English

अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



शनिबार फूर्सदको दिन । यो समय थुप्रै रचनात्मक काम गरेर बिताउन सकिन्छ । हरेकका आ–आफ्ना सोख हुन्छन् । जसमध्ये पुस्तक पढ्नु पनि कसैका लागि सोखको विषय हो । अभिनेत्री केकी अधिकारी पनि अध्ययनमा सोख राख्छिन् । उनको नजरमा पाठकले पढ्नै पर्ने तीन पुस्तक :

मोदी आइन्
मैले पढेका पुस्तकहरु मध्ये सबैभन्दा धेरै मन परेको पुस्तक विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित उपन्यास मोदीआइन् हो । महाभारतमा हामीले कौरव र पान्डवहरुको लडाईको बारेमा मात्र पढेका छौँ । उनीहरुको राजनीतिक चलखेलको बारेमा पढेका छौँ तर मोदीआइन यस्तो पुस्तक हो जसमा कुरुक्षेत्रमा लडाई गर्ने सीपाईहरुको श्रीमतीहरुको नजरबाट यो पुस्तक तयार पारिएको छ । त्यतिबेला कमाई गर्ने भनेको श्रीमान मात्र हुन्थे । श्रीमती घरमा मात्र सिमित हुन्थे । लामो समय कुरुक्षेत्रमा लडाई हुँदा उनीहरुले कसरी आफ्नो परिवारलाई जोगाए र कसरी बाँचे भन्ने संघर्षको बारेमा यो पुस्तकमा लेखिएको छ ।

सेतो धर्ती
सेतो धर्ती अमर न्यौपानेको एक उत्कृष्ट कृति हो । यो पुस्तक मैले दुई पटक पढी सकेँ । यस पुस्तकले वि.सं २०६८ सालमा मदन पुरस्कार समेत जितेको थियो । यसमा एउटा विधवा नारीको कथालाई समेटिएको छ । ८ वर्षको उमेरमा विधवा भएकी एक महिलाले भोगेको दुःख र पीडालाई समावेस गरिएको छ । त्यती बेलाको समाजको सोचाईलाई उजागर गरिएको छ । यो किताब साहै्र मीठो र सजिलो भाषामा लेखिएको छ । त्यसैले यो पुस्तक पनि मलाई एकदमै मन परेको पुस्तक मध्ये पर्छ ।

कर्णाली ब्लुज
कर्नाली ब्लुज उपन्यास बुद्धिसागरद्वारा लेखिएको उपन्यास हो । यो पुस्तक पनि मैले २ पटक पढिसकेँ । मलाई बुद्धिसागरको सरल लेखनशैली एकदमै मन पर्छ । यस उपन्यासमा पश्चिम नेपालको तराईको गाउँदेखि विकट जिल्ला कालिकोटको पहाडी परिवेशलाई समेटिएको छ । उहाँको लेखन शैलीले पाठकहरु यति धेरै प्रभावित हुन्छन् कि त्यो पात्र आफैँ भएको जस्तो अनुभव हुन्छ ।

यो पनि पढ्नुहोस् ।
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,