आत्मानुशासन नै कोरोनाको औषधि



कोरोनाको दोस्रो लहरले अधिकांश जिल्लाहरु निषेधाज्ञा जारी गरिएको छ । जसको प्रत्यक्ष प्रभाव सामान्य नागरिकदेखि सेलिब्रेटी छवि बनाएका व्यक्तिहरुमा समेत परेको छ । अधिकांश समयमा व्यस्त रहने कलाकार पनि घरमै बस्न बाध्य छन् । निषेधाज्ञामा घरमै बसेर कसरी दिन बिताइरहेका छन् त ? यसै सन्दर्भमा गायक महेश काफ्लेसँग मेरो लाइफस्टाइलले गरेको कुराकानीः

निषेधाज्ञामा कसरी दिन बिताइरहनु भएको छ ?

गीत सुनेर, फिल्महरु हेरेर समय बितेको छ ।

कोरोना संक्रमणदेखि कतिको डर लागेको छ ?

डर लाग्छ सबैलाई कोरोना भएको सुनिन्छ । कोरोना संंक्रमणले मर्नेको संख्या दिनदिनै बढ्दै छ । त्यसैले परिवार र साथीभाईको चिन्ता लाग्छ ।

संक्रमणबाट बच्नका लागि कस्तो उपाय अपाउनु भएको छ ?

घर बाहिर निस्केको र कसैलाई भेटेको छैन । निषेधाज्ञाको पूर्ण रुपमा पालना गरेको छु । अतिआवश्यक काममा बाहिर निस्किन पर्यो भने मास्क, स्यानिटाइजर, सामाजिक दूरी कायम गर्ने गरेको छु ।

कोरोनाबाट बच्न तपाईंको सुझाव के छ ?

कोरोनाबाट बच्नका लागि आत्मानुशासन आवश्यक छ । अरुका लागि होइन आफ्नो लागि अनुशासित भएर सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । दैनिकी रुपमा यसलाई व्यवहारमा लागू गरेर अनुशासित भएर स्वास्थ्य सुरक्षा अपनाउन सुझाव दिन्छु ।

घरमै बसेर कसरी दिन बिताउन सकिन्छ ?

अहिलेको अवस्थामा मान्छेलाई मानसिक स्वास्थ्य एकदमै आवश्यक छ । त्यसकारण घरमा जे गर्दा खुशी मिल्छ त्यही काम गर्न सकिन्छ । घरमै बसेर उत्पादनमूलक र सिर्जनात्मक काम गर्दा राम्रो हुन्छ । जस्तैः पुस्तकहरु पढ्ने, फिल्म हेर्ने, गीत सुन्ने, परिवारसँग रमाइलो गेरेर समय बिताउने ।

यो पनि पढ्नुहोस्
डा. भोला रिजालको नजरमा पढ्नै पर्ने ५ पुस्तक
‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’
संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

अहिले धेरैजसो मानिसहरू आफूलाई सुन्दर देखाउन विभिन्न कुराहरूको प्रयोग गर्छन् । धेरैले घरेलु उपाय अपनाउने गर्छन् भने धेरैले चलन अनुसार