English

देशको सपना हुँदैछ साकार



रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानस्थलमा बाँकी रहेको मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आइपुगेका छन् । 

बुधबार सडक मार्ग हुँदै काठमाडाैंबाट भैरहवा आएका प्राविधिकहरूले काम शुरू गरेका छन् । उनीहरू क्यालिब्रेसन फलाइट गरेर मात्र स्वदेश फर्कनेछन् । सञ्चालनको पर्खाइमा रहेको विमानस्थल दुई चरणमा आईसीबी १ र आईसीबी २ को काम सम्पन्न गरेकोे छ । 

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले १ माघ २०७१ मा शिलान्यास गरेको राष्ट्रिय गौरवको आयोजना अबको एक महिनामा क्यालिब्रेशन उडान गरी परीक्षण उडानको लागि तयार हुने आयोजनाले जानकारी दिएको छ । प्राविधिक टोली आएसँगै क्यालिब्रेसन उडान अबको दुई तीन सातामै हुने विमानस्थलको दाबी छ । 

टोलीले नै प्राविधिक काम एक महिनामा सक्नेगरी काम गरेर मात्रै फर्कने र प्रशासनिक तर्फको काम पनि माघमै सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् । 

टोलीले नै प्राविधिक काम एक महिनामा सक्नेगरी काम गरेर मात्रै फर्कने र प्रशासनिक तर्फको काम पनि माघमै सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् । 

एरो थाई कम्पनीका प्राविधिकहरू आइपुगेपछि अहिले अष्ट्रियाका प्राविधिकहरूले नागरिक उड्डयनका १० जनालाई रोडियोसम्बन्धी तालिम दिइरहेका छन् । विमानस्थलमा हाल दर्जनभन्दा बढी चिनियाँ टोली र अन्य पाँच जना विदेशी दक्ष कामदारले क्यालिब्रेसनको पूर्वतयारीसम्बन्धी काम गरिरहेका छन् । ‘सबै काम पूरा भइसकेको छ । हाम्रो जोड नै क्यालिब्रेसन गरेर परीक्षण उडान गर्नेमा छ,’ आयोजना प्रमुख अधिकारीले भने । 

विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदान-प्रदानका लागि चहिने सबै दक्ष प्राविधिक जनशक्ति आएकाले अबको केही दिनमा नै क्यालिब्रेसन फ्लाइटको मिति तय हुन्छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माण गरेको हो । 

विमानस्थल भौतिक रुपमा सञ्चालन योग्य भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका लागि १२औँ तहको अधिकृत महाप्रबन्धकको रुपमा पठाएको छ । २ माघबाट प्राधिकरणले गोविन्दप्रसाद दाहाललाई व्यवस्थापनको जिम्मा दिएको छ । 

विमानस्थल भौतिक रुपमा सञ्चालन योग्य भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका लागि १२औँ तहको अधिकृत महाप्रबन्धकको रुपमा पठाएको छ ।

महाप्रबन्धक दाहालले वमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको बताए । निर्माणाधीन विमानस्थल सञ्चालनका लागि प्रशासकीय तर्फ १५१ जना र सेवा प्रदायक तर्फ १०३ जना जनशक्ति आवश्यक हुन्छ । 

‘हाल प्रशासकीयतर्फ ३४ जना छौँ तत्काल नै सञ्चालनमा आएर चाप बढ्दै गयो भने जनशक्ति पनि विस्तारै बढाउँदै जानुपर्छ । मेट्रोलोजीतर्फ १५–१६ जना कर्मचारी आएर काम गरिरहेका छन्, सुरक्षातर्फ पनि करिब ३०० जना आवश्यक हुन्छ ।

त्यस्तै भन्सार, अध्यागमन, क्वारेन्टाइन, टेलिकम, राजश्व लगायतका लागि पनि ठाउँ छुट्याइएको छ । जनशक्ति व्यवस्थापनसँगै पूर्वाधार र फर्निसिङको काम भइरहेको छ,’ महाप्रबन्धक दाहालले भने । 

फोटो : राजकुमार श्रेष्ठ/ मेरोलाइफस्टाइल

यो पनि
नेपालबाट राहत सामग्री बोकेर पहिलोपटक काबुल पुग्यो हिमालय एयरलाइन्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

Latest










Popular
Suggested