English

म र मेरो मध्यमवर्गीय भ्रमको आलाप



म निम्न मध्यमवर्गीय व्यक्ति हुँ । मेरो सोच, चिन्तन पनि मध्यम नै छ । मेरा जिन्दगीका भूलहरू, गल्तीहरू, वदनीयतहरू पनि मध्यम नै छन् ! जुन वर्गको हुन्छ त्यही वर्गको वर्गीय प्रेम हुन्छ भन्थे माक्र्सवादीहरू सायद त्यस्तै भएको होकि ! मध्यम वर्गको पहिचान नै छैन कि समाजवादको नारा हुन्छ कि पुँजीवादको !

मध्यमवर्ग न समाजवादी वन्न सक्छ न पुँजीवादी । अर्थनीति, अर्थव्यवस्था, संस्कृति, धर्म, राजनीतिलाई उ आफ्नै अनुकूल ढंगबाट बुझ्न कोशिस गर्छ ।

मध्यमवर्ग न समाजवादी वन्न सक्छ न पुँजीवादी । अर्थनीति, अर्थव्यवस्था, संस्कृति, धर्म, राजनीतिलाई उ आफ्नै अनुकूल ढंगबाट बुझ्न कोशिस गर्छ । हिजोको माक्र्सवादी वर्ग विश्लेषणमा सर्वहारा भएका सर्वहाराको राजनीति गर्नेहरू राजनीति कै माध्यमवाट पुँजीपति भइसकेका छन् ।

मध्यमवर्ग विस्तारै निम्न मध्यमवर्ग र अन्तमा गरिबीको रेखामुनिको गणनामा पर्दैछन यो मेरो आँखाले देखेको सत्य हो । संस्कृति संस्कार र वैज्ञानिक प्रगतिको द्वन्द्वमा मध्यमवर्ग फसेको छ । मानव अधिकारप्रति पनि सचेत छ । तर, सेक्युलरिज्मप्रति पनि विश्वास छ यस वर्गको । आडमस्मिथलाई श्रद्धा गर्छ, माक्र्सको सूत्र घोक्छ ! माक्र्सलाई श्रदा गर्छ, आडम स्मिथको सूत्र घोक्छ ! दुवै बीचको बाटोको मध्यमवर्गीय बाटो बन्न खोज्छ मिडिल क्लास ! आफू सेक्समा मूर्तता खोज्छ तर परिवार बाँधियून भन्ने चाहन्छ ! उन्मुक्त प्रेम खोज्छ, प्रेमलाई गुलामीमा बदल्नका लागि नकारात्मक संस्कृतिको वकालत गर्छ ! मध्यमवर्ग नदिमाथि बनेको सडक झैं छ । उसको रफ्तार हराएको छ ! मध्यम वर्गको यो हालत छ भने गरिब वर्गको दुःखको व्याख्या शेषनागले पनि गर्न सक्तैन ! नदिमा प्रवाह छैन भने नदिको जीवन छैन ! नदिलाई भित्री ड्याम बनाएर मध्यम वर्गको जग्गा जमिन, पुँजी सबै बजारवादीहरूको बारी, कान्ला, खेतहरू सिँचाइ भइरहेको छ ।

कर्पाेरेट पुँजीको विकासले मध्यमवर्गको सामाजिक आर्थिक, संस्कृति संरचनाहरू भत्किएका छन् उठ्नै नसक्ने गरी । विस्तारै बजारवादीझैं जीवनको मूल्य हराएको छ ।

बजारवादीले फसल काटिरहेको छ ! मध्यमवर्गको अघिल्लो र आजको पिंढीको अतित, वर्तमानको आधारमा भविष्यको उद्घाटनको प्रक्षेपण गर्न नसकी अस्ट्रेलिया, अमेरिका, क्यानडाको नागरिक बन्ने लालसा मध्यम वर्गमा नै छ ! साह्रै गरिबी रेखामुनिका एकाध खाडी मुलुक गए होलान् । केही जमिन भएको साहुले पत्याएको ऋण काडेर खाडी मुलुक जाने पनि निम्न मध्यमवर्ग नै हो । मध्यम वर्गको सोच छ राज्यसँग पुँजी र शक्ति सबै छ । त्यसैले, कानुनीरूपमा विध्वंश गर्छ र कानुनी मान्यता पाउँछ ।

मध्यम वर्गको सपना, लगाव, स्नेह, आस्था सबैमा विध्वंश हुँदै गएको छ । राज्यलाई कसैको स्नेहसँग लेनादेना हुँदैन । कुन वर्गको हित गर्ने राज्य मा जुन वर्गको सरकार छ, त्यसैसँग मात्र उसको लेनदेन हुन्छ । कर्पाेरेट पुँजीको विकासले मध्यमवर्गको सामाजिक आर्थिक, संस्कृति संरचनाहरू भत्किएका छन् उठ्नै नसक्ने गरी । विस्तारै बजारवादीझैं जीवनको मूल्य हराएको छ । प्रेम, छल, एक्लोपन, भ्रम र खराबको बाटो, हरेक जीवनको प्रक्रियामा हारजितको तुलामा तौलिने कार्यको लागि विशेष श्रोत भएको छ मध्यमवर्ग ! पारिवारिक संरचनाको ढाँचा मा फेरबदल भइरहेको छ ।

देशभक्तको नाटक हामी सबैभन्दा धेरै गर्छौं र छोरा नातिलाई तिम्रो भविष्य देशमा छैन भनेर जाऊ विदेश भनी आर्शिवाद दिने हामी नै हौँ ।

अहिलेको प्रायः सबै दलका नेता मध्यमवर्गीय संरचनाबाटै हुर्केका हुन् । अपवादमा हिजोका सुवर्ण शम्शेर, महावीर शम्शेरहरू पर्लान् । तर, आज मध्यमवर्गीय संरचनाबाट उठेका नेतृत्वहरू मध्यमवर्ग र गरिब वर्गको हितविपरीत दलाल र पुँजीपतिका पुजारी भएका छन् । तेल भिसामा गएर अस्ट्रेलिया र अमेरिकाको धक्कु लगाउने हामी मध्यमवर्गका आजका अग्रजहरू हौँ ! देशभक्तको नाटक हामी सबैभन्दा धेरै गर्छौं र छोरा नातिलाई तिम्रो भविष्य देशमा छैन भनेर जाऊ विदेश भनी आर्शिवाद दिने हामी नै हौँ । पूर्ववर्ती संस्करणवाट बाँच्न कठिन भएपछि, रोजगारी कठिन भएपछि वर्तमानको जीवनको हालतबाट मुक्तिका लागि ब्रेनड्रेन नै सैभन्दा उत्तम उपाय मान्दै जहाँ पनि गुलामी नै हो, सफासुग्घर गाडी चढेर किन गुलामी नगर्ने भन्ने मानसिकता म मा, मेरो वर्गमा मनसुनको वर्षा भइरहेको छ ।

कर्पोरेट बजारले मध्यम वर्ग र गरिब वर्ग खेलौना भएको छ । जति भ्रम बेच्न सकिन्छ, त्यति बजार फस्टाउने नीतिका संवाहकहरू नै विश्वका हर कुनामा राजकाज गरिरहेका छन् ।

चमत्कार र ज्योतिषमा अचाक्ली विश्वास गर्ने वर्ग पनि मध्यम वर्ग नै हो । भन्न त नभनौँ आजसम्मको सांस्कृतिक विरासत, देशभक्त भावनको रक्तसञ्चार पनि गरिबी वर्ग र मध्यम वर्गबाटै भएको हो । पुँजीको देश हुँदैन, सीमा हुँदैन, पूँजीको शोषण बाहेकको संस्कृति हुँदैन । कर्पोरेट बजारले मध्यम वर्ग र गरिब वर्ग खेलौना भएको छ । जति भ्रम बेच्न सकिन्छ, त्यति बजार फस्टाउने नीतिका संवाहकहरू नै विश्वका हर कुनामा राजकाज गरिरहेका छन् ।

रूप र रंगमा फरक होला, देशको आर्थिक उन्नतिको आधारमा वर्ग विश्लेषण होला । तर, सारमा डिप्रेसनको शिकार भई असन्तुष्टिको मारमा झेलिरहेका छन् विश्वका मध्यम वर्गहरू । अमेरिकाको मध्यम वर्ग र नेपालको मध्यम वर्गबीच भौतिक र आर्थिक मापन फरक होला तर मूल्यहीन बजारवादको शिकार भएको कुरामा समान छन् भन्ने मेरो व्यक्तिगत चिन्तन छ ।

मैले एक जना विद्वानसँग मध्यमवर्गको आजको अवस्थाको चिन्ता व्यक्त गर्दा उनले भने तिमी भूमण्डलीकरणको विरुद्धमा कुरा गर्छाै र आफ्ना बच्चा विदेश पठाउँछौ !

संस्कृतको अपरिहार्यता छ संस्कृत भाषा सबैको जननी हो भन्ने संस्कृतका विद्वान्हरूले आफ्ना छोरा नातिलाई अंग्रेजी पढाइरहेका छन् र संस्कृतको महिमा गाइरहेका छन् ।

पारिजात, गोकुल जोशी, युद्धप्रसाद मिश्र, हृदयचन्द्र सिंह प्रधान, श्याम प्रसादले जे लेखे आफ्ना कालखण्डमा जे समस्या उठाएका थिए समाजको सन्दर्भमा आज रूप बदलेर मोहनी रूपमा बजारमा आएको छ, समस्या उस्तै छन् ।

संस्कृतको अपरिहार्यता छ संस्कृत भाषा सबैको जननी हो भन्ने संस्कृतका विद्वान्हरूले आफ्ना छोरा नातिलाई अंग्रेजी पढाइरहेका छन् र संस्कृतको महिमा गाइरहेका छन् । आज हामी मध्यम वर्गको अवस्था यस्तै छ । कति सत्य छन् छैनन् यो खोजतलासमा अथवा सबै भ्रम मात्र होकी टुंगोमा पुग्न बाँकी नै छ । तर, अन्तरचेतनाले घचघचाएपछि म विम्ब भएर लेखेको छु । म विम्ब हुन लायक, ल्याकत छ छैन मैले कसैलाई सोधेको छुइनँ, सायद विर्मसको लागि सोध्न उपयुक्त हुन्छ की ! अनि, यो जञ्जालबाट मुक्तिका लागि मध्यवर्गीय अर्को बाटो लिन सक्छु कि !

यो पनि
समीक्षा : जिउने कला र आत्ममार्गका लागि
कथा : सकुबस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,