English

बालबालिकामा देखियो ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम, के हुन् लक्षण ?



नेपालमा कोभिड–१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस–सी) को सङ्क्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड–१९ सङ्क्रमण पछिको जलिटलता हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको तेस्रो र चौथो लहरमा एमआइएस–सी सङ्क्रमण बढी देखिने जनाएको छ ।

एमआइएस–सी भनेको कोरोना सङक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सङ्क्रमणको पहिलो लहर सकिने लाग्दा नै बालबालिकामा त्यस्तो सङ्क्रमण देखिन थालेको पुष्टि गरे ।

उनले कोभिड–१९ विरुद्ध शरिरले उत्पादन गरेको रोग प्रतिरोधात्मक क्षमताले शरिरमा नै हानी गरेपछि बालबालिकामा मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या देखिने गरेको बताए । उनले ती सङ्क्रमित बालबालिकाको दुईदेखि तीन हप्तामा उपचार गरेपछि निको हुने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो र चौथो लहरमा झन् बढी देखिने भएकोले बालबालिकाको उपचारमा तयारी अवस्थामा रहन सबै अस्पताललाई निर्देशन दिइसकेको छ ।

कान्ति बाल अस्पतालका निर्देशक डा. आरपि बिच्छाले पनि पहिलो लहरको ओरोलो लाग्ने वेलादेखि नै उक्त सङ्क्रमणका बालबालिका देखिन थालेको जानकारी दिए । उनका अनुसार अहिलसम्म ४१ जना बालबालिकामा यस्तो समस्या देखिएको छ । तीमध्ये ३८ बालबालिकाको उपचारपछि निको भएर घर फकिएसकेका छन् भने तीन जना अहिले कान्ति अस्पतालमा उपचाररत रहेका छन् । ‘नेपालमा पहिलो लहर उच्चतम विन्दुबाट तल झर्ने क्रममा पहिलो पटक बालबालिकामा एमआइएस–सी को सङ्क्रमण देखिएको हो,’ उनले भने, ‘अहिले दोस्रो लहरको पनि ओरालो लाग्ने क्रममा केही बालबालिकामा बिरामी भएर आएका छन् ।’

उनका अनुसार पहिलो लहरमा २३ बालबालिकामा र दोस्रो लहरमा १५ जना बालबालिकामा बिरामी भएका थिए । ती सबै बालबालिका उपचार गरी घर पठाइसकेको अस्पतालले जनाएको छ । यस्तो खालको सङ्क्रमणको उपचारका लागि अस्पतालले मापदण्ड बनाई उपचार गरिरहेको छ ।

पछिल्लो पटक देखिएका १५ जना बालबालिका एक वर्षदेखि १३ वर्ष उमेर समूहका थिए । ‘यो रोग पनि कोभिड–१९ कै कारण देखिने सङ्क्रमण हो । यो बालबालिकामा देखिने बित्तिकै आत्तिहाल्नु हुन्न,’ उनले भने, ‘समयमा उपचार गरे सत प्रतिशत निको हुन्छ ।’ उनका अनुसार वेलायतमा देखिएको यो रोग एक प्रतिशत बालबालिकामा मात्र लाग्ने गर्दछ ।

अहिले अस्पतालमा ५६ सघन उपचार कक्ष (आइसियु), २५ हाइ डिपेडेन्सी युनिट (एचडियु) रहेका छन् । यस्तै १० आइसियु र २५ एचडियु थप्ने क्रममा रहेको छ । अहिले कोभिड–१९ सङ्क्रमित १६ बालबालिकाको उपचार अस्पतालमा भइरहेको छ ।

यो सामान्यत कोरोना सङक्रमण भएको दुईदेखि चार हप्तापछि देखा पर्ने गर्दछ । यसका लक्षणमा आँखा रातो हुनु, सास फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महशुस हुनु जस्ता देखिने गर्दछन् । मन्त्रालयले सङ्क्रमित वा सङ्क्रमितसँग सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म ज्वरो आएमा वा लक्षणमध्ये कुनै दुई वटा देखा परेमा अस्पताल लैजान अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो र चौथो लहरमा झन् बढी देखिने भएकोले बालबालिकाको उपचारमा तयारी अवस्थामा रहन सबै अस्पताललाई निर्देशन दिइसकेको छ । मन्त्रालयको निर्देशन अनुसार सबै अस्पताललाई २० प्रतिशत शैय्या कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्टाउने तयारी समेत गरिसकेका छन् । कान्ति अस्पतालका निर्देशक डा. विच्छाले एमआइएस–सी को सङ्क्रमण भएका बालबालिकाको उपचारका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

उनका अनुसार अहिले अस्पतालमा ५६ सघन उपचार कक्ष (आइसियु), २५ हाइ डिपेडेन्सी युनिट (एचडियु) रहेका छन् । यस्तै १० आइसियु र २५ एचडियु थप्ने क्रममा रहेको छ । अहिले कोभिड–१९ सङ्क्रमित १६ बालबालिकाको उपचार अस्पतालमा भइरहेको छ ।

बालबालिकामा एमआइएस–सी को संक्रमणबाट बिरामी तेस्रो र चौथो लहरबाट झनै बढ्ने भएकोले नै यसअघि स्वास्थ्यमन्त्री शेर बहादुर तामाङले बालबालिकाको उपचारका लागि सातै वटा प्रदेशमा आइसियू र भेन्टिलेटर सहितको अस्पताल स्थापना गर्ने बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बालबालिकाको उपचारलाई लक्षित गरेर २० प्रतिशत शैय्या छुट्टाउन थालिएको बताए ।

May be a cartoon of text
यो पनि पढ्नुहोस्
कोभिड खोप लगाउन जाँदा ध्यान दिनुपर्ने कुरा
६० देखि ६४ वर्ष उमेर समूहले ‘भेरोसेल’ खोप लगाउन कहाँ जाने ?
कोरोनाका १० प्रजाति, कुन कति खतरा ?
निषेधाज्ञामा बढ्दै साइबर अपराध, कसरी जोगिने ?
घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान
गुजुल्टी रहने नेपाल–भारत सम्बन्ध
असारदेखि होला त ‘लुज डाउन’ ?
काठमाडौंमै सिटामोलको चरम अभाव, आखिर किन ?
राति अबेरसम्म निद्रा लाग्दैन ? यसो गर्नुस्
‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’
‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’, कति सुरक्षित ?
काठमाडौं उपत्यकामा कतिले गरे नियम उल्लंघन, कतिलाई भयो कारबाही ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,