English

आत्मानुशासन नै कोरोनाको औषधि



कोरोनाको दोस्रो लहरले अधिकांश जिल्लाहरु निषेधाज्ञा जारी गरिएको छ । जसको प्रत्यक्ष प्रभाव सामान्य नागरिकदेखि सेलिब्रेटी छवि बनाएका व्यक्तिहरुमा समेत परेको छ । अधिकांश समयमा व्यस्त रहने कलाकार पनि घरमै बस्न बाध्य छन् । निषेधाज्ञामा घरमै बसेर कसरी दिन बिताइरहेका छन् त ? यसै सन्दर्भमा गायक महेश काफ्लेसँग मेरो लाइफस्टाइलले गरेको कुराकानीः

निषेधाज्ञामा कसरी दिन बिताइरहनु भएको छ ?

गीत सुनेर, फिल्महरु हेरेर समय बितेको छ ।

कोरोना संक्रमणदेखि कतिको डर लागेको छ ?

डर लाग्छ सबैलाई कोरोना भएको सुनिन्छ । कोरोना संंक्रमणले मर्नेको संख्या दिनदिनै बढ्दै छ । त्यसैले परिवार र साथीभाईको चिन्ता लाग्छ ।

संक्रमणबाट बच्नका लागि कस्तो उपाय अपाउनु भएको छ ?

घर बाहिर निस्केको र कसैलाई भेटेको छैन । निषेधाज्ञाको पूर्ण रुपमा पालना गरेको छु । अतिआवश्यक काममा बाहिर निस्किन पर्यो भने मास्क, स्यानिटाइजर, सामाजिक दूरी कायम गर्ने गरेको छु ।

कोरोनाबाट बच्न तपाईंको सुझाव के छ ?

कोरोनाबाट बच्नका लागि आत्मानुशासन आवश्यक छ । अरुका लागि होइन आफ्नो लागि अनुशासित भएर सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । दैनिकी रुपमा यसलाई व्यवहारमा लागू गरेर अनुशासित भएर स्वास्थ्य सुरक्षा अपनाउन सुझाव दिन्छु ।

घरमै बसेर कसरी दिन बिताउन सकिन्छ ?

अहिलेको अवस्थामा मान्छेलाई मानसिक स्वास्थ्य एकदमै आवश्यक छ । त्यसकारण घरमा जे गर्दा खुशी मिल्छ त्यही काम गर्न सकिन्छ । घरमै बसेर उत्पादनमूलक र सिर्जनात्मक काम गर्दा राम्रो हुन्छ । जस्तैः पुस्तकहरु पढ्ने, फिल्म हेर्ने, गीत सुन्ने, परिवारसँग रमाइलो गेरेर समय बिताउने ।

यो पनि पढ्नुहोस्
डा. भोला रिजालको नजरमा पढ्नै पर्ने ५ पुस्तक
‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’
संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested