English

अभिनेत्री लक्ष्मी बर्देवाको नजरमा पढ्नै पर्ने ३ पुस्तक



थिएटरबाट अभिनय यात्रा सुरु गरेकी लक्ष्मी बर्देवा व्यस्त अभिनेत्रीमा गनिन्छिन् । पछिल्लो समय म्युजिक भिडियोहरुमा निकै व्यस्त रहेकी बर्देवाले घामपानी, जालो, बुलबुल लगायतका चलचित्रमा अभिनय गरेकी छन् । अभिनयका साथै, पुस्तक पढ्न पनि यी अभिनेत्री निकै रुचाउँछिन् ।फुर्सद निस्कियो कि उनको हातमा कुनै न कुनै पुस्तक हुन्छ । तिनै मध्ये उनको नजरमा परेका ३ पुस्तकबारे यहाँ चर्चा गरिएको छ ।

सेतो धर्ती

मैले पढेको पुस्तकमध्ये अमर न्यौपानेद्वारा लिखित सेतो धर्ती एकदमै मन परेको पुस्तक हो । जीवनको उत्तारचढावको बारेमा यो पुस्तकमा राम्रोसँग लेखिएको छ । विगतको समयमा भएका कुरीतिहरुलाई यसमा समेटिएको छ । एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण कस्तो हुन्छ । उसले कति दुःख कष्ट सहनुपर्छ भन्ने लगायतका कुराहरु यस पुस्तकमा समेटिएको छ । पुस्तकको पात्र पनि मलाई असाध्यै प्रिय लागेकी थिइन् ।

राधा

कृष्ण धरावासीद्वारा लिखित चर्चित उपन्यास राधा पनि मलाई मर्ने पुस्तक मध्येमा पर्छ । यो पुस्तकमा प्रस्तुत गरिएको महिला पात्र मलाई एकदमै मन पर्छ । हामीले राधा कृष्णको बारेमा त धेरै सुनेका छौं । राधालाई कृष्णको प्रेमीकाको रुपमा चिनेका छौं । तर, राधाको नजरबाट हामीले कहिल्यै हेरेनौं । तर, यो पुस्तक राधाको नजरबाट लेखिएको छ । यसमा समावेस भएको माया र भावनाका कुरा पनि विशेष लाग्छ ।

दमिनी भीर

दमिनी भीर राजन मुकारुङद्वारा लेखिएको पुस्तक हो । यो पुस्तक पनि मलाई असाध्यै मनपर्छ । यस उपन्यासमा संक्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, मनोविज्ञानबारे गहिरो चित्रण गरिएको छ । नेपाली समाजको संस्कृति संरचना र सभ्यतालाई मुख्य रुपमा समेटिएको छ । आदिकालदेखिको मानिसको आस्था र शिष्टतालाई यस उपन्यास भित्रका पात्रले बोल्छन् । यहाँभित्रका प्रसङ्ग, पात्र र तीनको मनोविज्ञान हामी नेपाली समाजमा जस्ताको तस्तै भेट्न सक्छौं ।

यो पनि पढ्नुहोस् ।
ब्लु डायरी – जीवन बुझ्न पढ्नैपर्ने पुस्तक
साहित्यकार अमर न्यौपानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक
अभिनेत्री कृति भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

Latest










Popular
Suggested