English

अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक



अभिनेत्री वर्षा शिवाकोटी पुस्तक पढ्न निकै रुचाउँछिन् । त्यसो त फूर्सद हुने बित्तिकै उनी पुस्तक पढ्नमा व्यस्त हुन्छिन् । उनले अहिलेसम्म थुप्रै पुस्तक पढिसकेकी छिन् । तिनै मध्ये उनको नजरमा पढ्नै पर्ने ३ पुस्तक यी हुन् ।

गुलाबी उमेर

अमर न्यौपानेद्वारा लिखित पुस्तक गुलाबी उमेर मैले पढेका मध्ये एकदमै मन परेको पुस्तक हो । यो पुस्तकमा महिलाको बालापनदेखि युवावस्थासम्मको कथालाई समेटिएको छ । यो पुस्तक पढिरहँदा मलाई आफैं किशोरावस्थामा फर्किएको अनुभूति भयो । मैले मात्र होइन यो पुस्तक पढ्ने प्रत्येक किशोरीले आफूलाई भेटाउँछन् भने महिलाहरुले आफ्नो किशोरावस्थाका घटना परिघटना सम्झन्छन् । यस पुस्तकको लेखक एक पुरुष भएर पनि महिलाको भावनासँग जोडिएर पुस्तक लेख्नुभएको छ ।

कर्णाली ब्लुज

कर्णाली ब्लुज उपन्यास बुद्धिसागरद्वारा लेखिएको उपन्यास हो । यस पुस्तकमा एउटा बुवा र छोराको सम्बन्धलाई एकदमै राम्रोसँग प्रस्तुत गरिएको छ । बुबा गुमाएका व्यक्तिहरु यो पुस्तक पढेर भाबुक हुन्छन् । पुस्तकका पात्रहरु आफैं हो कि जस्तो लाग्छ । यो पुस्तकको लेखनशैली पनि एकदमै राम्रो लाग्छ । यो पुस्तक पनि मैले पढेका मध्ये उत्कृष्ट भित्र पर्छ ।

द सेक्रेट

द सिक्रेट रोन्डा बर्नले लेखेको पुस्तक हो । यो पुस्तक जति पटक पढे पनि नपुग्ने पुस्तक भित्र पर्छ । यो पुस्तक हरेक दिन पढ्दा पनि नयाँ कुरा सिक्न पाइन्छ । यसका हरेक पानामा जीवनका बारेमा, सफलताको विषयमा मज्जाले व्याख्या गरिएको छ । यो पुस्तक पढेपछि बेग्लै उर्जा प्राप्त हुन्छ । यो एउटा प्रेरणा मुलक पुस्तक हो । यो पुस्तक मसँग सधैँ हुन्छ । पढ्नै पर्ने पुस्तकहरुको लिस्टमा यो पुस्तक पनि पर्छ ।

यो पनि पढ्नुहोस् ।

गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested