सयपत्री सप्रिदा किसान मख्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला
तिहार नजिकिँदै जाँदा चितवनमा सयपत्री फूल तयार भएका छन् । यहाँका बारीमा सयपत्री फूल ढकमक्क फुलेका छन्, तिहारको पर्खाइमा । अबको दुई र तीन दिनमा फूल टिप्ने तरखरमा छन्, यहाँका किसान । सयपत्री फूलखेतीमा पछिल्ला वर्ष युवा पुस्ताको आकर्षण पनि बढ्दै गएको छ ।
सप्तरी राजविराजका शशन देवकोटाले भरतपुर महानगरपालिका-५ समीचोकमा पाँच कट्ठा जमिनमा सयपत्री फूलखेती गरेका छन् । बारीमा फूल टिप्ने बेला भइसकेको छ । लक्ष्मी पूजाको अघिल्लो दिनदेखि फूल टिप्न थाल्ने उनले योजना बनाएका छन् ।
‘पहिलो पटक सयपत्री फूल लगाएको हो । राम्रो भएको छ’, उनले भने । उनले कलकत्ते हाइब्रिड र कर्मा-५५५ जातको सयपत्री फूल लगाएका हुन् । पाँच कट्ठामा लगाएको फूलबाट करिब २ हजार माला बिक्री हुने उनको अनुमान छ । कृषिका विद्यार्थीसमेत रहेका उनलाई फूलमा लाग्ने रोगको बारेमा राम्रोसँग जानकारी छ ।

फूलमा कतै–कतै ढुसी र स्पाइडर माइट देखिने गरेको उनले बताए । राम्रो विषादीको प्रयोग गर्न जाने फूल बचाउन सकिने उनी बताउँछन् । देवकोटाले यो वर्ष एउटा माला ८० देखि १ सय रुपैयाँसम्म विक्री गर्ने योजनामा छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकसमेत रहेका भरतपुर-१५ रामपुरका सूर्य ढुंगानाले १० कट्ठामा सयपत्री फूलखेती गरेका छन् । ‘फूल तयार भइसकेको छ । फूलको बुकिङ पनि सुरु भइसकेको छ । लक्ष्मी पूजाको दिनबाट टिप्न सुरु गर्छौँ’, उनले भने ।

१० कट्ठामा लगाइएको फूलबाट करिब १० हजार माला बनाउन सकिने उनको अनुमान छ । गत वर्ष लकडाउनका बेला बचेको समयलाई सदूपयोग गर्न उनले केही जग्गामा सयपत्री फूल लगाएका थिए । फूलको उत्पादन र माग दुबै राम्रो भएपछि उनले यो वर्ष पनि फूलखेती गरेका हुन् ।
यो वर्ष उनले अरु साथीलाई समेत समेटेर भरतपुर महानगरका विभिन्न स्थानमा सयपत्री फूलखेती गरेका छन् । मंगलपुर, फूलबारी लगायतका स्थानमा एक विघामा सामुहिक फूलखेती गरिएको उनले जानकारी दिए । ‘फूलको माग राम्रो छ । तिहारमा बेचेर सकिएन भने पनि मंसिर लाग्दै छ । विवाह टन्नै हुन्छन् । बिक्री भइहाल्छ’, उनले भने ।
अहिले भरतपुर र नारायणगढका केही व्यापारीले थोरैथोरै परीमाणमा फूल लैजान थालेको उनले बताए । ‘अहिले एउटा मालाको फूललाई ६० रुपैयाँमा दिएका छौँ । लक्ष्मीपूजाको दिनबाट त सय रुपैयाँ पर्छ । अहिले सस्तो परेकाले कोल्ड स्टोरमा राखेर तिहारसम्म टिकाउने भन्दै केही व्यापारीले छिटपुट लग्न थालेका छन्’, उनले भने ।
पोहोर उनले सयपत्री फूलको विरुवा किनेर ल्याएर खेती गरेका थिए । यो वर्ष भने थाइल्याण्ड र भारतबाट फुलको बीउ ल्याएर विरुवा उत्पादन गरी फूलखेती गरिएको उनले बताए । चितवनमा मात्रै यो वर्ष करिब ४० हजार विरुवा बिक्री गरेको उनी बताउँछन् । दाङमा २० हजार विरुवा पठाइएको उनले बताए ।
अहिले भरतपुर र नारायणगढका केही व्यापारीले थोरैथोरै परीमाणमा फूल लैजान थालेको उनले बताए । ‘अहिले एउटा मालाको फूललाई ६० रुपैयाँमा दिएका छौँ । लक्ष्मीपूजाको दिनबाट त सय रुपैयाँ पर्छ । अहिले सस्तो परेकाले कोल्ड स्टोरमा राखेर तिहारसम्म टिकाउने भन्दै केही व्यापारीले छिटपुट लग्न थालेका छन्’, उनले भने ।
काठमाडौँ, पोखरा लगायत बाहिरी जिल्लाका व्यापारीलाई भने अहिल्यै नदिइने उनले बताए । लक्ष्मी पूजाको दिनबाट मात्रै बिक्री गरिने उनको भनाइ छ ।

भरतपुर–७ मा पनि युवाले सामूहिक रुपमा सयपत्री फूलखेती गरेका छन् । युवाले माली दाइ एग्रो इनोभेसन प्राली नामक संस्था स्थापना गरेर २७ कट्ठामा फूलखेती गरेका छन् । पर्वलाई लक्षित गरेर विभिन्न चरणमा फूलखेती गरिएको माली दाइका सञ्चालक इन्जिनियर सागर कार्कीले बताए । कार्कीसहित कृषिका विद्यार्थी अजयकुमार यादव र शिक्षक एक्सन लौडारीले सामूहिक फूलखेती गरेका हुन् ।
दशैँलाई नौ कट्ठा, तिहारलाई १५ कट्ठा र छठ तथा विवाहको सिजनका लागि भनेर तीन कट्ठामा फुल लगाइएको उनले बताए । ‘तिहारका लागि लगाइएको फुलबाट आठ हजार माला बनाउन सकिन्छ कि भन्ने अपेक्षा छ’, उनले भने, ‘हामी सस्तोमा माला दिन खोज्दै छौँ । सजावटका लागि चाहिने एक मिटरको मालालाई सय रुपैयाँ र घाँटीमा लगाइदिने मालालाई ८० रुपैयाँमा दिने योजना छ ।’
‘घरमै आफूले लगाउने भनेर पनि कतिपयले फूल लगाएका छन् । करिब ३५ बिघामा व्यावसायिक रुपमा नै लगाइएको छ । ती दुबैबाट गर्दा साढे दुई लाख माला बन्न सक्ने अनुमान गरेका छौँ’, उनी भन्छन्, ‘चितवनलाई त्यतिले मात्रै पुग्दैन । अरु थप एक लाख मालाको लागि चाहिने फूल बाहिरी जिल्लाबाट ल्याउनुपर्छ ।’
तिहारको लागि भने आठ सय किलो फूल र दुई हजारजति मालाको माग आइसकेको उनी बताउँछन् । तिहारलाई लक्षित गरेर भरतपुर–७ बुद्धचोकमा फूलको पसल राख्न लागिएका उनले बताए । ‘सामाजिक संस्था बेटर चितवनको समन्वयमा मालि दाई स्थापना भएकाले पसलमा संस्थाका स्वयमसेवक खटिन्छन् । त्यसबाट आएको नाफा सामाजिक काममा नै प्रयोग गर्छौँ’, उनले भने ।
यस वर्ष चितवनमा करिब ३५ बिघामा व्यावसायीक रुपमा सयपत्री फूलखेती गरिएको फ्लोरिकल्चर एशोसियसन नेपाल चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठ बताउँछन् । त्यसबाट एक लाख २० हजार मालालाई पुग्ने फूल उत्पादन हुने अनुमान छ ।

‘घरमै आफूले लगाउने भनेर पनि कतिपयले फूल लगाएका छन् । करिब ३५ बिघामा व्यावसायिक रुपमा नै लगाइएको छ । ती दुबैबाट गर्दा साढे दुई लाख माला बन्न सक्ने अनुमान गरेका छौँ’, उनी भन्छन्, ‘चितवनलाई त्यतिले मात्रै पुग्दैन । अरु थप एक लाख मालाको लागि चाहिने फूल बाहिरी जिल्लाबाट ल्याउनुपर्छ ।’
मालाको मूल्य निर्धारण भइनसकेकाले बाहिरबाट थप फूल नआए मालाको मूल्य बढ्न सक्ने उनी बताउँछन् । तिहारमा ८० देखि १ सय रुपैयाँसम्ममा एउटा माला बिक्री हुने व्यवसायीले बताएका छन् ।
तस्वीरः कुलप्रसाद काफ्ले/ न्युज कारखाना
यो पनि पढ्नुहोस् :
सेतीको बाढीले पुल छुन थाल्यो, उर्लियो महाकाली
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
मोडल भिलेज : घरघरमा बाख्रा, दैलोदैलोमा तरकारी
तरकारी खेतीका लागि टनेल बनाउन के–के सामग्री आवश्यक पर्छ ? कति लाग्छ खर्च ?
कृषिमा रमाउँदै कपिल सर– काँक्रो र गोलभेंडाबाटै ४ लाख आम्दानी
पौरखी शिक्षक: जसले भित्र्याए कृषिमा जापानी प्रविधि
नेपालमा भित्रिए यस्ता कृषि प्रविधि










Enid
Sexy scarlett johansson picsFannie flagg on being lesbianAsian woman white guysSex education in oklahomaMichelle vieth sex tape free dowloadAss butt hott thong titBig butts anal sex xnxx Sex scene from seven poundsSex movies ship pornAdult rom n64Breast humongousBisexual sexual relationshipTeen son cums on momFuck hardcore porn price pussy rowe tLycos strip searches in prisonGay horny muscular cum drinkersOpen tit bras https://free.xnxxtubexxx.cc/ Worldview lesbian videosWwe wrestling divas nudeSex entrySexy babes busty sex nudeBollywood erotic photosGay adult porn amateur videosMindanao sexTorrent shaved pussyDailey teen nude video xnxx Breast jolla la liftCute teen hair style ideasErection penis sublingual tabletFinntroll adult swimHentai gif animationsOffice sex galleries vidsBottoms fastened Here is my web blog ... web site