English

कथा : सकुबस



‘सपना तिम्रो होला तर सपना तिम्री हैन’ सुधा सागर त्रिपाठीले भन्नुभयो ।

म अक्कबक्क भएँ । कसैले फोन गरेर तपाईंलाई के भन्ला ? त्यो मान्छे कति नजिक वा घनिष्ठ छ त्यो हिसाबमा कहाँ छौ वा छस् वा हुनुहुन्छ अथवा हेलो के छ खबर भन्ने होला हैन ? तर, कोही मेरो हो, हैन भन्ने आँट कसैले कसरी गरोस् । मेरो सपनाको जानकार अरु कोही कसरी हुनसक्छ ? कि एउटै सपना अरु कसैले पनि देख्न मिल्छ ? मसँग सुधा दिदीलाई दिने उत्तर केही पनि छैन । मैले शुरु नै नभएको कुराकानी टुङ्ग्याउनुको विकल्प अर्को केही देखिनँ । फोन काटिदिएँ । स्विच अफ नै गरिदिएँ । खल्तिबाट झिकेर एक खिल्ली सूर्य चुरोटको अस्तित्व सकिदिएँ ।

सपनासँग मेरो पहिलो भेट सपनामै भएको थियो । सायद अन्तिम पनि । सुधा दिदीको कुरापछि अब त लाग्छ, यदि सपना खरेल सत्य हो भने अब मैले भेट गर्नु हुँदैन किनकि, उनी मेरी हैनन् । तर, सपना त मेरो हो ।

सपनासँग मेरो पहिलो भेट सपनामै भएको थियो । सायद अन्तिम पनि । सुधा दिदीको कुरापछि अब त लाग्छ, यदि सपना खरेल सत्य हो भने अब मैले भेट गर्नु हुँदैन किनकि, उनी मेरी हैनन् । तर, सपना त मेरो हो । यो जीवन्त सपना हो, झुट हैन । म सपना ज्यूने गरेको कुरा किंवदन्ति हैन, सत्य हो र यो सपना कसैलाई सुनाउनु छ मैले ।

‘कोही छ यहाँ ?’ म जोडले चिच्याउँछु, तर मेरो आवाज सुनेर कोही दौडिन्नन् । कसैको आगमन नदेखेपछि म आफैँ बाहिर निस्किन्छु र अझै जोडले बोलाउँछु भन्ने निर्णय गरेर ढोका उघार्छु । ढोकाबाहिर दलदल जमिन छ । अरे यो के भइरहेको छ ? पक्की घरको चौथो तला रातारात दलदल कसरी भयो ? के म अझै सपनामै त छैन ? मेरो शरीरबाट आफंै कपडाहरू भुइँमा झर्छन् । मानौँ यतिकै कहीँ राखिएको थियो र सामान्य हलचलले भुइँमा खस्यो । म सर्वाङ्ग नाङ्गै भएँ । मेरो लिङ्ग जुन हिजोसम्म पुरुष हुनुको घमण्ड गथ्र्याे आज योनीमा बदलिएर मलाई गिज्याइरहेको छ । विस्तारै मेरो छातिको आकार बढ्दै गयो । पुरुषहरूको अस्तित्वमा प्रकृति फिस्स हाँस्यो । दिमाग शून्य भयो । म चक्कर लागेर दलदलमा लडेँ ।

पानी पर्न शुरू भएपछि मेरा आँखा खुले । शुरूमा त म जहाँ लडेको छु त्यो आफैँमा सपनाजस्तै लाग्यो । हिजो के भएको थियो भनेर एकपटक सम्झने प्रयास गरेँ । मधुरो याद छ । श्यामश्वेत तस्वीरजस्तै । नेगेटिभमा तस्वीर पहिचान गर्न खोजिएजस्तै ।

आहा ! कति मीठो आवाज । यस्तो मीठो आवाज छ , पक्कै बोल्ने मान्छे कुनै सुन्दरी हुनुपर्छ । इन्द्रलोककी अप्सरा । म त्यो आवाजको मुहार हेर्न यति हतारमा थिएँ कि नकुरा गरौं । ब्याकुल भएको थिएँ । बिहान कालो कफि बनाएर अनुहार उज्यालो बनाएँ ।

सपनालाई सपनामा देखेर बिहान उठेपछि अपरिचित नम्बरबाट फोन आएको थियो साँझको लागि खानाको निम्तो पाएको थिएँ । आहा ! कति मीठो आवाज । यस्तो मीठो आवाज छ , पक्कै बोल्ने मान्छे कुनै सुन्दरी हुनुपर्छ । इन्द्रलोककी अप्सरा । म त्यो आवाजको मुहार हेर्न यति हतारमा थिएँ कि नकुरा गरौं । ब्याकुल भएको थिएँ । बिहान कालो कफि बनाएर अनुहार उज्यालो बनाएँ । पिएँ । चिनी बिना जिन्दगी र कफि मात्र मीठो लाग्छ । फ्रेस हुन लाङटाङ गएँ । अरुलेझैं लन्डन वा अमेरिका गईन । सबैले ट्वाइलेटलाई एउटै नाम दिनुपर्ने बाध्यताबाट म मुक्त थिएँ । नित्यकर्म सकेर म निस्किएँ । निलो सर्ट र सेतो पाइन्टमा चिटिक्क परेर बेलुकिको खाना खानलाई म बिहान नौ बजे रुम बाट निस्किएँ ।

चर्को घाम लागेको भएपनि म दिनभर बानेश्वरको छक्कुबक्कु पार्कमा बसिरहें । घरी क्याफेमा गएर चिया पिउँथे । घरी पसलमा किटक्याट किनेर खान्थें । घरी संसद भवनको एक चक्कर लगाउँथे । घरी पानी ट्यान्की हेरेर टोलाउँथे । जेब्राक्रसमा मात्र मैले सात पटक ओहोरदोहोर गरें । आखिर म किन यति उत्ताउलो भएको छु ? मसँग उत्तर थिएन । काठमाडौमा पहिलोपटक खानाको निम्तो पाएर वा निम्तो गर्ने मान्छे कुनै केटि भएर म जोसिएको थिएँ पक्का भन्न सक्ने अवस्था थिएन । प्रतिक्षाको घडी सकिन लागेको थियो त्यतिकैमा सुधा दिदिको फोन आयो ।

‘भाइ तिमी त्यहाँ नजाऊ’

दिदिले यति भनेर फोन राख्नुभयो । आजभन्दा अगाडि दिदिले कहिल्यै रोक्नु भएन । तर कहाँ नजानु ? मनमा उल्झन बढ्यो । के मैले साँझको खाना कहाँ खाँदैछु भनेर बजारभरि हल्ला फैलिएको हो र ? त्यस्तो त नहुनुपर्ने हो । म चिहानको यात्रामा त हिँडेकै छैन । भन्न त मान्छे मृत्युको बाटो हिँड्ने हो भनिन्छ तर त्यसो भनिरहँदा मेरो ठ्याक्कै अहिलेको यात्रा त त्यहाँ हैन नि । अनि फेरि दिदिले नजाउ किन भन्नुभयो । नजाउ भन्नू पछाडिको कारणले एकछिन मलाई रनभुल्ल बनायो ।

                            ०००

एक पाइला तिमी अझै बढ्न बाकी छ । एउटा शिखर तिमले अझै चढ्न बाकी छ । तिम्रा कथाहरू कताकता , तिमी कताकता अनि तिनै कथाको आडमा हिँडेका तिम्रा सारथिहरू कताकता ? ख्याल गरेका छौ कहिल्यै । यस्तै यस्तै भन्ने दिदिले आज रोक्नुको कारण के हो ?

अघि बढेका मेरा पाइलाहरू अब पछि हट्दैनन् । यो रेलको इन्जन जस्तै हो आफ्नो नियम बाहिर चल्दैन । एउटा मीठो आवाज मेरो प्रतिक्षामा छ । मिठामिठा पकवान सँगै उसले आँफुलाई पनि मेरो निम्ति तयार गरेकी हुनुपर्छ । अहँ ! म त कुनै हालतमा पनि जानुपर्छ ।

अघि बढेका मेरा पाइलाहरू अब पछि हट्दैनन् । यो रेलको इन्जन जस्तै हो आफ्नो नियम बाहिर चल्दैन । एउटा मीठो आवाज मेरो प्रतिक्षामा छ । मिठामिठा पकवान सँगै उसले आँफुलाई पनि मेरो निम्ति तयार गरेकी हुनुपर्छ । अहँ ! म त कुनै हालतमा पनि जानुपर्छ । दिदिभन्दा बढी मलाई संगीको खाँचो छ र सायद उ नै मेरी आधा अंग हो । कृष्णको राधाजस्तै । मलाई उसैको जरुरत छ । म उसको सामिप्य पाएर फुल्न चाहन्छु । मलाई फुल्न देउ । मलाई नरोक ।

खल्तिमा आराम गरि बसेको फोन बज्यो । मैले झिके र हरियो दबाएर कानमा राखें । ’ कतिबेला आउनुहुन्छ ? ’ मीठो आवाजले मलाई सप्रेम प्रश्न गर्यो ।

‘म आउनै लागेको छु तर कहाँ आउनु ? ’

‘जता तपाईंको पाइला अघि बढ्छ त्यतै आइदिनुस् ’

‘ल पाइलासँगै म पनि बढें अरे अनि कहाँ कुन घरमा आउनु ? ’

‘जुन घर देख्दा तपाईंको मन उत्ताउलो हुन्छ त्यहीँ पस्नुस् । म त्यहीँ हुनेछु ’

उसले मेरो उल्झनलाई झन बढाई । मेरो ब्याकुलतालाई उसले ठट्टा बुझेकी हुँदी हो । कल टुंगिसकेको थियो । अब के त ‘ ? म कहाँ बढुँ ? प्रश्नहरू सहित जब म पाइला चाल्दै थिएँ अचानक बानेश्वरको जेब्राक्रशमा सब गाडीहरू थिर भए । संकेत जनाउ भाँडोमा फरक बत्ती बल्यो । बैजनी रंगको । जसै म अघि बढें हेर्दाहेर्दै जेब्राले सिँढिको रूप लियो । नर्क प्रस्थान गर्ने सिँढी । म तल झरें बिल्कुल बानेश्वरको मुटुमा । आहा कति मनोरम दृश्य यहाँ । यो त नर्क हुनै सक्दैन । यस्ता सुन्दर घरहरू त पृथ्वीमा पनि छैनन् । राता , पहेंला , हरिया , निला । लाग्थ्यो आकाशमा देखिने इन्द्रधनुष यहीँबाट निस्कन्थ्यो ।

’ ट्वाङ ’ नगरेर त्यसले गायत्री मन्त्र सुनायो । मन्त्र सकिएपछी स्वचालित गेट खुल्यो । म ढोकामा पुगें । ढोका खुल्दैगर्दा मेरा पहिरन झर्दै गए । म सर्वाङ्ग नाङ्गै भएँ । ढोका खोल्ने नारी पनि मेरोसामु सर्वाङ्ग नाङ्गै उभिएकी थिइ ।

बैजनी रंगले यहाँसम्म ल्यायो त्यही भएर मेरो ध्यान बैजनी रंगकै घरले तान्यो । घरको बनोट अरुभन्दा बेग्लै । पुस्तक जस्तो लाग्ने स्वरूपले मलाई गेटमा तान्यो । मैले घण्टिको डोरि तानें । ’ ट्वाङ ’ नगरेर त्यसले गायत्री मन्त्र सुनायो । मन्त्र सकिएपछी स्वचालित गेट खुल्यो । म ढोकामा पुगें । ढोका खुल्दैगर्दा मेरा पहिरन झर्दै गए । म सर्वाङ्ग नाङ्गै भएँ । ढोका खोल्ने नारी पनि मेरोसामु सर्वाङ्ग नाङ्गै उभिएकी थिइ ।

‘नमस्कार म सपना खरेल ’ उसले मेरो स्वागतमा नमन गरि ।

‘नमस्कार म रूपक अधिकारी

‘तपाईंलाई कसले पो चिन्दैन र ? म त झन तपाईंकि दिवानी हुँ ’

‘दैलोबाट नै बिदा गर्ने मन छ कि भित्र पनि बोलाउनुहुन्छ दिवानी महोदया ’

‘माफ गर्नुहोला तपाईंसँगको साक्षात्कारमा मैले त भुसुक्कै बिर्सेछु । आउनुहोस् तपाईंलाई मेरो नर्क दरबारमा स्वागत छ ’

‘नर्क रे ! पुस्तक स्वरूप अनि यि कलात्मक चित्रले सजिएको घर पनि कहिँ नर्क हुन्छ त ? ’ भित्र पस्दैगर्दा मैले प्रश्न गरें ।

‘अनि त । तपाईंलाई के लाग्छ यो स्वर्ग हो ? ’

‘यस्ती अप्सरा भएको ठाउँ स्वर्ग नै त हो ’

‘तपाईं भ्रममा हुनुहुन्छ महोदय ’

‘हैन म सपनामा छु ’

‘अझै पनि भ्रममा हुनुहुन्छ । मुक्त हुनुहोस् । ’

उनी मुसुक्क हासिन् । हाँस्दा उनका दारा देखिन्थे तर कति सुहाएका । यस्ति सुन्दर युवति कुनै डायन हुन्थिन् भने पनि म प्रेममा हुनेथिएँ । यिनी त अप्सरा हुन् म कसरी प्रेममा नपरुँ ।

‘त्यसो हो यदि भने मलाई भ्रममा नराख्नुहोस् । म ब्याकुल भएको छु तपाईंको बोली सुनेर । मेरो ब्याकुलता अझ बढेको छ कायल पार्ने यौवन देखेर । पिलाइदिनुस् । पिएर मदहोस हुन चाहन्छु । ’

उनी मुसुक्क हासिन् । हाँस्दा उनका दारा देखिन्थे तर कति सुहाएका । यस्ति सुन्दर युवति कुनै डायन हुन्थिन् भने पनि म प्रेममा हुनेथिएँ । यिनी त अप्सरा हुन् म कसरी प्रेममा नपरुँ । मलाई बस्न इशारा गर्दै उनी भान्सातिर बढिन् । दुई फरक धार एकसाथ नग्न अवस्थामा हुँदा पनि आकर्षण हराएको थियो । मन उत्तेजित थिएन । निहुरिएर आफ्नो लिङ्ग हेरें साविकको भन्दा केही सानो पाएँ ।

आउँदा उसको हातमा मदिराको गिलास थियो । उसले गिलासमा लिपिस्टिक लाग्नेगरी चुमिदिई र मेरो हातमा थमाइ । ’ लिनुस् मदिरा र मदहोस् हुनुस् ’ उसले भनी । उसको ओठको स्पर्श महसुस हुनेगरी प्याला पिएँ । जिवनको पहिलो मदिराजस्तै भनन हुनेगरी रिंगटा चल्यो । उ अलि पर सरि । मेरो गालामा रफ्तार महसुस भयो । टाउकाको कुनै भाग उडेर गएजस्तै भयो । त्यो कुरा उ भएको स्थानमा पुग्यो । उसको ओठमा कानजस्तै कुरा टाँसियो । हेर्दाहेर्दै त्यो आकृतिले मानव रूप लियो । ठ्याक्कै अनुहार मेरो जस्तै । उनिहरूले मेरो सामु त्यो सब गरे जुन हामी बन्द कोठामा बत्ती निभाएर गर्छौं । यति हुँदा पनि मलाई रत्तिभर उत्तेजना भएन ।

सपनाको भोग लाएर मेरो अनुहारको मान्छे हावामा तैरँदै भित्तामा झुन्डिएको ऐनामा पस्यो । ऐना चर्किएको फोटो फ्रेम जस्तै देखियो ।

‘अब तपाईं जान सक्नुहुनेछ । हामी फेरि भेट्नेछौं ।’

दुइटा साँडेका जस्ता ज्यान भएका भुस्तिग्रेहरू आएर मलाई बाहिर निकाले । ढोका बाहिर आउनासाथ मेरो शरीरले छोडेका कपाडा चुम्बकलेझैं तानिए । एउटा कालो कुकुर रातो आँखा बाल्दै भुक्दै मेरो नजिक आउदैथियो । म दौडिएँ । केही कुरामा ठक्कर लागेर म लढें । भ्यात्त ।

म भिज्दै कोठा पुग्छु । अचम्म मेरो कोठा अगाडिको पक्की छत दलदल भएको थियो । मान्छे लढेको आकार देखिन्थ्यो । सम्हालिँदै म बाथरुम पसें । आफुलाई पखालें ।

                           ०००

नालाबाट उठ्दैगर्दा अघिल्लो रातको घटना टेलिकास्ट भैरह्यो । मान्छेहरू ’ छि कस्तो गतिछाडा रहेछ ’ भन्दै हिँडिरहेका थिए । उनीहरूको कुरा मेरो दाहिने कानले सुनिरहेको थिएन । म भिज्दै कोठा पुग्छु । अचम्म मेरो कोठा अगाडिको पक्की छत दलदल भएको थियो । मान्छे लढेको आकार देखिन्थ्यो । सम्हालिँदै म बाथरुम पसें । आफुलाई पखालें । साबिकको भन्दा सानो आकारको लिङ्ग देखेर मेरो सास बढ्यो । दमको रोगिजस्तै स्याँ स्याँ भयो । सम्हालिँदै कोठा पसें । कपडा बदलिएर निस्किएँ । नफर्किने गरि । मलाई दलदल छत भएको घरमा एकदिन अरु बस्नु छैन । कोठा खोज्न दौडिएँ हतारमा । यस्तो अनिस्ठ सपना देखिने भुताहा घरमा कुनै हालतमा फर्किनु छैन ।

दलबहादुरले मित्र पार्कमा एउटा पुरानो घरमा पुर्याए । कुनैपनि बेला लढ्न सक्ने घर भएपनि म बस्न तयार भएँ । त्यो दलदल र सपना बाट भाग्नुपरेकाले गनाउने कोठामा पनि मलाई अत्तरको बास्ना आइरहेको थियो । घडिमा बेलुकीको पाँच बजिसकेको छ । म अर्कोदिन कोठा सर्ने गरि त्यहाँबाट बिदा भएँ ।

                             ०००

घट्टेकुलोमा मेरो साथिको रुम पुग्छु जहाँ पहिले कहिलेकाही हामी दारु पिउने गथ्यौं । ढोका ढकढकाउँछु । सुन्दर केटिले ढोका खोल्छिन् ।

‘यो सागरको रुम हैन ?’

‘हो’

‘अनि ?’

‘म वहाँकी जहान सपना खरेल । अनि हजुर चाहिँ ? ’

‘म सागरको नजिकको साथी रूपक अधिकारी ’

“ अरे बाफ्रे सागरले यति सुन्दर केटि पायो “ भनेर दंग पर्नुको सट्टा म झसङ्ग भएँ । कहिलेकाही मान्छे चाहेर पनि परिस्थिति बाट टाढा भाग्न सक्दैन ।

“ अरे बाफ्रे सागरले यति सुन्दर केटि पायो “ भनेर दंग पर्नुको सट्टा म झसङ्ग भएँ । कहिलेकाही मान्छे चाहेर पनि परिस्थिति बाट टाढा भाग्न सक्दैन । नखाउँ त दिनभरिको सिकार , खाउँ त कान्छा बा को मुहार भनेजस्तै भयो । यहाँ नबसौं त रुम जानुपर्छ । त्यो दलदल । त्यो भयानक सपना । बसौं त सपना खरेल । अहँ ! मैले त्यहाँ जानू हुँदैन । यहाँ जे होस् मेरो साथमा सागर त हुन्छ ।

‘माफ गर्नुहोला तपाईंको नाम के भन्नुभयो भाउजू । म अलि स्पष्ट भइन ’

‘सरगम पोख्रेल । किन र ? के सुन्नुभयो हजुरले ?’

‘मेरो दाहिने कानमा समस्या आएको छ त्यसैले पक्का भइन’ मैले कुरा बनाएँ किनकी मलाई उनी सपना हैनन् भन्ने कुरा पक्का गर्नु थियो । मलाई सपनाको कुरा गर्नु थिएन ।

‘भित्रै गएर गफ गरौंन । सागर आउन एकछिन समय लाग्छ’

हामी भित्र पस्यौं । बिहेपछी बल्ल छोरा मान्छे र उसको रुममा परिवर्तन आउने रहेछ । केहिदिन पहिलेसम्म कपडाहरू , किताबहरू , चिजबिजहरू असरल्ल छरिएका हुन्थे । आज हरेक कुरा आफ्नो स्थानमा टक्क छन् । हेर यो रुम फुलबारी जस्तै उज्यालो छ ।

ही चिप्लो पदार्थ पेन्टमा लागेको महसुस भयो । उठें र सोफामा रहेको चिज हातमा उठाएँ । सरगम लाजले राति भइन् । सायद उनिहरू राति यहि सोफामा ‘ तर उनको मुहारमा लज्जासँगै डर पनि थियो ।

सागर बस्ने पहिले देखिनै फ्ल्याटमा हो तर उ एउटा रुममा थन्किएर बसेको हुन्थ्यो । भान्सा कोठा भनेको हाम्रो पार्टिमा मात्र प्रयोग हुन्थ्यो । त्योपनि सितन मैले आफै बनाउने भएकाले । म दाइजो सोफामा गमक्क परेर बसें । केही चिप्लो पदार्थ पेन्टमा लागेको महसुस भयो । उठें र सोफामा रहेको चिज हातमा उठाएँ । सरगम लाजले राति भइन् । सायद उनिहरू राति यहि सोफामा ‘ तर उनको मुहारमा लज्जासँगै डर पनि थियो । मतलब दिउँसो …. अरुनै कोहि ‘ हैट यस्तो पाप सोच्नु हुन्न भो । मैले आँफै त्यो चिज फोहोरदानीमा फालिदिएँ । फर्किएर सोफाको अर्को छेउमा बसें । सरगम भान्सामा थिइन् । के कुराले मन बिचलित भयो थाहा भएन तर कोहि आफ्नो अगाडि सर्वाङ्ग नाङ्गै हुँदा उत्तेजित नभएको लिंग एतिबेला भने होस् गुमाउने तयारीमा थियो । यो गलत हो । यस्तो हुनु हुँदैन । कास यो लिङ्गनै हुँदैनथ्यो त कति जाति हुन्थ्यो । यस्तै कुराहरू मनमा खेल्न थाले । सरगम चिया लिएर मेरो सामु उभिइ । उसको आँखाबाट एक थोपा आँसु चियामा खस्यो ।

’ अघिनैको कुरा सागरसँग झुक्किएर पनि नगर्नुहोला प्लिज । उ र म बिच आजसम्म केही भएकै छैन ’

म त हवाईजहाजबाट बिना प्यारासुट हाम फालेझैं भएँ । के बोलौं केही होस् भएन । मतलब उ आफ्नो पतिको साथ प्रेमी बाट लिईरहेकी छे । हुन त यो जघन्य अपराध नै हो । कमसेकम हाम्रो समाजमा उनले यस्तो गर्न नहुने हो तर उनको पनि त मन हो ।

म त हवाईजहाजबाट बिना प्यारासुट हाम फालेझैं भएँ । के बोलौं केही होस् भएन । मतलब उ आफ्नो पतिको साथ प्रेमी बाट लिईरहेकी छे । हुन त यो जघन्य अपराध नै हो । कमसेकम हाम्रो समाजमा उनले यस्तो गर्न नहुने हो तर उनको पनि त मन हो । लोग्नेले प्रेम गरिदियोस् लाग्दो हो । पतिको साथ नपाएपछी एउटि नारी कहिलेसम्म ‘ ?

केहिबेर अघि उत्तेजित भएको लिङ्ग अब पाइन्टभित्र छैन बराबर भयो । मैले चियाको कप उठाएँ र उसलाई मुस्कान उपहार दिएँ । उ पनि मुस्काई ।

                            ०००

‘हैन आज के हुँदैछ यहाँ ?’ लरबराएको आवाजमा ढोकाबाट सागर बोल्यो । उसका गोडा लडखडाएका थिए । मैले चियाको पहिलो सुरूप पिएँ । सरगम भान्सातिर लागिन् ।

‘तँ धेरै जाँड खान्छस् रे अनि आज दारु कार्यक्रम नगर्नुस् भन्ने भाउजुको ठाडो आदेश छ’

‘हेर केटा मलाई एस्तो ल्याङफ्याङे कुरा चित्त बुझ्दैन । यो रुममा तँ र म बसेर दारु खान मिल्दैन भने तेरो र मेरो सम्बन्ध खल्लास आजबाट । म तेरो घर जिन्दगी आउँदिन । तेरो बिहेमा पनि ’ उसको आवाज स्पष्ट थिएन तर बोलिमा पकड उसले कहिल्यै गुमाएको याद छैन ।

सरगमले एउटा ठूलो किस्तिमा चिभास रेगलको बोटल , तिनवटा गिलास , एक प्याकेट चुरोट र एउटा चुरदानी लिएर आई । टेबलमा राखी र फेरि भान्सातिरै फर्किई । यहाँ आएर मेरो सपना मेल खान पुगेको थियो ।

सरगमले एउटा ठूलो किस्तिमा चिभास रेगलको बोटल , तिनवटा गिलास , एक प्याकेट चुरोट र एउटा चुरदानी लिएर आई । टेबलमा राखी र फेरि भान्सातिरै फर्किई । यहाँ आएर मेरो सपना मेल खान पुगेको थियो । म यस्तै चाहन्थें । सागरका पति पत्नी विभेदरहित जिन्दगी बाँचेका छन् । म खुसी भएँ किनकी शराब लिंगले हैन चाहतले प्युँछ ।

सागरले तिन वटै गिलासमा बराबरको प्याक बनायो र एउटा चुरोट सल्कायो । सरगम दुबै हातमा चाइनिज माटोले बनेका प्लेटमा खानेकुरा लिएर आइ। ’ आहा कति बुझ्ने मान्छे ’ मनले भन्यो । एउटामा फलफुल । अर्कोमा खसिको ग्रेभी । बासना मात्रले पनि मुखमा पानी आयो । यस्तो सत्कार पाइन्छ भने त म सँधै आइरहन सक्छु भन्न मन थियो तर भनिन । ’ लु सुरु गरौं ’ भनेर गिलास उठाएँ । उसले आँखा झिम्काई । मैले साधारण रूपमा लिएँ । तिनै जनाले गिलास ठोक्कायौं । उसले एकै सासमा रित्तो बनाई । म हेरिरहें । हेरिनैरहें । उसले फेरि आँखा झिम्काई । मैले दुइचोटी गरेर सकें । सागर सक्दै नसकी लढिसकेको थियो ।

‘ए केटा उठ् नत्र म जान्छु’ मैले सागरको कुममा हात राख्दै भनें

‘तँ कतै जान पाउँदैनस् । उसलाई एक्लै डर लाग्छ ’

‘कसलाई डर लाग्छ ?’ मैले उसको नजिक कान लग्दै भनें

‘उसलाई एक्लै डर लाग्छ । तँ त्यहीँ सुत् ।’

सायद मेरो सपनाको कुरा बजारभरि भइसकेको होकि भन्ने लाग्यो । फेरि अर्को मनले भन्छ मैले सपनाको कुरा कतै चुहाएकै छैन । आवाज मसिनो अझै मसिनो हुँदै बन्द भयो । उ निदायो । हामी दुइले अर्को दुई प्याक चढायौं । सरगम उठेर भान्सा पसि । मैले एउटा चुरोट सल्काएँ । उसले थालमा खाना लिएर आई । यसरी आउँदा उसमा मैले आमाको छाँया देखें । नभन्दै आमालेझैं आफ्नै हातले मलाई खाना खुवाउन थाली । मेरा आँखाका बाँध फुटेर चुहिन थाले । आकाशमा चम्किएको चम्किलो तारा हेरें । हेरिरहें । आँखा रुन छाड्यो तर मन रोईरह्यो । सरगमले चुरोट सल्काई । मैले अर्को प्याक थपें । एउटा स्याउको र एउटा मासुको चाना टोकें । उसले मलाई चुमी । हकका साथ । उसलाई आफुबाट अलग्याउदै भनें ’ तिमी सुत ’ र आफुले पनि आँखा बन्द गरें ।

आँखा खुल्दा मेरो पाइन्टभित्र सरगमको हात थियो । मेरो ओठमा उसको निधार जोडिएको थियो । सबैभन्दा अपत्यारिलो कुरा त जहाँ उसको हात थियो त्यहाँ लिङ्ग थिएन । योनी थियो । एउटा पुरुष शरीरमा योनी के गर्दै थियो ?

                               ०००

आँखा खुल्दा मेरो पाइन्टभित्र सरगमको हात थियो । मेरो ओठमा उसको निधार जोडिएको थियो । सबैभन्दा अपत्यारिलो कुरा त जहाँ उसको हात थियो त्यहाँ लिङ्ग थिएन । योनी थियो । एउटा पुरुष शरीरमा योनी के गर्दै थियो ? आफ्नो छाति हेरें त्यहाँपनि दोष देखिन्थ्यो । पुक्क उठेको छाति । यो सब कसरी सम्भव छ ? उसको हात मेरो कलिलो यौनिबाट झिकें । उफ कस्तो नमिठो गन्ध । कुहिएको अन्डा जस्तै । कताकता माछाको कत्ला जस्तै ।

सागर भुइँमा लडिरहेको थियो । खाटबाट ओर्लने क्रममा अल्झिएर म लडेँ । हाम्रो पुरानो घरको घोप्टे ढोका जस्तै कसैले उघाइदियो । हामी हावाम तैरँदै गयौं । डरले मैले आँखा बन्द गरें । म सर्वाङ्ग नाङ्गै भएर एउटा गोदाममा पुगें । राजा माहाराजाको खजाना राखिएको गोदाममा नारी श्रिङ्गारका अनेकन गहनाहरू थिए । तर मैले एउटा पनि उठाउन सकिन । मेरो सामु उभिएकी थिइ सपना खरेल । सर्वाङ्ग नाङ्गै । मसँगै हावामा तैरिएको सागर त्यहाँ थिएन । उ अर्कै कुनै दरबारमा पुगेको हुनुपर्छ । उसको कठिलो शरीर देख्दा मलाई फेरि पनि उत्तेजना भएन । मैले आफ्नो लिङ्ग हेरें । त्यहाँ लिङ्ग थिएन । योनीको आकृति कोरिएको थियो । छाति भने एक परिपक्व स्त्रीका जस्तै लाग्थे । अगाडिको ऐनामा आफ्नो दायाँ कान देखिएन । हात बढाएर छुन खोज्दै थिएँ कसैले हात छिनाएर लग्यो ।

हात उड्दै सपनाको छाति समाउन पुग्यो । शरीरको अंग काटियो तर खुनको एउटा थोपा चुहिएन । उता हातले बिस्तारै शरीरका अरु भाग जोड्न थाल्यो । एउटा मानव आकृति लियो । दुरुस्तै म ।

रूपक अधिकारी बाट सपना खरेल भैसकेको थिएँ । छाति , हात र गोडाका रौंहरू उडेर हावामा विलय भए । मेरो शरीर मुलायम भयो ।

उनिहरूबिच समागम भयो तर त्यो देखेर मलाई उत्तेजनाले छोएन । बरु यतिबेला कुदिएका धर्साहरू चिरिँदै गए । जहाँ पहिले लिङ्ग थियो त्यहाँ अब एउटा योनी फाटिसकेको छ । अब म पाखुराले कमजोर र कानले कम सुन्ने आदि भएकी एक स्त्री भैसकेको थिएँ । रूपक अधिकारी बाट सपना खरेल भैसकेको थिएँ । छाति , हात र गोडाका रौंहरू उडेर हावामा विलय भए । मेरो शरीर मुलायम भयो । कुनैपनि पुरुष नजरलाई कायल बनाउन सक्ने भयो । जो कोहि अब मेरो कुमारित्वको चाह राख्न सक्छन् । हिजोसम्म बलवान् पुरुष भनेर घमण्ड गर्ने म आज नारी भएँ । आँफैलाई भारी भएँ ।

उनिहरूले भोग गरिसकेपछि मेरो आवरण भएको मान्छे उसैगरी भित्ताको सिसामा कैद भयो । फुटेको फ्रेमझैं लाग्ने त्यो सिसा मेरो श्वप्नदोषको साक्षी हो ।

‘अब तिमी जानसक्छौ । अब तिमलाई कहिल्यै बोलाउने छैन ’

‘मलाई यस्तो अवस्थामा ल्याएर अन्याय गर्ने अधिकार तिमलाई छैन । मलाई आफ्नो अवस्थामा प्रतिस्थापन गरिदेउ । तिम्रो योनी , तिम्रो स्तन सब लैजाउ । मलाई मेरो लिङ्ग फिर्ता गर ’

उ अटेरी बनेर अर्कोतिर मोडिई । अगाडिको ठूलो ऐनाभित्र समाहित भई । यहाँ फुटेको फ्रेमजस्तो लागेन तर त्यो ऐनाले अझै मेरो कान र हात देखाएन । योनी देखायो । छातिमा पलाएको टुसो देखायो तर अहँ मेरो लिङ्ग देखाएन । उही दुई पहलमान आएर मलाई बाहिर निकालें । एतिबेला मेरो शरीरमा सरगमको म्याक्सी थियो । उसैगरी त्यो कुकुरले मेरो पिछा गर्यो । म लढें । आँखा उघाउँदा कम्बोडमा मुख डुबेको थियो । मुख पखालें तर मेरो सपना पखालिएन । म सपना भएको थिएँ । एउटा भ्रमित सपना ।

आवाजलाई पछ्याउँदै टाउको बायाँ घुमाएँ । ठ्याक्कै मेरो अनुहार बोकेको केटा मान्छेको उपस्थिति छ । उसको हातमा केही समय अघि मैले लेखेको पुस्तक छ ‘साढे तिन हत्या’ !

                              ०००

‘तपाईंलाई कहिलेदेखी यस्तो लाग्छ ? ’ डक्टरले मेरो कुरा सकिएपछि प्रश्न गरे ।

‘यस्तो कस्तो ?’

‘कि तपाईं सपना भन्दा पहिले रूपक हुनुन्थ्यो ?’

‘सपना त सकुबसले भोग गरेपछी भएको हुँ । म रूपक नै हुँ’

‘तपाईंलाई कहिलेदेखी लाग्छ कि रूपक अधिकारी बाट सपना खरेल हुनुभयो ?’

‘म रूपक अधिकारी हुँ । तपाईं किन विश्वास गर्नुहुन्न ?’

‘अनि म नि ?’

आवाजलाई पछ्याउँदै टाउको बायाँ घुमाएँ । ठ्याक्कै मेरो अनुहार बोकेको केटा मान्छेको उपस्थिति छ । उसको हातमा केही समय अघि मैले लेखेको पुस्तक छ ‘साढे तिन हत्या’ !

( नोट:– ग्रिक मिथालोजी अनुसार सकुबस भनेको डायन हो जसले सपनामा संभोग गर्छे )

यो पनि…
अनामिकाको खोजी
मौलाउँदै छ,मौलिक पहिरन



...
Heincaw

Когда мне стало необходимо усилить присутствие своего проекта в интернет-поиске, я решил сотрудничать с компанией https://seo-prodvijenie-saytov.ru. Результаты наступили оперативно: увеличение органического трафика и постоянный рост позиций сайта. Команда специалистов разработала индивидуальную стратегию и предложила персонализированные решения в продвижении. Рекомендую как надежного партнера в SEO-продвижении.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,