English

समीक्षा : जिउने कला र आत्ममार्गका लागि



मनको समीक्षा, धर्मको समीक्षा, राजनीतिको समीक्षा, जीवनको आयामहरूको समीक्षा, करुणा, शोक, आँसु, आफ्नो चिन्तन, बाह्य परिवेश र आत्मगत परिवेशको आधारमा गर्ने उपयुक्त हुन्छ । त्यसमा निष्पक्षतालाई केन्द्रबिन्दु बनाएर आत्ममन्थन गर्न ठीक हुन्छ कि जस्तो लाग्छ ।

देवता नै पूर्ण नभएको अवस्थामा मानिसहरूमा पूर्णता खोज्नु र आफू पूर्ण छु भन्ने अभिमानले समीक्षा गर्दैन । आग्रह र पूर्वाग्रहको अभिमानले समीक्षा गर्दैन । आग्रह र पूर्वाग्रहको वातावरणमा तटस्थता हुन गाह्रो हुन्छ ! दोकान सबैको चलेको छ । सरापेर पनि दुकान चलेको छ, स्तुति गरेर पनि दोकान चलेकै छ !

यर्थाथ यो पनि होकी जतिसुकै ज्ञान विज्ञान, दर्शन, धर्मशास्त्रको व्याख्या गर्न सक्ने क्षमता भए पनि उसले त्यसलाई जीवनमा कसरी ग्रहण गरेको छ, समीक्षा त्यहाँबाट शुरु हुन्छ भन्ने चिन्तनले घर गर्दै गएको छ । चेतना चैतन्य र अणु परमाणुको रहस्यको दर्शनले दर्शन–दर्शनबीच एक आपसमा लडाइँ लडिरहेका छन् कि भन्ने आभास भएको अवस्था छ ! पिताको परिचय दिन आफ्नी जननीबाहेक अर्को आधिकारिक सूत्र र माध्यम छैन । यसमा समीक्षा गर्ने हो भने जीवनरूपी नाउ डुब्न कति पनि बेर लाग्दैन ।

लोकतन्त्रको त्रासदी जसले जे बोले पनि हुने, जे गरे पनि हुने, जसले जसलाई खुइल्याए पनि हुने अवस्थाभित्र समीक्षा के को प्रश्न त्यहाँ पनि उब्जिन्छ ! मानौँ या नमानौँ वैदिक धर्म, बुद्ध, इसा ले आफ्नो विचारको बलमा त्यसवेलाका पीडित, अपहेलित पक्षलाई सहयोग दिएर नै स्थापित भए ।

तर, पछि उनका अनुयायीले आफ्नो अनुकूल, राज्य अनुकूल व्याख्या गर्दै जाँदा आजको धार्मिक द्वन्द्व हो । भारतका सिरडी साईबाबा ले आफू निर्धन, गरिबीपनमा रहेर भिक्षाद्वारा जनसेवा गरे । तर, उनका आधुनिक भक्तले हीरा, जवाहरात, सुन र चाँदीले भरिभराऊ गरिदिए र मन्दिर आज धन्नासेठहरुको हुन पुगेको छ । यो आजको यथार्थ सबै धर्मका मठमन्दिर, गुम्बा, चर्च, मस्जिद आदिमा यो रोग पसेको छ ।

मानौँ या नमानौँ वैदिक धर्म, बुद्ध, इसा ले आफ्नो विचारको बलमा त्यसवेलाका पीडित, अपहेलित पक्षलाई सहयोग दिएर नै स्थापित भए । तर, पछि उनका अनुयायीले आफ्नो अनुकूल, राज्य अनुकूल व्याख्या गर्दै जाँदा आजको धार्मिक द्वन्द्व हो ।

आज हामी कुरा गरिरहेका छौँ यो वा त्यो त नभनौँ, तर सत्तालिप्सा राजनीति, उपोभोक्तावादी अर्थनीति, अन्ध सांस्कृतिक चेतनाको केन्द्र भागमा विस्तारै मानिसहरू परिरहेका छन् । यसले जीवनको दर्शनको आयामलाई बुझ्न सहयोग गरेको छैन ।
हामीमा स्वार्थ र आफ्नो क्षुद्रलाभका लागि हामीबाट मानवीय संवेदना र जीवनको सत्य सरोकारबाट विमुख हुँदै गएका छौँ ।

नेपालको कपिलवस्तुमा जन्मेका सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि आजभन्दा २५०० वर्ष अगाडि भनेका थिए, यो संसार एउटा झ्यालखाना (जेल) हो । मानिसहरू यस जेलका बन्दी हुन् । यो जेल अन्धकारबाट भरिएको छ । यस्तो अन्धकार छ कि कैदीहरूले केही देख्दैनन् । आफू कैदी भएको अनुभूत पनि गर्दैनन् । संसार अनित्य हो, निरन्तर परिवर्तनशील छ, संसारको रक्षक वा संरक्षक कोही छैन । संसारको मानिस तृष्णामा वशीभूत भएर दुःखी छ ।

यो कथन जस्ताको तस्तै कोड गरिएको होइन । कहीँकतै त्यो कुरा देखेर आफ्नो भाषामा लेखेँ । यो बुद्धत्वको आफ्नो समीक्षा हो । भगवान् शिव–कल्याण हुन् । उनको लागि संसारको कल्याण नै आफ्नो कल्याण ठानेका छन् । यी कालजयी चिन्तनहरू विस्तारै लुप्त हुँदै गएका छन् ।

आस्था र श्रद्धाले अन्धविश्वास, रुडता जन्माउन हुँदैन । बुद्ध, पाणिनी, पतञ्जलि, देवकोटा, भूपी, पारिजात, फाल्गुनानन्द, बिसेनगर्ची, भानुभक्त, सिद्धिदास आदिले हामीलाई सांस्कृतिक विरासत दिएका छन् । त्यो कालखण्डको त्यो बेलाको जनजीवन, परिवेश, राजनीतिक चेतनालगायत विषयवस्तुबाट अध्ययन गरेर मात्र समीक्षा गर्नु उपयुक्त हुन्छ । समीक्षाको नाममा उहाँहरूलाई गाली गरेर मात्र वा अन्धभक्त भएर हामीले त्यो सांस्कृतिक विरासतलाई बुझ्न र समीक्षा गर्न सक्दैनौँ ।

बुद्ध, पाणिनी, पतञ्जलि, देवकोटा, भूपी, पारिजात, फाल्गुनानन्द, बिसेनगर्ची, भानुभक्त, सिद्धिदास आदिले हामीलाई सांस्कृतिक विरासत दिएका छन् । त्यो कालखण्डको त्यो बेलाको जनजीवन, परिवेश, राजनीतिक चेतनालगायत विषयवस्तुबाट अध्ययन गरेर मात्र समीक्षा गर्नु उपयुक्त हुन्छ ।

विशुद्ध रूपमा भन्ने हो भने जीवनको लडाइँ एक्लै लड्ने हो । सृष्टि ईश्वरले गरेको भन्ने र पदार्थले गरेको भन्ने बीचमा विभेद कोरेर विभाजित भएकाहरूले पनि एक्लै नै लड्ने हो । त्यहाँ कसैले पनि सहयोगको अपेक्षा नगरे हुन्छ । जीवनले जीवनलाई नै परीक्षा लिन्छ । समाज, परिवारले त हेर्न हो देख्ने हो, साथ दिएको जस्तो गर्ने हो, गोली त गंगालाल एक्लैले थापेका हुन् ।

भूत र वर्तमानको तानातानीमा भविष्य के हुन्छ यकिन गरेर कोही भन्न सक्दैन । पढेलेखेका एस्ट्रोलोजर, न्युमेरोलोजिस्टले कम्प्युटरद्वारा बनाएको हाइटेक पद्धतिको कुण्डलीले पनि बताउन सक्दैन । मानिस संसारी भए पनि मृत्यु उसको हो, त्यसैले, बाँचुञ्जेल समाज, परिवार, बाँकी ऊ एक्लो हो । आफ्नो पहिलो परिचय, हिन्दू, मुसलमान, इसाई भएर दिने जुन लहर चलेको छ त्यसले कहीँ कतै मान्छेभित्रको मान्छेले मान्छे त मार्दैन यही चिन्ता लागेर समीक्षाको नाममा लेख्ने जमर्को गरेको छु ।

बैका आ–आफ्ना आराध्यदेव हुन्छन् तिनका बीचमा आफ्नो बाबु खोज्न आमालाई दोष दिने परम्पराको थालनी नहोस् मेरो मनको समीक्षा यही हो । मेरो विचारमा म सत्य छुइनँ होला, अन्तस्करणमा जागेका कुराहरू प्रक्षेपण मात्र हो ।

सबैका आ–आफ्ना आराध्यदेव हुन्छन् तिनका बीचमा आफ्नो बाबु खोज्न आमालाई दोष दिने परम्पराको थालनी नहोस् मेरो मनको समीक्षा यही हो । मेरो विचारमा म सत्य छुइनँ होला, अन्तस्करणमा जागेका कुराहरू प्रक्षेपण मात्र हो । समीक्षा आफ्नो, जीवनको, जीवनको आयामहरूको देखेका मान्छेहरूको बोकेको चिन्तनको, विरासतले भरिदिएको दिमागको भजन, स्तुतिले गाजेको राजनीतिको, मानिसलाई मानिसले ठग्ने आजको उपभोक्तावादी व्यापारको बुढो पीपल भएर समीक्षा गर्न सकिनँ म भएर म मानिसले गर्न सकिन, कोशिस गर्ने प्रण मात्र हो ।

लथालिंग, शब्दहरू यिनैका उपज हुन् । जीवनका रेसा रेसा केलाउन कठिन हुन्छ । भोगेको विवरण पनि दिन सकिन्छ । एकपल्ट कोशिस गरौँ आफैँले आफैँलाई समीक्षा गर्न । यो मेरो नितान्त व्यक्तिगत आफ्नै लागि आफैँले दिएको राय हो । वैदिक सनातनी शिव र बुद्ध बन्न नसकेपछि जीवन जिउने कला र आत्ममार्गका लागि कताबाट आत्मसमीक्षा गरौँ भन्ने दोबाटोमा उभिएको छु । जीवनलाई जगतलाई र मान्छेलाई छाम्ने प्रयत्न गर्दै छु ।

यो पनि
यी तीन स्रष्टालाई भैरव पुरस्कार
कथा : सकुबस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो