English

साहित्यकार अमर न्यौपानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक



नेपालका प्रख्यात सहित्यकार अमर न्यौपानेको पुस्तक सेतो धर्ती नपढ्ने सायद कमै होलान् । उनको लेखनशैली सबै उमेरसमुहलाई मनपर्छ । सेतो धर्तीले वि.सं. २०६८ सालको मदन पुरस्कार प्राप्त गरेपछि उनको चर्चा एकाएक चुलियो । धेरै जनाले उनको पुस्तक पढ्नका लागि सिफारिस गर्ने गर्छन् । तर, उनको सिफरिसको पुस्तक सायद थोरैले मात्र पढेका होलान् । त्यसैले न्यौपानेको सिफारिसमा पढ्नै पर्ने ३ पुस्तक :

सुम्निमा

सुम्निमा विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित उपन्यास हो । यो उपन्यासमा सुम्निमा तथा सोमदत्त दुई बीचको प्रेम प्रसंगको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ । हाम्रो शरीर नाशवान छ । त्यसैले आत्माको पछि लाग्नु हुँदैन शरीरलाई माया गर्नु पर्छ भन्ने दर्शन यस पुस्तककी पात्र सुम्निमाको छ । भने, शरीर भनेको पाप हो हामी काम वासनामा लाग्नु हुँदैन संसारीकतामा लाग्नु हुँदैन, हामी आत्माको पछि लाग्नु पर्छ । आत्मा सधैँ जिवित रहन्छ भन्ने सोमदत्तको दर्शन छ । प्रेमले मानिसलाई शारीरिक रूपले टाढा भए तापनि मानसिक रूपले नजिक अनुभूत गराउँछ भन्ने यो उपन्यासको सार हो ।

दर्शन दिग्दर्शन

राहुल सांकृत्यानको दर्शन दिग्दर्शन मैले हिन्दी भाषामा पढेको पुस्तक हो । मैले पढेका पुस्तकहरु मध्ये यो पुस्तक पनि मलाई एकदमै मन पर्छ । यो पुस्तक एकदमै बृहत छ । संसारभरका सम्पूर्ण कुराहरुको व्याख्या यो पुस्तकमा गरिएको छ । यो एउटा दर्शनको किताब हो । त्यसैले यो पुस्तक पनि पढ्नै पर्ने पुस्तक भित्र पर्छ ।

गुरु (द प्रोफिट)

खलिल जिब्रानकोद्वारा लिखित पुस्तक ‘गुरु’ द प्रोफिटको नेपाली अनुबाद हो । यो पुस्तक अन्य पनि धेरै भाषामा अनुबाद भएका छन् । यो पुस्तकमा मानिसको सम्पूर्ण जीवनको बारेमा व्याख्या गरिएको छ । सन्तान भनेको के हो ? कानून भनेको के हो ? वस्त्र भनेको के हो ? लगायतका सबै कुराहरू यस पुस्तकमा समेटिएको छ । यो पुस्तकको मलाई एकदमै मन परेको एउटा लाईन छ वस्त्रको बारेमा ‘वस्त्रले तिम्रो सौन्दर्य छोप्छ तर असौन्दर्य छोप्न सक्दैन’ । मलाई यो पुस्तकको हरेक लाइनहरु एकदमै मन पर्छ र सबैलाई यो पुस्तक पढ्न सिफारिस गर्छु ।

यो पनि पढ्नुहोस् ।
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक

अभिनेत्री कृति भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक





Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested