थिइन् । यो पुस्तकले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो । मैले पढेको महिला सहित्यकारको पहिलो पुस्तक हो यो । मेरो विचारमा यो पुस्तकपछि जति लभस्टोरीका पुस्तक निस्किए, यसमा जति प्रेमको बारेमा राम्रोसँग लेखेको पाएकी थिइन । पुस्तकमा विसंगतिका बीच रुमलिएको जीवनलाई चरित्र चित्रणको मूल आधार बनाइएको छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested