English

गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक



अभिनेत्री गौरी मल्ललाई फुर्सदको समय पुस्तक पढेर बिताउन रमाइलो लाग्छ । उनले थुप्रै पुस्तक अध्ययन गरिसकेकी छिन् । त्यसैले उनी अरुलाई पनि फूर्सदको समय पुस्तक पढेर बिताउन सुझाव दिन्छिन् । तर, धेरैजसोलाई कस्ता किताब पढ्ने भन्ने दोधार भइरहेको हुन सक्छ । तिनीहरुका लागि मल्लको सिफारिस यस्तो छ :

महाभारत

संस्कृतमा लेखिएको मध्ये महाभारत ठूलो गन्थ हो । यो एक अद्भुत कथा हो जसले जीवन दर्शनका कुरा सिकाउँछ । समाजको हरेक कुरा यस पुस्तकमा समावेस छ । गल्ती र त्यसको परिणाम, न्याय र अन्याय सबै कुरा समेटिएको यो पुस्तक पढेर धेरै कुराहरु सिक्न सकिन्छ । यसको अध्ययनले एक किसिमको शान्ती प्राप्त हुन्छ ।

सुनौली

रमेश विकलको पुस्तक सुनौली पनि मैले पढेका मध्ये प्रिय लागेको पुस्तक हो । यसमा असाध्यै मिठो प्रेम कथा समावेश छ । साधारण एउटा गाउँका युवा युवती शहरमा आएर कसरी बदलिन्छन् र उनीहरुले त्यो बदलावबाट के सिक्छन् भन्ने कुराको राम्रो निचोड छ यो उपन्यासमा । यो दुई युवा युवतीको संघर्ष र प्रेमको कथा हो ।

आमा

म्याक्सिम गोर्कीको आमा पुस्तक पनि मलाई असाध्यै राम्रो लागेको पुस्तक हो । यो पुस्तक संसारको अनगिन्ती भाषाहरुमा अनुवाद भएको छ । उपन्यासभित्र बुनिएको कथानकको केन्द्रीय उद्देश्य समाजवादी आन्दोलनलाई उकास्न खोजेको देखिन्छ । समाज परिवर्तन गरी समानता, स्वतन्त्रता तथा अधिकार प्राप्तिका लागि विद्रोह गर्ने सचेतना जगाउने कुराहरु यसमा पाइन्छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested