खुदोको पहिचान फर्काउन जुर्मुराए स्थानीय



लगाएको वर्ष दिनमा पेल्न तयार भएको उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने कुरा अधिकांश स्थानमा पछिल्ला पुस्ताका लागि एकादेशको कथा जस्तै बनिसकेको छ ।

पाखोबारीभरि लगाइएको उखु पेलेर पकाउनका लागि रसेटो बस्ने परम्परा पनि हराइसकेको छ । कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप नै भइसकेका अवस्थामा जिल्लाकै पोखरा महानगरपालिका–३२ मालेपाटन र ढोडबेँसीका स्थानीयवासीले भने खुदोसँग जोडिएको गाउँको इतिहास फर्काउने सोचमा छन् ।

खुदो उत्पादनमा पहिचान बनाइसकेका मालेपाटन र ढोडबेँसीमा विगतमा जस्तो उखु खेती नभए पनि दुई सय वर्ष अघिदेखिको खुदोसँग जोडिएको गाउँको इतिहास र पहिचानलाई पछिल्लो पुस्ताले कायमै राख्न चाहेको स्थानीयवासी एवं मालेपाटन कृषि सहकारी संस्था लिमिटेका अध्यक्ष नारायणप्रसाद वाग्लेले बताए ।

समयको परिवर्तनसँगै विगतमा बोकेर गाउँ–गाउँ पुर्याउनुपर्ने खुदो अहिले भने घरघरबाटै बिक्री हुन थालेको छ । उत्पादन कम हुँदै गए पनि माग भने अत्यधिक रहेको वाग्लेले जानकारी दिए ।

उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि उखु खेती गर्दै आइएको छ । विशेषतः पुस १५ मा लट्टे (घ्यू र खुदो हालेर पकाइएको अनादीको चामलको परिकार) का साथै माघे सङ्क्रन्तिमा खुदो र चिउरा खाने प्रचलनका कारण पनि यो समयलाई खुदोको सिजनका रूपमा लिने गरिएको छ । यस समयमा विगतमा यही मालेपाटन र ढोडबेँसीको खुदो कास्की र आसपासका जिल्लामा गाग्रीमा बोकेर बेच्न लगिन्थ्यो । यहाँको खुदो भनेपछि विगतमा नै खोसाखोस हुने गरेको यहाँका बुढापाका बताउँछन् ।

समयको परिवर्तनसँगै विगतमा बोकेर गाउँ–गाउँ पुर्याउनुपर्ने खुदो अहिले भने घरघरबाटै बिक्री हुन थालेको छ । उत्पादन कम हुँदै गए पनि माग भने अत्यधिक रहेको वाग्लेले जानकारी दिए ।

उनका अनुसार उखु खेतीसँगै खुदो उत्पादनसँग जोडिएको यहाँको इतिहासलाई जोगाउँदै स्थानीयवासीलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्ने सोचका साथ २०६७ सालयता मालेपाटन कृषि सहकारी संस्था लिमिटेड सञ्चालनमा आएको हो । ‘सहकारी स्थापनायता खुदो र दूधको उत्पादन एवं बजारीकरणमा सहकारी स्वयं आबद्ध छ’, उनले भने–‘सहकारीमार्फत बाख्रा, कुखुरापालन लगायतमा किसानलाई ऋण सहयोग उपलब्ध गराइएको छ ।’ खुदो र दूधका लागि सहकारीले वार्षिक रु चार/चार लाख छुट्याएको छ ।

मालेपाटन र ढोडबेँसी क्षेत्रमा विगतमा रु ६०/७० लाखदेखि रु एक करोडसम्म खुदोको कारोबार हुने गरेको बताउने स्थानीय किसान विष्णुप्रसाद बसौलाले पछिल्लो वर्षमा उखुमा देखिएको रोगका साथै कृषिप्रतिको अनिच्छाका कारण पनि यो खेती कम हुँदै गएको बताए । यस क्षेत्रमा करिब ९० परिवारले दुई सय रोपनीमा उखुखेती गर्दै आएका छन् । उनका अनुसार बिउ लगाएको एक वर्षमा उखुको लाँक्रा काट्नका लागि तयार हुन्छ । काटिएको लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ र रस पकाइन्छ । उक्त रसलाई करिब पाँच घन्टा पकाएपछि खुदो तयार हुन्छ ।

यहाँका किसानले कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाउँथे । २०५७ सालदेखि भने नयाँ प्रविधिको प्रयोग गरी मेसिनका माध्यमबाट उखु पेल्ने गरिएको छ भने पकाउने कामलाई पनि व्यवस्थित बनाइएको अर्का किसान तुलसी तिमिल्सिनाले जानकारी दिए ।

यहाँका किसानले कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाउँथे । २०५७ सालदेखि भने नयाँ प्रविधिको प्रयोग गरी मेसिनका माध्यमबाट उखु पेल्ने गरिएको छ भने पकाउने कामलाई पनि व्यवस्थित बनाइएको अर्का किसान तुलसी तिमिल्सिनाले जानकारी दिए ।

मालेपाटन र ढोडबेँसीको नाममा अन्य स्थानको खुदो पनि बजारमा बिक्री हुन थालेपछि यहाँको पहिचानलाई जोगाउन पोखरा महानगरपालिकाको सहयोगमा हालै यहाँको खुदो ब्रान्डिङ गरिएको छ । ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेँसीको खुदो’ लेखेर सिलबन्दी गरिएको एक लिटर परिमाणको बोतल हालै बजारमा आएको छ । गुणस्तर परीक्षणसहित सिलबन्दी गरिएको खुदोको खुद्रा मूल्य ३ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।

महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले मालेपाटन र ढोडबेँसीको खुदो यहाँको पहिचान भएकाले यसको ब्रान्डिङ तथा प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गरेको जानकारी दिए । यहाँको खुदोको ब्रान्डिङका साथै प्रविधिलगायतमा महानगरपालिकाले तीन लाख ५० हजार रुपैयाँ विनियोजन गरेको उनको भनाइ छ ।

उखु खेतीमा लाग्ने गरेको किराका कारण उत्पादनमा ह्रास आएको र यसले स्थानीयवासीलाई चिन्तित बनाएको स्थानीयवासी समाजसेवी तारानाथ रिजाल बताउँछन् ।

खुमा लाग्ने गरेको डढुवा, ढुसीजन्य रोगले उत्पादनमा ह्रास आएको बताउँदै उनले यी रोगको रोकथामका साथै राज्यबाट प्राविधिक सहयोगको निरन्तरता हुनुपर्ने बताए ।

विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकोमा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको उनले बताए । उखुमा लाग्ने गरेको डढुवा, ढुसीजन्य रोगले उत्पादनमा ह्रास आएको बताउँदै उनले यी रोगको रोकथामका साथै राज्यबाट प्राविधिक सहयोगको निरन्तरता हुनुपर्ने बताए । ‘राज्यबाट निरन्तरको साथ र सहयोग भएमा यहाँका स्थानीयवासी खुदोसँग जोडिएको इतिहास र पहिचानलाई जोगाउन इच्छुक छन्’, उनले भने ।

यो पनि
मामा-भान्जाकाे कृषि फार्म, युवालाई हाैसला
कुखुरापालनमा भविष्य खोज्दै कुँवर दम्पती



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

राजविराज नगरपालिका वडा नं ४ मस्जिद टोलकी ३२ वर्षकी आशा परियारलाई पछिल्लो समय मोबाइलले तनाव थपिदिएको छ । विवाह भएदेखिनै

गण्डकी प्रदेशमा २८ असोजदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक भएको छ । २३ गतेदेखि पोखरा रंगशालामा

दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने

सेयर बजार लगातार तेस्रो दिन आज बिहीवार पनि बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अङ्कले

Suggested