English

अभिनेत्री कृति भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



अभिनेत्री तथा कार्यक्रम प्रस्तोता कृति भट्टराईलाई पुस्तक पढ्न असाध्यै मन पर्छ । उनले अहिले सम्म धेरै राम्रा राम्रा पुस्तकहरु पढिसकेकी छिन् । फूर्सदको समय पुस्तक पढेर बिताउने उनी अरुलाई पनि पुस्तक पढ्न सुझाव दिन्छिन् । त्यसैले अभिनेत्री भट्टराईको सिफारिसमा पढ्नैपर्ने तीन पुस्तक यस्ता छन् :

चिरहरण

नीलम कार्की निहारिकाद्वारा लिखित यो पुस्तक मैले पढेका मध्ये असाध्यै मन परेको पुस्तक हो । महाभारतको विषयमाथि थुप्रै व्याख्या हुँदै आएका छन् । चिरहरण त्यही महाभारत–कथामा केन्द्रित फरक कोणबाट लेखिएको उपन्यास हो । सत्यवतीदेखि द्रौपतिसम्म पुग्दा नारीले भोग्नुपरेका सामाजिक विवशता र हिंसामात्र होइन, धृतराष्ट्रको सिंहासनमोह, शकुनीको षड्यन्त्र अनि महायुद्ध जस्ता घटना वर्तमान समयमा पनि परिघटित छन् । कुन्तीको पुत्रत्याग होस् या द्रौपदीको चिरहरण, अहिलेको समाज पनि यस्ता विडम्बनाबाट मुक्त हुन सकेको छैन । लेखनमा चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने निलमको यो उपन्यास द्वापरयुगको यस्तो ऐना हो, जसमा हामीले भोगिरहेको समाज प्रतिविम्बित छ ।

राधा

कृष्ण धरावासीले लेखेको चर्चित उपन्यास राधा पनि मलाई मन परेको पुस्तक मध्ये पर्छ । यो पुस्तकमा प्रस्तुत गरिएको महिला पात्र मलाई एकदमै मन पर्छ । यस पुस्तकमा समावेस भएका माया र भावनाका कुरा पनि विशेष लागेको थियो । छोरी भए भनेर तिमी आफूलाई कमजोर नठान छोराछोरीमा केहि फरक छैन भन्ने सन्देश यस पुस्तकले दिन्छ । धारावासीको लेखनशैली र भाषा पनि मलाई असाध्यै मनपर्छ ।

पागल बस्ती

सरुभक्तको उपन्यास पागल–बस्ती प्रेम र अहमको रणभूमि हो । नेपाली साहित्यमा पागल बस्ती नपढ्ने सायद कमै होलान् । पुस्तक हरेक लेखक र पाठकका लागि पढ्न अपरिहार्य छ । यो पुस्तकमा चित्रण गरिएको प्रेमका र जीवनका कुराहरु मलाई असाध्यै मन परेको थियो । साधारण भाषामा लेखिएको यो पुस्तक पनि सबैले एकपटक पढ्नैपर्छ जस्तो लाग्छ ।

यो पनि पढ्नुहोस् ।
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested