English

‘आत्मबल नै कोरोनाको अचूक औषधि रहेछ’



नेपालमा कोरोना संक्रमणको दर तीव्र गतिमा बढेको छ । सामान्य नागरिकदेखि चर्चित व्यक्तिसम्मलाई कोरोनाले छोडेको छैन । त्यसो त नेपाली कलाकारिता क्षेत्रमा पनि थुप्रै व्यक्तिहरु कोरोना संक्रमित बने । तिनैमध्येका एक हुन्– गायक प्रकाश सपुत । सपुतले कोरोना जितिसकेका छन् । यही सन्दर्भमा रहेर सपुतसँग मेरो लाइफस्टाइलले गरेको कुराकानी :

तपाईंलाई कोरोना कहिले पुष्टि भयो ?

मेरो नयाँ गित ‘मेरो पनि हैन र’ को सम्पादनको काम चलिरहेको बेला एकदमै शरीर दुख्ने, छटपटी हुने, चिटचिट हुने समस्या देखियो । एक दुई दिनसम्म पनि कम नभएपछि मलाई कोरोनाका शंका लाग्यो । कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो ।

लक्षणहरु के–के देखिए ?

पोजिटिभ देखिएपछिको चार दिन मलाई निकै सकस भयो । ज्वरो आएन, खोकी लागेन तर, शरीर निकै दुख्यो । छटपटी हुने, राती निन्द्रा नलाग्ने जस्ता लक्षणहरु देखिएको थियो । आत्मबल एकदम कमजोर भएको थियो । आत्मबल बलियो बनाउनु पर्छ भन्ने थाहा हुँदा हुँदै पनि मनमा एक प्रकारको डर पैदा भएको थियो ।

आइसोलेसनमा बस्दा के गरेर समय बिताउनु भयो ?

अरु बेलापनि त्यती धेरै घुम्ने, साथीभाईहरुसँग रमाउने स्वभाव मेरो छैन । काम बाहेक अरु समय म प्रायः एक्लै समय बिताइरहेको हुन्थे । पुस्तक पढेर, चलचित्रहरु हेरेर अन्य खोज मूलक कुराहरु हेरेर समय बिताउँथे । आइसोलेसनमा बस्दा पनि मैले यसरी नै समय बिताए । किताब पढिनँ तर फिल्म, सिरिजहरु चाहिँ हेरें ।

कुनै डाक्टरको सल्लाह लिनु भयो कि भएन ?

मैले कुनैपनि डाक्टरको सल्लाह लिइनँ । होम आइसोलेसनमै बसें, योगा व्यायामहरु गरेर आत्मबल एकदमै बलियो बनाएर बसें । आफ्नो ख्याल आफैं राखें प्रसस्त मात्रामा पानी पिएँ, मन नलागे पनि खाना खाएर आपूmलाई कमजोर हुन दिइनँ ।

कुन–कुन औषधिको सेवन गर्नुभयो ?

होम आइसोलसनमा बस्दा मैले औषधीहरुको सेवन पनि गरिन । दुरी कायम गर्थे, बिहान उठेर व्यायाम गर्थे । स्वाद नआए पनि प्रसस्त मात्रामा खाना र झोलिलो पदार्थहरुको सेवन गर्थें । आत्मबल बलियो र मलाई माया गर्ने शुभचिन्तकहरुको शुभेच्छाले नै औषधिको काम ग¥यो ।

मानसिक तनाव कत्तिको हुँदो रहेछ ?

मनमा अनेक किसिमको सोच आइरहने । आँत कमजोर हुने । एन्जाइटीजस्तो डर लाग्ने, म त मर्छुजस्तो लाग्ने जस्ता सोचहरु आउँथे । यो कोरोनालाई म सहजै जित्छु भने पनि मानसिक रुपमा यसले कमजोर भने बनाउने रहेछ । अत्मबल बलियो बनाउँदा बनाउँदै पनि एकप्रकारको मानसिक तनाव भएको थियो ।

डर कतिको लागेको थियो ?

मेरो परिवारमा चार जनालाई कोरोना संक्रमण भएको थियो बाबा, ममी भाई र म । अरुलाई त त्यस्तो गाह्रो भएन तर, ममीलाई धेरै गाह्रो भएको थियो । यहाँलाई अक्सिजन नै दिएर राख्नु परेको थियो । आफुलाई भन्दा पनि आमालाई गाह्रो हुँदा निकै पीडा र डर पैदा लागेको थियो ।

परिवारसँग छुटिएर बस्नु पर्दा कस्तो महसुस हुँदो रहेछ ?

सबै भन्दा पीडा परीवारसँग छुटिएर बस्नु पर्दा भएको थियो । ५ वर्षकी सानी छोरीले मलाई भेट्न खोज्दा नआउ भन्थें । परिवारले पनि बाबालाई भेट्न हुँदैन भन्दा नराम्रो लाग्थ्यो । छोरीले बाबालाई किन भेट्न हुन्न ? के भएको छ बाबालाई भन्ने प्रश्नले मन भकानिन्थ्यो ।

तपाई संक्रमित भएकै बेला ‘मेरो पनि हैन र’ गीत ट्रेन्डिङमा थियो कस्तो अनुभूति भयो ?

भर्खर गीत रिलिज भएको थियो । सकारात्मक प्रतिक्रिया आइरहेका थिए । बिरामी अवस्थामा त्यस्ता प्रतिक्रियाले अलिकति भएपनि औषधिको काम गर्ने रहेछ । मानसिक रुपमा म अलि–अलि त्यतातिर पनि बाँधिए । त्यसले गर्दा पनि म चाँडै कोरोनामुक्त भएँ कि भन्ने पनि लाग्छ ।

कोरोनालाई जित्न के–के गर्नुभयो ?

मेरो अनुभूतिमा कोरोनाले निकै गलाउँछ तर मानसिक रुपमा आफूलाई बलियो राख्न सकियो भने जितेरै छाडिन्छ । ४ रात सुत्नै सकिनँ, निकै गाह्रो भयो । खासगरी मन भूलाउन सक्नुपर्ने रहेछ । म कोरोना संक्रमित हुँ, बिरामी छु भन्ने सोचबाट आफूलाई पर लाने प्रयत्न गर्नुपर्ने रहेछ । पाँचौं दिनबाट अलि सन्चो भएको महसुस गरेँ । लाग्यो, अब मैले कोरोना जितेँ । ६ दिनपछि टेस्ट गराउँदा परिणाम पनि नेगेटिभ नै आयो । यो बेलामा मैले कोरोनालाई परास्त गर्न पहिलो कुरा त सकारात्मक सोचें, व्यायाम गरें, पर्याप्त पानी पिएँ, प्रशस्त झोलिलो कुरा खाएँ ।

यो पनि पढ्नुहोस्
चलचित्र प्राविधिकहरुको एउटै स्वर : ‘दैनिकी चलाउनै गाह्रो भो’
डा. भोला रिजालको नजरमा पढ्नै पर्ने ५ पुस्तक
‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’
संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?
आत्मानुशासन नै कोरोनाको औषधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

Latest










Popular
Suggested