English

दुर्योधन र बडा दशैंको आर्शिवाद को अलमल !



‘आयू द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने, मानञ्च दर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे’

दशैंमा टिका थाप्न जाँदा मान्यजनहरुबाट टिका लगाउदै पुरषवर्गलाई दिने आशिर्वाद दुर्योधनको मान झै मान मिलोस् भन्ने कुराले शंकाहरु उठ्न थाले । महाभारतको पात्रमा प्रमुख खलनायक बनाइएका दुर्योधनकै नाम लिएर आर्शिवाद किन प्रदान ?

आँखा नदेख्ने तर सुन्न वोल्न सक्ने धृतराष्ट्रको कारणले राजा नबनाएकोमा उनको चित्त दुखाई थियो । शासक सुन्ने मात्र भए शासन व्यवस्था चल्न सक्तैन र सुन्ने र देख्ने दुवै गुण भएको शासक चाहिने मान्यताकै आधारमा गद्दी पाएनन् भलै पाण्डवको मृत्यु पछि पाए । पाण्डव जिवित हुंदा नपाउने तर निधनपछि धृतराष्ट्र किन राजा बनाइए ? युधिष्टरलाई किन बनाइएनन् राजा ? किन उनलाई युवराज घोषणा गरियो धृतराष्ट्रको उत्तराधिकारीको रुपमा ।

कौरव र पाण्डवको पक्षको शक्ती सन्तुलनको हिसावले धृतराष्ट्र राजा र युवराज युधिष्टर बनाइए ! कौरवको शक्ति विशाल थियो ? युवराज युधिष्टिर–तर मान सम्मानमा दुर्योधन माथी किन ? मान सम्मान खाली बाबुराजा भएका नाताले मात्र कि उनमा पनि केही सार्मथ्य र गुण थियो ? भिमसेनप्रति दुराग्रह, युवराजको पगरी युधिष्टरले लगेकोमा झोंक र इष्र्या, लाक्षगृहको काण्ड, जुवाकाण्ड, द्रौपदीको चिरहरण, विराट युद्धमा पराजय, द्रौपदीको स्वयंवरमा पराजित, इन्द्रप्रस्थको चकाचौंध विकासको डाहा, विदुर, भिष्म, द्रोणाचार्य प्रति असम्मानको भाव हुंदा हुदैं पनि उनी हिन्दु धर्मावलम्वीको आशिर्वादको तत्व हुनुमा के कारण ?

महाभारतको युद्धमा वहुमत राजाहरु दुर्योधनको पक्षमा, नकुल सहदेवको शल्य मामा पनि दुर्योधनको पक्षमा । आमा आँखामा पट्टी बाध्ने– बाबु जन्मजात आँखा नदेख्ने, शकुनी जस्तो कुसाग्र बुद्धि भएको व्यक्ति मामा । यिनै परिवेशभित्र हुर्केका दुर्योधन युवराज बने । राजा धृतराष्ट्र भए पनि सम्पूर्ण राजकीय शक्ति आफ्नो हातमा केन्द्रित गरे । तत्कालिन अवतार लिला पुरुष उनको विपक्षमा, भिष्म, द्रोणाचार्यको नुनको सोझो मात्र, महामन्त्री विदुर हस्तीनापुरको तर मन सधैं पाण्डवको पक्षमा ।

महाभारत पढ्दा लाग्छ कुन्तीपुत्र हुँ भन्ने कर्णले थाहा पाए पछि उनको युद्ध पनि गुण तिर्नेमा सिमित रह्यो । दुर्योधन जस्तो मान पाउन के गर्नु पर्ने हो आशिर्वाद थाप्नेले । तत्कालिन राजा महाराजाले मान सम्मान दिएर नै त मानको मामिलामा महाभारतका पात्र कृष्ण, अर्जुन, यूधिष्टिर लगायत उनी भन्दा तल नै भए नत्र लोकले दर्शै जस्तो पर्वमा विजयादशीमा जमरा सहित टिका थाप्दा किन त्यो श्लोक भट्याउँछन् मान्यजन ।

उनको बारेमा धेरै खोतल्नु छैन, मृत्युको सम्मुख पर्दा कृष्णसँगको वार्ता पढ्दा अझ आकर्षित गर्यो । हस्तीनापुर भन्ने देश भिष्म, द्रोण, कृपाचार्य, कर्ण स्वयं दुर्योधनको कारण र पाण्डवको बनबासको अवस्थाले दुर्योधन त्यतिखेरको राजाहरुमा युवराज मात्र भए पनि सवैभन्दा शक्तिशाली, प्रखर गदाधारी, कृष्णको विरोधी धुरको नेता भएकै कारणले सम्मानित भएका हुनकी ? राज्यको ढुकुटी जनजनमा बाड्ने, कर्णलाई राजा नै बनाउने उदार हृदयको, शत्रु भनेपछि मित्रताको हात नबढाउने, सम्झौता र आत्मसर्पण नगर्ने भएकाले आर्शिवादमा उनको सम्मानमा श्लोक रचिएको हो कि ?

दक्षिण भारतमा केरलाको कोलाम जिल्लामा उनको पूजा गर्ने मन्दिर छ । त्यस्तै उत्तराखण्डको कुमाउ क्षेत्र ओसलामा उनको मन्दिर छ, त्यहाँ पुजिन्छन् उनी । सुदपुत्रलाई मित्र बनाउने दुर्योधन जातीपाति भन्दा माथी उठेका छन् भन्ने पनि मत छ । गढवाल क्षेत्रमा मन्दिर हुनुले खस आर्यमा त्यो श्लोक प्रचलित भएको हो कि ? जिज्ञासा जिज्ञासा नै जागेको छ यस सन्दर्भमा ।

शिखण्डीलाई अघि लगाएर भिष्मको हत्या गरायौ, युधिष्टरलाई झुठ बोल्न लगाई ध्यानमग्न निहत्था द्रोणको वध धृष्टधुम्नबाट गरायौं, कर्णको कपट पूर्वक अर्जुनबाट वध गरायौं, सिन्धुराजको छलले हत्या गरायौं, तिमीबाट नीति, र धर्मको कुरा सुहाउँदैन ।

कर्णको युद्धमा मृत्यु पछि कृपाचार्यले पुनः सम्झौता र युद्धविरामको सल्लाह दिदा दुर्योधनले भनेका छन् । हामी कायरहरु होइनौ विरतापूर्वक लडनु नै कर्तव्य हो भन्ने विचार रखेको देखिन्छ । कृष्णको इसारामा पाँच भाइको उपस्थितिमा एक्लो दुर्योधनसँग–भीमको गदायुद्धमा गदा युद्धको नीति विपरित जाँघमा हानेर मृत्युको मुखमा पुर्याएको कुरा महाभारतमा भेटिन्छ । मृत्यु तुल्य दुर्योधनको शिरमा भीमले लात हान्दा रोक्ने कोही भएन । कृष्णलाई मृत्युको सम्मुखमा घायल शरिरले गाली गरेका थिए । दुर्योधनले भनेका थिए, ‘तिम्रा बाबु कंशको नोकर हुन्, तिम्रै इसारामा जाँघमा नीति विरुद्ध भीमलाई हान्न इसारा गरेका थियौ । शिखण्डीलाई अघि लगाएर भिष्मको हत्या गरायौ, युधिष्टरलाई झुठ बोल्न लगाई ध्यानमग्न निहत्था द्रोणको वध धृष्टधुम्नबाट गरायौं, कर्णको कपट पूर्वक अर्जुनबाट वध गरायौं, सिन्धुराजको छलले हत्या गरायौं, तिमीबाट नीति, र धर्मको कुरा सुहाउँदैन ।’

हुन त युद्धमा दुवैतर्फबाट उत्तिकै छलकपटको नमुना अभिमन्युको बधलाई लिन सकिन्छ । मैले दुर्योधनलाई महान, तपस्वी, त्यागी भन्न खोजको होइन । किन त्यो श्लोक रचियो, त्यसको खोजी गर्ने की ? भन्ने मनमा उठेका सवाल हुन । द्रोपदीको चिरहरण लज्जाको, मानव जगतको कलंक हुदा हुदै पनि किन उनको मनको सट्टा कृष्ण, अर्जुन, युधिष्टरहरुको नाम आएन, के कारणले आएन भन्ने जिज्ञासा हो । श्लोक वाचनको विरोध पनि होइन, आर्शिवादको कारण थाहा पाएर आर्शिवाद थाप्नु अर्कै मज्जा हुन्थ्यो कि ?

कृष्णप्रति दुर्योधनको अनास्था देखिन्छ । तर इश्वरप्रति आस्थावान नै रहेका छन् । कृष्ण भगवानको अवतारको रुपमा वेदव्यास, भीष्म, विदुर लगायतलाई ज्ञान भए पनि त्यो प्रचार थिएन र शक्तिशाली पुरुषको रुपमा ख्याती थियो । जब बेदव्यासले महाभारत लेखे त्यस पछाडि कृष्णको उचाई भगवानको अवतारको रुपमा भयो ।

आफूले गरेको क्रियाकलाप गलत या सहि होस् त्यसको विवेचना गरेनन् दुर्योधनले । निरन्तर आफ्नो मिशनमा लागिराखे । पाण्डवहरुलाई लखेटी रहे । उनीहरुप्रति वितृष्णा पाली राखे । राज्य अंश लगाउने होइन । राज्य राज्य नै हो । राज्यको एकीकृत स्वरुपलाई दुर्योधनले मान्यता दिएको आभाष हुन्छ । स्वर्गको कल्पनालाई सत्य मान्ने हो भने पाण्डवहरु नर्कमा र धर्मराजले नर्क हेर्नु पर्ने, दुर्योधन स्वर्गमा पुग्नुलाई लडाईमा मृत्यु वरण मात्र कारण हो त ?

बदला, प्रतिशोध, न्याय, अन्याय, सत्य–असत्य, छलकपट र षडयन्त्रको त्यो कालमा दुर्योधन एउटा शिविर थियो । अर्को शिविर पाण्डवहरुको थियो । तत्कालिन चाणक्य एकातर्फ शकुनी र अर्कोतर्फ कृष्ण थिए । यिनै पृष्ठभूमीबीच गिता जस्तो महत्वपुर्ण जीवनपरक काव्यको जन्म हुन पुग्यो । तर बडादशैमा लगाउने टिकामा सम्मान स्वरुप दुर्योधनलई सम्मान गर्दै श्लोक मार्फत दुर्योधनको मान जस्तै मान मिलोस भन्ने अर्थ अझै बुझ्न सकिन ।

यो पनि…
मान्छेले बाँचेको आजको परिवेश
म र मेरो मध्यमवर्गीय भ्रमको आलाप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य