English

अनामिकाको खोजी



मनोकथा : रूपक अधिकारी

अक्सर पुस्तकमा कहीँ कतै आफूलाई भेट्नु नौलो कुरा हैन । पुस्तकमा काल्पनिकताको पुलमा चढेर जीवनको भोगाइ लेख्ने गरिन्छ । चाहे रामायण होस्, चाहे महाभारत वा कुनै साधारण साहित्यिक कथा सबै यहाँ मानव सभ्यताको परिकल्पनामा नै लेखिन्छन् त्यसो हुँदा कहीँ कसैको कलममा आफ्नो कथा छापिनु स्वाभाविक हो । किनकि, साहित्यकारलाई हामी श्रष्टा मात्र भन्दैनौं द्रष्टा पनि मान्छौं । हामी त कुनै कुनै गीत पनि आफ्नै लागि लेखिएको भन्छौं र बारम्बार गुनगुनाइरहन्छौं । वास्तवमा हामी जब आफूलाई अलिकति कसैको रचनामा पाउँछौं, त्यसले हाम्रो दिल कब्जा गरिहाल्छ ।

त्यसपछि, हामी भन्छौं ‘यहाँ मलाई लेखिएको रहेछ ।’ हो त्यस्तैगरी, मोचनमा मैले आफूलाई पढ्ने सौभाग्य पाएँ । यहाँ केही प्रतिशत समानता पाएर हैन कि थोरै छोडेर अझ करिब ९८.५ आफूलाई पाएँ भन्दा गलत हुनेछैन ।

‘के त्यसोभए थेसिस लेख्न अमेरिका भासिएको जीवन र जिन्दगी लेख्न इन्डिया भासिएको रूपक एउटै हो त ?’

जाडोयामको पानीमा म न्यानो खोज्दै कल्पनामा हराइरहेका बेला काँपिरहेको मेरो शरीरको ख्याल गर्दै न्यानो उपस्थिति लिएर आई उही पुरानो रहस्य । मेरी प्यारी बहिनी रहस्यता ।

‘तैँले मोचन पढिस् ?’ मैले उसलाई प्रश्न गरेँ । उसले आजसम्म कखरा पनि पढेकी छैन अनि साहित्य कसरी पढोस् ।

‘मैले तँलाई पढेकी छु अनि फेरि तँ यो किन बिर्सिन्छेस् म तँभित्र ज्युँदो छु । तैँले पढ्नु भनेकै मैले पढ्नु हा ।’

उसको उत्तरमाथि कहिल्यै शंका रहँदैन । पोखरा भ्रमणपछि ऊ आज फेरि आई । केही न केही त पक्कै छ । तर, के ? ‘कि पानी परेको भएर हो । पानी परेर मेरो याद आएको हो त उसलाई ?’ आँफैसँग प्रश्न गर्छु ।

‘तँलाई के लाग्छ मलाई तेरो याद आउन पानी परिरहनुपर्छ र ?’

‘बादलले खेलेको मौसमसँग मेरो कुनै गुनासो छैन मलाई तेरो याद आउन यहाँ पानी परिरहनुपर्दैन, हेर दुनियाँलाई सुनाउन यति प्रिय कुरा गर्छस् अनि मेरो उपस्थितिको शंका गर्छस् ।’

प्रश्नको झटारोले हिर्काएर ऊ सदाझैं अलप भई । जसरी, घाम नहराएर पनि एउटा निश्चित समयमा देखिन बन्द हुन्छ, त्यसैगरी, ‘रहस्यता’ मभित्र बसेर पनि अलप हुन्छे । अर्को प्रश्नसँगै अर्काे बिहान बनेर फेरि उदय हुन्छे । उसको प्रश्न जायज छ, किनकि कसैलाई पनि याद गर्न मौसम बदलिनु पर्दैन ।

‘बादलले खेलेको मौसमसँग मेरो कुनै गुनासो छैन मलाई तेरो याद आउन यहाँ पानी परिरहनुपर्दैन, हेर दुनियाँलाई सुनाउन यति प्रिय कुरा गर्छस् अनि मेरो उपस्थितिको शंका गर्छस् ।’

‘त्यस्तो हैन नानी, यो दुनियाँमा यस्तै चलन छ र म पनि त यही दुनियाँको हिस्सा हुँ । शंका गर्नुभन्दा पनि नियममा बसेको हुँ भन्दा बेस होला ।’
‘ल भयो छोड यी कुरा । तेरी अनामिकाको के छ खबर ?’

उसको प्रश्नले आफैंसँग हाँस उठ्यो । जिन्दगी किताबको र चलचित्रको जस्तो भएर पनि नहुँदो रहेछ । सबैको भाग्यमा अनामिका नहुँदा रहेछन् । किनकि, खत परेको विगतले सत नमिल्दो रहेछ । हुन त मैले अनामिकाको रूपमा कसैको साथ पाइसकेको छु, तर क्षणभरको साथको के काम ? पुरानो घाउ सुनेर आफैंदेखि टाढा भएँ भन्नेलाई अनामिकासँग दाँज्न मिल्दैन ।

किनकि, अनामिकाले त जीवनलाई बाँकी उमेर साथ दिएकी छ, तर मेरी अञ्जुमन अहँ ! उसको बारे भन्नु यो छ कि घरकाले मान्नुहुन्न । ‘घरकाले प्रेम नमान्ने कि मसँग नमान्ने’ भनेर सोध्न मन थियो तर सोधिनँ ।

किनकि, थोरै पहिलेसम्म घरकाले मान्ने नमान्ने कुरा थिएन । ‘उसले खासमा सेकेन्डहेन्ड हस्बेन्ड चाहिँदैन भनेकी हो दादे’

मेरो कुरामा रहस्यताले आफ्नो विचार पोखी । यति कुरा त म पनि स्पष्ट बुझ्छु । तर, यो बुद्धू मन बुझ्न चाहिरहेको छैन । रत्तिभर पनि मान्न चाहँदैन बरु यो मन त उसलाई ‘एनोदर नेम अफ जोय एन्ड लभ इन्फिनेटली’ भन्छ ।

हामी जब शक्ति देखाउने कुरा गर्र्छौं तब पुरुषार्थ अघि सर्छ । पितृसत्तात्मक सोच हो भन्छौं । ‘पुरुषलाई पहलमान सोच्नु यदि त्यस्तो सोच हो भने हरेक अवस्थामा महिला पीडित भन्नुचाहिँ के हो त ? हरेक समय पुरुष नै गलत हुँदैनन् । के महिलाका कारण घरबार बिग्रिएको उदाहरण छैनन् ?’ के जीवन बिगार्ने आश्मा हैन र ?

‘पाखे’ भन्नेदेखि शुरु भएको कथा ‘तँ मर्’ भन्नेसम्ममा पुग्नुमा दोषी आश्मा होकि हैन भन्ने कुरा पढ्नेले बुझेका होलान् । ‘तँ साले कमाउन नसक्ने हुतिहारा जा डिभोर्स दे मलाई’ भन्नेदेखि मैले आत्महत्याको प्रयास गर्नुसम्म पुग्नु ठ्याक्कै उही प्रवृत्तिको हो । अब यसमा कायम रहेको सम्बन्ध सकाएर नयाँ तरिकाले शुरुवात गर्नु गलत हो भने भयो मलाई अनामिका चाहिँदैन । जिन्दगीभर एक्लै ठीक छु । तर, अनामिका बनेर आएकी अञ्जुमनमा मैले भविष्य देख्नुहुँदैन भन्ने आश्मा जस्ता नारीहरू किन जन्मिन्छन् त ?

कथाभित्रको पात्र जीवन हो, तर कथा बाहिरको यो पात्र रूपक अर्थात् म हो । दुवै यहाँ श्रीमती पीडित छन् । तर, यसरी खुलेआम म पीडित भएँ भन्दा दुनियाँ हाँस्न सक्छ ।’ आखिर छोरा मान्छे भएर पीडा सहने ।

आश्मा कतिको पीडक हो त्यो त म भन्न सक्दिनँ । किनकि, मोचन एउटा पुस्तक जो हो तर अनुपमाले तँलाई धेरै चोट दिएकी छे । दशंैको दिनमा तेरो आँखामा आँसु पनि त्यही भएर नै हो ।

कथाभित्रको पात्र जीवन हो, तर कथा बाहिरको यो पात्र रूपक अर्थात् म हो । दुवै यहाँ श्रीमती पीडित छन् । तर, यसरी खुलेआम म पीडित भएँ भन्दा दुनियाँ हाँस्न सक्छ ।’ आखिर छोरा मान्छे भएर पीडा सहने । नामर्द, छिः छिः छिः भन्न थाल्छ तर त्यही छोरामान्छेले हात उठायो भने फेरि अर्काेथरी कुरा उठ्छ । पुरुष हुन सजिलो छैन ।

फ्रेम गरेको फोटो च्यात्ने आस्था र लेमिनेसन गरेको बिहे दर्ता प्रमाणपत्र च्यात्ने अनुपमा सही छैनन् । कमसेकम हामीले पशुत्व व्यवहार गरेनौं । साँच्चै हाम्रो ठाउँमा छोरा मान्छे हुन बहुत गाह्रो छ । असाध्यै धेरै गाह्रो काम हो ।

‘नारी हुन झन् धेरै गाह्रो छ नि दादे ।’ नारीले महिनावारी चक्र पूरा गर्नुपर्छ । गर्भ बोक्नुपर्छ, यदि, मानसिक पीडा नाप्न मिल्थ्यो भने थाहा हुनेथियो पुरुषले कति अदृश्य चोट खाएको छ भनेर ।

‘सबैले खान्छन् त ?’

‘जसरी सबै नारीले महिनावारी चक्र पूरा गर्छन्, त्यसैगरी हरेक पुरुषले अदृश्य घाउ सहन्छ । फरक यति हो कसैको मनमा घाउ मात्र लाग्छ अनि कसैको घाउमाथि नुनचुक छर्कने काम हुन्छ ।

‘जब दर्द नही था सिनेमे तब खाक मजा था जिनेमे’ भन्दै फोन बज्यो । फोनको डिस्प्ले बल्नासाथ रहस्यता फेरि ‘रहस्य’ बनी । मोचनले पढाएको जिन्दगी सुनाउन नपाउँदै उ फेरि अलप भइसकेकी छे । तर, उसको एउटा राम्रो पक्ष यो होकी मलाई येथेष्ट सोच्ने मौका दिन्छे । एउटा प्रष्ट उत्तर नआएसम्म उसको उपस्थितिका पराकम्पहरू गइरहन्छ । ऊ लामो समय हराउने भनेको फेरि अर्को प्रश्न नजन्मिएसम्म हो ।

आज झरीमा चिच्याउँदै भन्न मन छ म पीडाको सगरमा छु । मेरा आँसु रुने त्यो बादलभन्दा प्रिय अरू केही छैन ।
‘के म पनि प्रिय छैन र ?’

‘प्रिय त मेरी अञ्जुमन पनि छे । तँ भन्नु त आफ्नै जिन्दगी हो नि, प्रिय छैन होला त ? तर, जिन्दगीलाई याद हैन रियल ज्युने गरिन्छ ।’

सायद, उसले सन्तुष्टको पकवान चाखिसकेकी छे । त्यसैले, मेरो ओठमा माधुर्यताको लेपन लगाएर ऊ बिदा भई । म यही लेपन अञ्जुमनको ओठमा पोत्न चाहन्छु । म चाहन्छु मेरी अनामिकाले मलाई अनन्तसम्म साथ देओस् । उसको चित्र कोर्ने आदतले जिन्दगीको मीठो चित्र कुँद्न सफल होस् ।

यो पनि…
मौलाउँदै छ,मौलिक पहिरन
लोक सर्जक खेम सेन्चुरीको नजरमा पढ्नैपर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested