English

नयाँ भेरियन्टबारे विज्ञको यस्तो सुझाव



नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ ।

वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिवार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?’ विषयक छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा. सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्टि भएकाले सजग हुन आह्वान गरे ।

सामान्य स्वास्थ्य समस्या आउँदैमा कोभिड होइन किन जाँच गर्ने भनेर नबसी स्वास्थ्य जाँच गरी ढुक्क हुनुपर्ने उनले बताए । ढिला अस्पताल पुग्ने बिरामीलाई बचाउन अप्ठ्यारो भएकाले स्वास्थ्य सतर्कता अपनाउन दासले अनुरोध गरेका हुन् । सबै ज्वरोलाई कोभिड नै ठानेर परीक्षण गर्नुपर्ने सुझाव चिकित्सकको छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने चिकित्सकको अनुभव छ ।

छ दिनभन्दा बढी ज्वरो आए घरमा नबसी तत्काल चिकित्सककहाँ जान चिकित्सकले सुझाव दिएका छन् । दोस्रो लहर अझै १० दिनसम्म रहनसक्ने दासको भनाइ छ । दोस्रो चरणमा धेरैलाई निमोनिया भइरहेको छ ।

पहिलो चरणमा कोरोनाले युवालाई फरक पर्दैन भनी बेवास्ता गरेकामा दोस्रो चरणमा धेरै युवालाई समातिरहेको छ । बालबालिका पनि प्रभावित हुन थालेका छन् । अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । बिरामीले आफैँ औषधि किनेर खाने नगरी चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव दासले दिएका छन् ।

जनसङ्ख्याको ७० प्रतिशतभन्दा बढी नागरिकलाई खोप नलगाएसम्म स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सुझाव उनको छ । प्रशस्तमात्रामा सुत्न, यथेष्ट मात्रामा पानी पिउन पनि उनले सल्लाह दिएका छन् । छ दिनभन्दा बढी ज्वरो आए घरमा नबसी तत्काल चिकित्सककहाँ जान चिकित्सकले सुझाव दिएका छन् । दोस्रो लहर अझै १० दिनसम्म रहनसक्ने दासको भनाइ छ । दोस्रो चरणमा धेरैलाई निमोनिया भइरहेको छ ।

कार्यक्रममा पूर्व मुख्यसचिव एवं सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेल, अभियानकर्मी राजकुमार भट्टराईलगायतले आम मानिसमा चेतना जागृत गर्न जुम प्रविधिका माध्यमबाट साप्ताहिकरूपमा कार्यक्रम आयोजना गरिएको बताए । महाअभियानले प्रत्येक दिन बिहान साढे छ बजेदेखि एक घण्टासम्म कोरोनाबाट बच्न सहयोग पुग्ने प्राणायाम, योगासनलगायत साधनासमेत गराइरहेको छ ।

यो पनि पढ्नुहोस्
डा. भोला रिजालको नजरमा पढ्नै पर्ने ५ पुस्तक
‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’
संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?
आत्मानुशासन नै कोरोनाको औषधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

Latest










Popular
Suggested