English

तरकारी खेतीका लागि टनेल बनाउन के–के सामग्री आवश्यक पर्छ ? कति लाग्छ खर्च ?



बेमौसमी तरकारी खेती गर्नका लागि प्रयोग गरिने प्रविधिलाई ‘टनेल’ भनिन्छ । यसलाई प्लाष्टिक घर पनि भनेर चिनिन्छ । टनेलमा बेमौसमी टमाटर खेती वर्ष भरी गर्न सकिन्छ भने अन्य तरकारी पनि मौसम भन्दा फरक समयमा उत्पादन गर्न सकिन्छ ।

टनेल खेतीबाट मनग्य आम्दानी हुने तीन वर्षदेखि टनेलमा खेती गर्दै आएका बुढानिलकण्ठ नगरपालिका वडा नं.१४ चुनिखेलका कृष्ण पण्डे बताउँछन् । ‘एक सिजनको टमाटर उत्पादन गर्नका लागि ३० हजार लगानी लाग्छ,’ पाण्डे भन्छन्, ‘मल, जल पुर्याएर खेती गरेमा २ लाखसम्मको टमाटर उत्पादन हुन्छ तर केही नगरी खेती गरेमा ७० हजारसम्म आम्दानी हुन्छ ।’ एक रोपनी जग्गामा उनले एक लाख लगानी लगाएर टनेल निर्माण गरेका छन् ।

टनेल बनाउन आवश्यक सामग्री र खर्च

जग्गा र लगात हेरेर आवश्यकता अनुसार टनेल बनाउन सकिन्छ । गाउँघरमा पाइने साधन प्रयोग गरेर कम लगानीमा टनेल निर्माण गरेर धेरै फाइदा लिन सकिन्छ । यसैगरी टिकाउका लागि फलामको डण्डी वा जि.आई पाइप र गुणस्तरीय प्लाष्टिक प्रयोग गरेर पनि टनेल बनाउन सकिन्छ । खर्चको हिसाबले साधारण र फलामे टनेल हुने कृषि प्रसार अधिकृत रुजन खड्का बताउँछन् । ‘टनेलको आकार जमिनको आकार र लगातमा भर भर्ने पर्छ । सानो टनेलमा कम्तिमा ५ मिटर चौडाई र १० मिटर लम्बाई बनाउनुपर्छ,’ खड्का भन्छन्, ‘ ठूलो टनेल बनाउँदा १० मिटर चौडाई र २५ मिटर लम्बाई हुनुपर्छ ।’ साधारण र फलामे टनेल दुबै किसिमको टनेलमा अनिवार्य हाईग्रोमिटर र थर्मोमिटर राख्नु पर्ने हुन्छ । जसले टनेल भित्रको तापक्रमलाई सन्तुलन राख्न मद्धत गर्दछ ।

साधारण टनेल

स्थानीय स्तरमा पाइने समाग्रीको प्रयोग गरी यो टनेल निर्माण गरिन्छ । यस टनेल बनाउनका लागि खम्वाको लागि बाँस, बाँध्नको लागि प्लाष्टिकको डोरी आवश्यकता अनुसारको सिल पोलिन प्लाष्टिक चाहिन्छ । प्लाष्टिक मोटामोटी ६ हजार रुपैयाँ, २५ वटा बाँसको मूल्य ३ हजार ७ सय ५० रुपैयाँसम्म पर्छ । डोरीको ५ सय, अलकत्रा वा बिग्रेको मोबिल वा ईनामेलको करिव २ सय, तार १ सय ५०, १ हजार बाँसको ढुवानी गरी यो टनेल करिव १७ हजारको लागतमा निर्माण हुने खड्का बताउँछन् ।

फलामे टनेल

फलामे टनेल बनाउँदा धेरै समयसम्म टिक्ने हुन्छ । यो टनेलमा फलामको डण्डी वा जी.आई पाइप र गुणस्तरीय प्लाष्टिक प्रयोग गरिन्छ । आकारअनुसार ५० हजार देखि १ लाख ५० सम्म खर्च हुन्छ ।

यो पनि पढ्नुहोस् ।

के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
नेपालमा भित्रिए यस्ता कृषि प्रविधि
कृषिमा रमाउँदै कपिल सर– काँक्रो र गोलभेंडाबाटै ४ लाख आम्दानी
बैंकबाट कर्जा लिएर घर बनाउने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया
विषादीयुक्त खाद्यवस्तुले स्वास्थ्यमा देखिन्छन् यस्ता समस्या, कसरी जोगिने ?
कोरोना संक्रमित आमाले सुरक्षित स्तनपान कसरी गराउने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested