संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?



यतिबेला नेपालमा कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाउने क्रम जारी छ । भेरोसेल तथा कोभिसिल्ड को पहिलो मात्रा लगाएका कतिपय मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसो त कोरोना संक्रमित र संक्रमणमुक्त भएकाले भेरोसेल अर्थात अन्य कोरोनाको खोप लगाउनु हुन्छ कि हुँदैन ? वा संक्रमण मुक्त भएको कति समयपछि खोप लगाउनु पर्छ ? भन्ने बारे आममानिस अन्योलमा छन् । यसैबारे प्रष्ट हुन ह्याम्स अस्पतालकी कन्सल्टेन्ट फिजिसियन सुरभी पाण्डेको सुझाव यस्तो छ :

सक्रिय संक्रमितले कोरोना खोप लगाउनु हुँदैन ?

सक्रिय संक्रमितले कोरोनाको कुनैपनि खोप लगाउनु हुँदैन । अहिलेको खोपमा मरिसकेको कोरोना भाइरसलाई राखिएको हुन्छ । त्यही लगाउने हो । त्यसले शरीरमा इम्युनिटी पावर बढाउन मद्धत गर्छ । एक्टिभ इन्फेक्सन भइरहेको बेलामा एन्टिबडी विकास भइरहेको हुन्छ । यस्तो बेलामा खोप दिनु उचित हुँदैन । त्यसैले सक्रिय संक्रमितले खोप लगाउनु हुँदैन ।

कोरोना निको भएको २ हप्ता भित्र खोप लगाउने

कोरोना संक्रमित निको भएपछि जति सक्दो छिटो लगाउँदा राम्रो हुन्छ । सिडिसीको गाइडलाइन अनुसार कोरोना संक्रमण निको भएपछि लगाउनु राम्रो मानिएको छ ।

खोप लगाएकाहरु कतिको सुरक्षित ?

अहिलेको खोपहरु ७९ प्रतिशतसम्म प्रभावकारी छन् । २ वटा खोप लगाइसकेका मानिसमा १ महिनापछि एन्टिबडी विकास भएको देखिन्छ । त्यस कारण कोभिड लागे पनि ज्वरो आउने, खोकी लाग्ने, निमोनिया भएर अक्सिजन चाहिने, आइसियू वा भेन्टिलेटरमा लगेर उपचार गर्नुपर्न अवस्था एकदमै कम छ । अझै खोप लगाएका कतिपयलाई त कोभिडको लक्षण पनि देखिएको छैन ।

प्लाज्मा लिएकाले ९० दिनपछि खोप लगाउने

यदि कोही बिरामीले प्लाज्मा लिएर कोरोना संक्रमण निको भएको छ भने उनीहरुले ९० दिन अर्थात ३ महिनापछि मात्र कोभिड भ्याक्सिन लगाउनुपर्छ । किनभने तीन महिनासम्म उनीहरुको शरीरमा एन्टिबडी विकास भइरहेको हुन्छ । त्यतिबेला खोप लगाउनु र नलगाउनुको कुनै अर्थ रहँदैन ।

यो पनि पढ्नुहोस्

‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’

संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई