English

संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?



यतिबेला नेपालमा कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाउने क्रम जारी छ । भेरोसेल तथा कोभिसिल्ड को पहिलो मात्रा लगाएका कतिपय मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसो त कोरोना संक्रमित र संक्रमणमुक्त भएकाले भेरोसेल अर्थात अन्य कोरोनाको खोप लगाउनु हुन्छ कि हुँदैन ? वा संक्रमण मुक्त भएको कति समयपछि खोप लगाउनु पर्छ ? भन्ने बारे आममानिस अन्योलमा छन् । यसैबारे प्रष्ट हुन ह्याम्स अस्पतालकी कन्सल्टेन्ट फिजिसियन सुरभी पाण्डेको सुझाव यस्तो छ :

सक्रिय संक्रमितले कोरोना खोप लगाउनु हुँदैन ?

सक्रिय संक्रमितले कोरोनाको कुनैपनि खोप लगाउनु हुँदैन । अहिलेको खोपमा मरिसकेको कोरोना भाइरसलाई राखिएको हुन्छ । त्यही लगाउने हो । त्यसले शरीरमा इम्युनिटी पावर बढाउन मद्धत गर्छ । एक्टिभ इन्फेक्सन भइरहेको बेलामा एन्टिबडी विकास भइरहेको हुन्छ । यस्तो बेलामा खोप दिनु उचित हुँदैन । त्यसैले सक्रिय संक्रमितले खोप लगाउनु हुँदैन ।

कोरोना निको भएको २ हप्ता भित्र खोप लगाउने

कोरोना संक्रमित निको भएपछि जति सक्दो छिटो लगाउँदा राम्रो हुन्छ । सिडिसीको गाइडलाइन अनुसार कोरोना संक्रमण निको भएपछि लगाउनु राम्रो मानिएको छ ।

खोप लगाएकाहरु कतिको सुरक्षित ?

अहिलेको खोपहरु ७९ प्रतिशतसम्म प्रभावकारी छन् । २ वटा खोप लगाइसकेका मानिसमा १ महिनापछि एन्टिबडी विकास भएको देखिन्छ । त्यस कारण कोभिड लागे पनि ज्वरो आउने, खोकी लाग्ने, निमोनिया भएर अक्सिजन चाहिने, आइसियू वा भेन्टिलेटरमा लगेर उपचार गर्नुपर्न अवस्था एकदमै कम छ । अझै खोप लगाएका कतिपयलाई त कोभिडको लक्षण पनि देखिएको छैन ।

प्लाज्मा लिएकाले ९० दिनपछि खोप लगाउने

यदि कोही बिरामीले प्लाज्मा लिएर कोरोना संक्रमण निको भएको छ भने उनीहरुले ९० दिन अर्थात ३ महिनापछि मात्र कोभिड भ्याक्सिन लगाउनुपर्छ । किनभने तीन महिनासम्म उनीहरुको शरीरमा एन्टिबडी विकास भइरहेको हुन्छ । त्यतिबेला खोप लगाउनु र नलगाउनुको कुनै अर्थ रहँदैन ।

यो पनि पढ्नुहोस्

‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’

संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested