English

होम आइसोलेसनमा कस्ता व्यक्ति बस्ने ?



अहिले दैनिकरूपमा कोरोना संक्रमित बढिरहेका छन् । यही बेलामा मौसमी रुघाखोकी पनि बढेकाले कोरोनाका लक्षण भएका र नभएका व्यक्ति छुट्याउन गाह्रो छ । त्यसैले, यस्ता व्यक्तिहरू होम आइसोलेसनमा बस्न सक्छन् ।

लक्षण नभएका वा सामान्य लक्षण भएका संक्रमित व्यक्तिहरू
– श्वासप्रश्वासमा समस्या वा सास फेर्न गाह्रो नभएका व्यक्तिहरू
अक्सिजनको मात्रा ९४ प्रतिशत वा त्यो भन्दा बढी भएमा
– सामान्य अवस्थामा स्वास दर प्रतिमिनेट २३ सम्म भएमा
– सजिलोसँग खान पिउन सक्ने व्यक्तिहरु
– आफ्नो स्वास्थ्य समस्या अनुगमन गर्न सक्ने व्यक्ति

साथै, बढी जोखिममा नपर्ने व्यक्तिहरू जस्तै उच्च रक्तचाप, मुटुको समस्या, मृगौलाको रोग, क्यान्सर, मधुमेह आदिको सास्या नभएका र ६) वर्ष उमेर ननाघेका व्यक्तिहरू चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्श लिएर मात्र होम आइसोलेसन बस्नुपर्छ ।

आइसोलेसन कक्षमा चाहिने आवश्यक पूर्वाधारहरू तथा पूर्वतयारीहरू

पूर्वाधारहरू

हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुटै कोठा
सम्भव भएसम्म स्नानघर र शौचालयको छुट्टै व्यवस्था
सरसफाइका लागि साबुन पानी र अन्य सामग्रीको छुट्टै व्यवस्था

पूर्वतयारी

महत्वपूर्ण फोन नम्बरहरू तयार राख्ने जस्तैः चिकित्सक, आफन्त, छिमेकी, साथीभाइ, सवारी साधन, ।
नियमित चाहिने औषधि, मास्क, स्यानिटाइजर, निःसंक्रमण गर्ने सामग्रीहरू कम्तिमा दुई हप्ताको लागि मौज्दात राख्ने ।
दूरी कायम हुनेगरी कोठा तथा ओछ्यान, कुर्सीहरू वा सामग्री मिलाउने ।
बालबालिकालाई तथा अन्य व्यक्तिलाई चाहिने दैनिक उपभोगका सामग्रीहरू ।

यो पनि…
यस्ता आहारले गराउँछ तनावबाट मुक्त
यी बानीले हुन दिँदैन ‘हर्टअट्याक’



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested