English

माटोको सामग्री बनाउने पुर्खौली पेसा संकटमा

‘हाम्रो सीपलाई संरक्षण गर्न कसैले चासो दिएनन्’


विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता पर्व नजिकिन्छन् तब यहाँका कुमालेहरुलाई माटोका भाँडा बनाउन भ्याइनभ्याइँ हुन्छ । त्यसो त माटोको भाँडा बनाउनु प्रजापती समुदायको जीविकोपार्जनको प्रमुख आधार हो ।

त्यसैले पछिल्लो समय प्रजापती समूदायका युवा पुस्ताले यो व्यवसायलाई हाँकिरहेका छन् । बाबु, बाजेले गरेको देखेर १४ वर्षकै उमेरदेखि माटोका सामग्री बनाउन सिकेको स्थानीय विवेक प्रजापति बताउँछन् । विवेक अहिले २९ वर्षका भए । उनले यो पेसालाई विगत ६ वर्षदेखि व्यावसायिक रुपमा अघि बढाएका छन् । ‘मेरो बुवा र बाजेले यही पेसाबाट नै हामीलाई उर्काउनुभयो, माटोमै खेल्दाखेल्दै पुर्खौली पेसामै लागियो,’ विवेक भन्छन्, ‘मैले थाहा पाउँदासम्म ४ पुस्ताले यसैबाट जीविकोपार्जन गर्नुभयो ।’

प्रजापती समुदायका युवाहरुको पुर्खौली पेसाप्रतिको मोह निकै छ । एथ्लटिक्स खेलाडी विनोदकुमार प्रजापती विगत १० वर्षदेखि यो पेसालाई निरन्तरता दिँदै आएका छन् । विनोद एथ्लेटिक्समा राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका छन् । साथै विभिन्न विद्यालयमा खेल शिक्षकका रुपमा पनि काम गरेका छन् ।

विवेकसँगै थुप्रै युवाहरु वैदेशिक रोजगारीका लागि विभिन्न मूलुकमा पुगेका छन् । यद्यपि, विवेकलाई भने अहिलेसम्म विदेशिने सोच आएको छैन । उनी आफ्नै जन्मभूमीमा रगत पसिना बगाउँछन् र आफ्नै परिवारसँग धुलिमाटी गर्न रमाउँछन् । ‘दिन भरी खाली बसियो भने मनमा अनकौँ कुरा खेल्छन्,’ उनी भन्छन्, ‘दिनभरी परिवारसँगै खट्छु, जीविकोपार्जन भएकै छ किन जानु अर्काको देश !’

प्रजापती समुदायका युवाहरुको पुर्खौली पेसाप्रतिको मोह निकै छ । एथ्लटिक्स खेलाडी विनोदकुमार प्रजापती विगत १० वर्षदेखि यो पेसालाई निरन्तरता दिँदै आएका छन् । विनोद एथ्लेटिक्समा राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका छन् । साथै विभिन्न विद्यालयमा खेल शिक्षकका रुपमा पनि काम गरेका छन् । उनले भक्तपुरको राजदल गणका सेनालाई समेत एथ्लेटिक्सको प्रशिक्षण गराएका छन् । ‘खेलकुद क्षेत्रबाटै परिवार पाल्न सक्छु,’ उनले भने, ‘तर, छोरा नातीका लागि पुर्खौली पेसा पनि जोगाइदिनुपर्यो नि ।’ अहिले तिहारको मौसम चलेकाले उनी दैनिक १ हजार ५ सयसम्म माटोका पाला बनाउँछन् ।

यस्तै, भक्तपुरकै रोशन प्रजापतिको परिवारले माटोका भाँडा बनाउन थालेको १० पुस्ता नाघिसक्यो । उनी पनि अहिले त्यसैलाई निरन्तरता दिँदै छन् । उनले पनि सानैबाट परिवारलाई सहयोग गर्दै माटाका विभिन्न सामाग्री बनाउन सिके । रोशनले अहिले यही पेसाबाट ३ छोराछोरीको पढाई र घर खर्च टारेका छन् । ‘ ४६ वर्षको भएँ, यसैबाट रोजी रोटी चलाएको ३६ वर्ष भयो,’ रोशनले भने ।

माटोको अभावः संकटमा पर्दै पुर्खौली पेसा

पुस्तौ/ पुस्तादेखि यही पेसाबाट जीवनयापन गर्दै आएतापनि आर्थिक कारणले पलायन हुने क्रम नरोकिएको स्थानीय विवेक प्रजापति बताउँछन् । केही वर्षअघिसम्म यस क्षेत्रमा करिव ३ सय घरपरिवार यो पेसामा संलग्न थिए । यद्यपि, अहिले ५०–६० घरले मात्र यसलाई अंगालेको उनले पुष्टि गरे । यो पेसा संकटमा पर्नुको मूख्य कारण भने माटोको अभाव रहेको विवेक बताउँछन् ।

माटोको भाडा तयार पार्न चिम्टाइलो, लचिलो माटो आवश्यक पर्छ । अहिले उनीहरुले माटो काठमाडौंको साँखुबाट ल्याउँछन् । केही वर्ष अघिसम्म सिपाडोलबाट माटो आपूर्ति हुन्थ्यो । जसले उत्पादन खर्च कम हुन्थ्यो । यद्यपि, त्यो क्षेत्रमा पनि जग्गा प्लानिङ भएपछि माटो पाइँदैन । त्यसैले माटोका लागि साँखु पुग्नुपरेको स्थानीयको गुनासो छ । साँखुबाट माटो ल्याउँदा प्रति टाटा ट्रकको १० देखि १२ हजार खर्च लाग्छ । तर, त्यहाँ पनि माटोको अभाव सुरु हुन थालेको विवेकले सुनाए । ‘माटोको अभावले यो पेसा संकटमा छ,’ उनले भने, ‘साँखुमा माटो पाउन छोड्यो भने पेसा नै सकिन्छ ।’

माटो र ठाउँको अभावले पुर्खौली पेसामा दिनप्रतिदिन संख्या घट्नुको मुख्य कारण रहेको स्थानीय बताउँछन् । ‘यस पेसाबाट दुःख गरे जति आम्दानी छ, तर माटो अभाव र क्षेत्रफलको कमीले यो पेसा संकट पर्दै गएको छ,’ रोशनले भने, ‘माटोको सामग्री जन्मदेखि मरणसम्मको संस्कारमा आवश्यक पर्छ तर यसलाई संरक्षण गर्न कुनैपनि निकायको ध्यान गएको छैन ।’

सीपलाई संरक्षण गर्नु पर्ने माग

माटोको अभावले सीपको समेत लोभ हुुँदै गएको छ । यस्तो सीपलाई संरक्षण नगरिएमा आउँदो पुस्तालाई र भक्तपुरको कालसंस्कृतिमा धक्का पुग्ने प्रजापति समुदायका नागरिकहरु बताउँछन् ।

माटाका भाडा बनाउने पेसालाई जोगाउन सम्बन्धित निकायले महत्व नदिएको स्थानीयको गुनासो छ । ‘माटाको भाडा बनाउनु पनि सिप हो तर यसलाई संरक्षण गर्न कसैले ध्यान दिएका छैनन्,’ रोशनले भने, ‘हाम्रो पेसालाई संरक्षण गर्नका लागि सम्बन्धित निकायले माटो उपलब्धता र ठाउँको व्यवास्थ गर्नुपर्छ ।’
तस्वीरः रासस, सरिता थारू

यो पनि पढ्नुहोस् :
सयपत्री सप्रिदा किसान मख्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested