‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’



डा. प्रमोदकुमार क्षेत्री, मिर्गाैला रोग विशेषज्ञ, नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल, जोरपाटी

कोरोनाको पहिलो लहरले संसारभरका धेरै मानिसहरुलाई मृत्युको मुखमा पुर्यायो । उपलब्ध तथ्यांक केलाउँदा संसारभर मर्नेको संख्या दोस्रो विश्वयुद्ध भन्दा बढी पाइएको छ । कोरोना विरुद्धको अभियानमा खोप पनि निर्माण भयो । खोप लगाइएको छ । तर कोरोनाको प्रभाव र वृद्धिमा खासै कमी आएको छैन ।

वैज्ञानिकहरु सोच्छन् कि हामी कोरोनालाई ठेगाना लगाएर छोड्छौ । कोरोना पनि कहाँ कम छ र ठाउँअनुसार आफू अनुकुल हुने गरी आणुवांशिक परिर्वतन गर्दै झन् बलियो रुपमा प्रस्तुत भइरहेको छ । उसले आफ्नो वंशलाई निरन्तरता दिइरहेको छ ।

त्यसो त विश्व फेरि कोरोना महामारीको दोस्रो लहरको चपेटामा छ । दिन दिनै मर्नेको संख्या बढीरहेको छ । सर्वत्र हाहाकार छ । एउटै आवाज अक्सिजन छैन, बेड छैन, भेन्टिलेटर छैन त कतै औषधि छैन । त्यसैले यसपटक पनि संसारभर कतिले मृत्युवरण गर्ने हुन् अनुमान लगाउन गाह्रो छ ।

यसबारेमा हामीले गम्भीर भएर सोच्ने बेला भएको छ । कोरोना कस्तो रोग होला ? यसबाट संक्रमित बिरामीको उपचारमा अक्सिजन नभई नहुने अर्थात अक्सिजन नै प्रमुख उपचार । हामीले कयौँ रोगहरु देखेका र उपचार गरेका छौँ । जहाँ अक्सिजन नभएर मृत्युवरण गर्नुपर्ने अवस्था कमै आउँछ । त्यसैले यो कोरोना र अक्सिजन बिच के कस्तो प्रगाढ नाता सम्बन्धहरु रहेको हामीले सोच्ने बेला आएको छ ।

साथै, अझै तेस्रो लहर आउने हो कि भन्ने आशंका पनि छ । विकसित मुलुक अमेरिकाले करिव ७० प्रतिशत नागरिकलाई खोप लगाई सुरक्षाको प्रत्याभूती गराएको छ । त्यस्तै चीनले आफ्नो दक्षता र क्षमताको प्रयोगले कोरोना नियन्त्रण राखि विश्वमा नै एउटा ज्वलन्त उदाहरण कायम गरेको छ । राहत सामग्री उपलब्ध गराउनुको साथै खोप र कोरोना उपचार सबन्धित सामाग्री बिक्री समेत गरिरहेको छ ।

त्यसैले यसबारेमा हामीले गम्भीर भएर सोच्ने बेला भएको छ । कोरोना कस्तो रोग होला ? यसबाट संक्रमित बिरामीको उपचारमा अक्सिजन नभई नहुने अर्थात अक्सिजन नै प्रमुख उपचार । हामीले कयौँ रोगहरु देखेका र उपचार गरेका छौँ । जहाँ अक्सिजन नभएर मृत्युवरण गर्नुपर्ने अवस्था कमै आउँछ । त्यसैले यो कोरोना र अक्सिजन बिच के कस्तो प्रगाढ नाता सम्बन्धहरु रहेको हामीले सोच्ने बेला आएको छ ।

चेक ब्यालेन्स — यो सिद्धान्त सबै क्षेत्रमा लागु हुन्छ । हाम्रो गतिविधिले पृथ्वीलाई असहज भएमा पृथ्वीले पनि बदलास्वरुप हामीलाई सजाय दिन सक्छ । कतै कोरोना महामारीबाट अत्याधिक मृत्युवरण यसकै नतिजा त होइन ? सोचौं ।

आज विज्ञानको चमत्कारले गर्दा विश्वको सबै कुना काप्चामा मानिसहरु सहजै पुग्न सक्ने भए । पृथ्वी अत्तिक्रमित हुन थाल्यो । पृथ्वी मात्र नभएर मंगल ग्रह चन्द्र ग्रहमा समेत मानव जातीको सम्भावना सम्बन्धि खोज भइरहेका छन् । यो कस्तो विकास हो ? बढ्दो मानव अत्तिक्रमणले विभिन्न समस्या निम्ताउँछ । मानिस र वातावरण बिचको सन्तुलनमा दखल पु¥याउँछ । यस्ता गतिविधिले गर्दा भइरहेको समस्या र भावी पुस्तालाई पर्न सक्ने समस्या बारे कस्ले सोच्ने ?

चेक ब्यालेन्स — यो सिद्धान्त सबै क्षेत्रमा लागु हुन्छ । हाम्रो गतिविधिले पृथ्वीलाई असहज भएमा पृथ्वीले पनि बदलास्वरुप हामीलाई सजाय दिन सक्छ । कतै कोरोना माहामारीबाट अत्याधिक मृत्युवरण यसकै नतिजा त होइन ? सोचौं ।

बढ्दो औद्योगिकरणले गर्दा अत्याधिक मात्रामा कार्बनडाईअक्साइड उत्सर्जन भइरहेको छ । हाम्रो वायुमण्डलमा कम मात्रामा हुनुपर्ने कार्बनडाइअक्साइड बढी छ भने बढी हुनुपर्ने अक्सिजन कम छ । आजका हाम्रा क्रियाकलाप र गतिविधिले घर, गाउँ, टोल, छरछिमेक सबै फोहोर र प्रदुषित भएका छन् । कतै सास फेर्नको लागी खुला पार्क पनि खोज्नुपर्ने स्थिती छ । मानिसले आफूलाई निकै चलाख ठानिरहेको हुन्छ । तर प्रकृति मानिसभन्दा कयौँ गुणा चलाख छ ।

प्राचीन इतिहास हेर्दा चौथो जातीहरुको लोप नै भएको पनि पाइन्छ । यसर्थ माथि उल्लेखित पञ्च महाभुतहरुमा नकारात्मक असर पर्ने काम मानव जातीबाट हुन भएन । यसको संरक्षणलाई सबैजना आजैबाट लागि पर्नु पर्ने देखिन्छ ।

प्रकृतिले आफ्नो सफाई आफैं गरि छाड्छ । हामीलाई कोठा भित्र राखेर वा सवारी साधन सञ्चालनमा रोक लगाएर आफ्नो सफाई गरेर छोड्छ । यिनै मानव गतिविधिले आज कोरोना र कोरोनाका जातिहरुले मानिसको ज्यान लिइरहेको छ । त्यस्तै भोलिका दिनमा पानी प्रदुषित भएर वा वायु प्रदुषित भएर मानिसहरुले जीवन गुमाउनु पर्ने अवस्था आउन सक्नेछ ।

हाम्रो प्राचिन ग्रन्थ वेदमा उल्लेख छ कि मानव अस्तित्व पञ्चमहाभुत पृथ्वी, जल, तेज, वायु र आकाशको संयोजकले बनेको हुुन्छ । उपयुक्त कुराहरु स्वच्छ र सफा हुनु स्वास्थ्य जीवनको लागि अनिवार्य छन् । यिनिहरुमा लगातार नकारात्मक प्रभाव पर्ने काम भएमा मानव अस्तित्व नै समाप्त भएर जाने संभावना हुन्छ ।

प्राचीन इतिहास हेर्दा चौथो जातीहरुको लोप नै भएको पनि पाइन्छ । यसर्थ माथि उल्लेखित पञ्च महाभुतहरुमा नकारात्मक असर पर्ने काम मानव जातीबाट हुन भएन । यसको संरक्षणलाई सबैजना आजैबाट लागि पर्नु पर्ने देखिन्छ । यसबाट नै हाम्रा भावी पुस्ताको अस्तित्व कायम राख्न सहयोग मिल्ने छ । कता–कता कोरोनाले हामीहरुलाई यिनै कुराहरु सिकाउन खोज्दै छ कि जस्तो लाग्छ ।

त्यसैले पञ्च महाभुतहरुमा नकारात्मक असर पर्ने गतिविधहरु तत्काल रोकौँ । पृथ्वीलाई स्वच्छ र सफा राख्न जथाभावी फोहोर नफाल्ने, प्लास्टिक प्रयोग नगर्ने, विषादी प्रयोग नगर्ने र उद्योग धन्दाबाट निस्केका विषाक्त फोहोर मैलाको उचित व्यवस्था अनिवार्य छ ।

वायुमा कार्बनडाइअक्साईडको मात्रा बढ्दो छ । यो स्वस्थका हिसाबले हानिकारक छ । यो नै पृथ्वीको तापक्रम बढ्नुको मुख्य कारणका रुपमा रहेको छ । यो भावी पुस्ताको लागि ठुलो चुनौती हो ।

हाम्रो सनातन धर्म र परम्परा अनुसार जललाई गंगा माताका रुपमा हेरिन्छ । त्यस अनुसार पानी पोखरी नदी नालाहरुमा फोहोर गर्न सक्त मनाही छ । तर आज घर–घरका ढल, उद्योग कल कारखानाबाट निस्केको दुषित फोहोर, अन्य फोहोर सिधा नदीमा मिसाइन्छ । हावामा अक्सिजन उचित मात्रामा हुन जरुरी छ ।

तर, वायुमा कार्बनडाइअक्साईडको मात्रा बढ्दो छ । यो स्वस्थका हिसाबले हानिकारक छ । यो नै पृथ्वीको तापक्रम बढ्नुको मुख्य कारणका रुपमा रहेको छ । यो भावी पुस्ताको लागि ठुलो चुनौती हो ।

आकाश वायुमण्डल स्वच्छ र सफा हुनुपर्दछ । आकाश हेर्दा सफा निलो देखिनु पर्दछ अहिले यस्तो देखिदैन । डाँडाकाँडा पनि प्रदुषणले गर्दा प्रस्ट देख्न सकिँदैन । वायुमण्डल सफा राख्न पुन पृथ्वी, जल, वायु सबैलाई स्वच्छ राख्न प्रदुषण रोक्नै पर्दछ ।

अब हाम्रो प्रकृति र मानव अस्तित्व कसरी बचाउने ?

१. अक्सिजन बढी उत्पादन हुने क्रियाकलाप जस्तै घर आँगन, कौँसी र कुनै खुल्ला ठाँउमा वृक्षारोपण गरेपछि हरियाली बढ्ने छ र फलस्वरुप यथस्ट मात्रामा अक्सिजन पाइने छ ।

२. कार्बनडाइअक्साईड उत्सर्जन कम गर्ने । बढ्दो उद्योग धन्दाले गर्दा वर्षेनी वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढी रहेको छ । यस्ता विभिन्न नकारात्मक असर मध्येको एक पृथ्वीको बढ्दो तापक्रम पनि हो । औद्योगिक केन्द्रहरुले कार्बडाइअक्साइड उत्सर्जन कम हुने योजना तत्काल लागू गर्न पर्दछ ।

३. घर आँगन, टोल छिमेक र सार्वजनिक स्थलहरु सफा राख्नुपर्छ ।

४. हाम्रा पुर्खाहरुले जस्तै हामीहरुले पनि पानीको स्रोत र पानी संकलन हुने कुनै पनि ठाँउमा फोहोर मैला हुनबाट जोगाउँ । जललाई गंगा माताको रुपमा सम्मान गरौं अनि पानी सफा राख्न सकिन्छ ।

५. साइकल लेन बनाउने, पैदल यात्रुलाई प्रोत्साहन गर्ने सौर्य उर्जाबाट सञ्चालन हुने सवारी साधन प्रोत्साहन गर्ने सिमित मात्रामा मात्र सवारी साधन चलाउने र उद्योग धन्दाबाट निस्कने धुवा धुलोको उचित व्यवस्थापन गर्ने ।

६. खुल्ला वातावरणमा बस्ने एकै ठाँउमा धेरै जना नबस्ने । सम्भव भए सम्म अलग कोठामा बस्ने । घर निर्माण गर्दा घर वरपर प्रसस्त जमिन खाली राखेर वृक्षारोपण गर्ने । कतै खाली ठाउँ भए वृक्षारोपण गर्ने र पार्क बनाउने ।

७. आध्यात्मिक विचार, सकारात्मक सोच, सहयोगी भावनाको विकास गर्ने ।

८. यसरी भावी पुस्ताको अस्तित्व जोगाउन अहिले देखि नै जुटौ । अन्यथा कोरोना जस्तै अरु नै माहामारीले पछि फेरि सताउनेछ ।

यो पनि पढ्नुहोस्

‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’

संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जब वर्षामास सुरु हुन्छ । तब, राजमार्गमा यात्रा गर्नेहरुको मन अतालिन्छ । अझै सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबाको फेदी छिचोल्न

कोरोनाको दोस्रो लहरको निषेधाज्ञा अहिले जारी छ । केही खुकुलो गरिएपनि पूर्ण रुपमा सबै कुरा सञ्चालनमा आउन सकेका छैनन् ।

काठमाडौं उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा बढाइएको छ । उपत्यकाका तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको

मनाङको नासों गाउँपालिकाको बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय पुग्न सकेको छैनन् । यही असार १ गतेदेखि परेको अविरल वर्षाका