नेपालमा भित्रिए यस्ता कृषि प्रविधि



नेपाल कृषि प्रधान देश । देशको कुल ग्रार्हस्थ उत्पादन (जिडीपी) मा कृषिको करिव २५ प्रतिशत योगदान छ । नेपालका विभिन्न भौगोेलिक क्षेत्रमा फरक हावा पानीसँगै कृषि प्रणाली पनि फरक नै छ । कृषिको दृष्टिकोणले उच्च, मध्य र तराई गरी तीन भागमा विभाजित छ । उच्च पहाडी क्षेत्रमा ५ प्रतिशत, मध्य पहाडी क्षेत्रमा २५ प्रतिशत र तराईमा ७० प्रतिशत खेति हुन्छ । कुल क्षेत्रफलमध्ये ३१ लाख हेक्टर जमिन कृषिले ओगटेको छ । नेपाल दूध, मासु र अण्डामा आत्मनिर्भर रहेको घोषणा भएको छ ।

तरकारीमा ९० प्रतिशत जात हाइब्रिडले विस्थापित छन् । मकै र धानमा १० प्रतिशत हाईब्रिड बीउ प्रयोग भएका छन् ।

कृषि यान्त्रिकरण

कृषिमा यान्त्रिकरण भित्रिएको छ । हलोको सहायताले जमिन जोत्ने चलन हटेर ट्रयाक्टर र पावर टिलरको प्रयोग गर्ने बढेको छ । पहाड र तराईका सुगम क्षेत्रमा यो प्रविधिको अधिकांसले प्रयोग गरेका छन् ।

रैथाने जातलाई हाइब्रिडले विस्थापित

स्थानीय स्तरमा पाइने अन्नबाली, तरकारी र फलफूलको रैथाने जातलाई हाइब्रिड (बर्णशंकर) जातले विस्थापित गरेको छ । तरकारीमा ९० प्रतिशत जात हाइब्रिडले विस्थापित छन् । मकै र धानमा १० प्रतिशत हाईब्रिड बीउ प्रयोग भएका छन् ।

रासायनिक मलको प्रयोग

परम्परागत कृषिमा रासायनिक मलको प्रयोग गरिदैन थियो । हालको परिस्थितिमा अन्नबाली, फलफूल र तरकारी उत्पादन गर्न रासायनिक मलको अनिवार्य प्रयोग भइसकेको छ ।

बेमौसमी तरकारी खेती प्रविधि

बेमौसमी तरकारी खेती गर्नेको संख्या बढेको छ । मौसमी भन्दा बेमौसमी उत्पादनमा राम्रो आम्दानी हुने भएकाले यसको वृद्धि भएको हो । तरकारीलाई असिना, पानी र चिसोबाट बचाउन र बेमौसमी उत्पादन लागि टनेल खेती भएको पाइन्छ । करिव ४० प्रतिशत बेमौसमी तरकारी उत्पादन हुन्छ भने ६० प्रतिशत मौसमी तरकारी उत्पादन हुन्छ ।

पशुपालनमा उन्नत जातको प्रयोग

मासु र दूधका लागि पशुपालन गरिन्छ । उत्पादन बढाउनका लागि बाहिरका मुलुकबाट विभिन्न उन्नत जातका पशु ल्याएर पालन गरिएको पाइन्छ । नेपालमा मासुका लागि अष्ट्रेलियाबाट ‘बोयर’ बाख्रा ल्याइएको छ । यो बाख्रा छिटो बढ््ने र मासुको लाागि उपयुक्त हुन्छ । यसलाई तराई क्षेत्रमा पाल्न सुरु गरिएको छ । यसैगरी दुधका लागि ‘होल्स्टेन’ र ‘जर्सी’ गाई नेपाल बाहिरबाट झिकाइएको छ । ‘मुर्राह’ र स्थानीय जातको भैंसी पालन पनि गरिएको पाइन्छ ।

कास्की, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, रामेछाप, धादिङ लगायत चिसो हुने मौसम हुने २२ देखि २३ जिल्लामा यो माछा पालन गरिएको छ ।

माछाको नयाँ जात

नेपालमा विभिन्न थरीका माछा पाइन्छन् । ‘ट्राउट’ माछा चिसो पानी र अक्सिजनको मात्र बढी चाहिने माछाको जात हो । यो जातको माछा बाहिरबाट भित्र्याएको पाइन्छ । कास्की, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, रामेछाप, धादिङ लगायत चिसो हुने मौसम हुने २२ देखि २३ जिल्लामा यो माछा पालन गरिएको छ । यसैगरी तराईमा ‘फनकास’ र ‘तिलापिया’ माछा भित्रिएको छ । माछा पालनमा पनि नयाँ–नयाँ प्रविधि भित्रिएर उत्पादन र उत्पादकत्व क्षमता बढेको छ ।

भण्डारण प्रविधि
तरकारी र अन्नबालीको बीउलाई भण्डारण गरेर राख्ने ठाउँलाई ‘सिड् स्टोरेज’ भनिन्छ । सिड भण्डारण एक प्रविधि हो जसमा लामो समयसम्म बीउको उमार शक्तिलाई जोगाइ राख्न सकिन्छ । यसका साथै आलु र फलफूललाई कुहिनबाट जोगाउन प्रयोग गरिन्छ । यही प्रविधिका परिवर्तित रुप आलु भण्डारण गर्ने तराईमा ‘कोल्ड स्टोरेज’ र पहाडमा ‘राष्ट्रिक स्टोरेज’ प्रविधि अपनाएको छ । यसैगरी फलफूल भण्डारणका लागि हालको समयमा ‘कुल बक्स’ प्रविधि परीक्षणको चरणमा छ । केहीले यो प्रविधी प्रयोग समेत गरिसकेका छन् । तर, धेरै क्षेत्रमा भने पु¥याउन सकिएको छैन ।

दूध संकलन केन्द्र

दूध संकलन केन्द्र व्यवस्थित बजारको रुपमा स्थापित भएको छ । सहरमा हुने ‘डेरी’ को व्यवसाय गाउँ–गाउँमा पु¥याउने मूख्य भुमिका यस केन्द्रले खेलेको छ । दूध संकलन केन्द्र स्थापना भएदेखि किसानले पनि दूधको मूल्य पाएका छन् भने नेपाल दूधमा निर्भर भएको छ ।

माटोका लागि ‘डिजिटल म्याप’
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले माटोको ‘डिजिटल म्याप’ ल्याएको छ । यो म्याप नार्कको वेबसाइटबाट हेर्न सकिन्छ । जसमा नेपालभर कुन ठाउँको माटो बलौटे, चिम्टाइलो, क्षारीय, अम्लिय जस्ता जानकारी डिजिटल म्यापबाटै जनकारी लिन सकिन्छ । जुन घरमै बसेर थाहा पाइन्छ ।

सिड भण्डारण एक प्रविधि हो जसमा लामो समयसम्म बीउको उमार शक्तिलाई जोगाइ राख्न सकिन्छ । यसका साथै आलु र फलफूललाई कुहिनबाट जोगाउन प्रयोग गरिन्छ । यही प्रविधिका परिवर्तित रुप आलु भण्डारण गर्ने तराईमा ‘कोल्ड स्टोरेज’ र पहाडमा ‘राष्ट्रिक स्टोरेज’ प्रविधि अपनाएको छ ।

कुन क्षेत्रमा के उत्पादन ?

उच्च पहाडी क्षेत्रमा विशेषगरी पशुपालन हुन्छ । यस क्षेत्रमा सबैभन्दा उच्च स्थान जुम्लामा धान खेती हुन्छ । जसमा ‘जुम्ली मार्सी’ धान सबैभन्दा चिसो सहन सक्ने धान रहेको छ । त्यसैगरी याक र चौरी पालन गरिन्छ । च्याउको व्यवसायिक रुपमा खेति हुन्छ भने ओखर र स्याउ उत्पादन हुन्छ । यस क्षेत्रको उत्पादन अवधि छोटो हुने भएकाले चैत्रदेखि असोजसम्म सबै उत्पादन लिईसक्नु पर्छ ।

मध्य पहाडमा अमिलो जातका फलफूलहरु उत्पादन हुन्छ । सुन्तला, जुनार लगायतका फलहरु उत्पादन हुन्छ । अमिलो जातका फलफूल पूर्व पहाडमा उत्पादन हुन्छन् । चिया र अलैँची पश्चिम पहाडमा उत्पादन हुन्छ । यसैगरी फापर, जौ, कोदो, मकै लगायत विभिन्न बालीहरु यस क्षेत्रमा उत्पादन हुन्छन् । बाख्रा, भेडा, गाई र भैंसी पनि पाल्ने गरिन्छ ।

तराई अन्नको भण्डारका रुपमा चिनिन्छ । धान, गहुँ, मकै, मसुरो, चना, मास लगायत विभिन्न बालीहरु यस क्षेत्रमा उत्पादन हुन्छन् । दूधका लागि ‘होल्स्टेन’ र ‘जर्सी’ जातका गाई पालन गरिन्छ । यस्तै स्थानिय र ‘मुर्राह’ भैंसीको पालन गरिन्छ । आँप, लिची, केरा, मेवा, कटहर, अम्बा लगायतका फलफूलको पनि उत्पादन हुन्छ ।


(नेपाल कृषि अनुसन्धान परिषद्, बाली तथा बागवानी अनुसन्धानका निर्देशक रामबहादुर केसीसँग गरिएको कुराकानीमा आधारित )



...
यस्तो छ कृषि फार्म दर्ता गर्ने प्रक्रिया « Mero LifeStyle

[…] पाइन्छ कृषि अनुदान, कसरी लिने ?नेपालमा भित्रिए यस्ता कृषि प्रविधि‘कृषिमा नयाँ प्रविधि ल्याउन हामीलाई […]

...
तरकारी खेतीका लागि टनेल बनाउन के–के सामग्री आवश्यक पर्छ ? कति लाग्छ खर्च ? « Mero LifeStyle

[…] पाइन्छ कृषि अनुदान, कसरी लिने ?नेपालमा भित्रिए यस्ता कृषि प्रविधिकृषिमा रमाउँदै कपिल सर– काँक्रो र […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । मैथिली र थारु समुदायका महिलाले

कोभिड महामारीपछि सुनसान बनेको गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । कोभिड–१९ का कारण धरासायी

खासगरी बालबालिकाहरु जंक फुड धेरै रुचाउँछन् । यस्तो खाना स्वादमा मिठो भएपनि स्वास्थ्यमा खराब असर गर्छ । खराब खानाले बालबालिकाको

रेबिज बौलाहा पशुको टोकाईबाट मानव र अन्य स्तनधारी प्राणीमा सर्ने अति नै डरलाग्दो प्राणघातक रोग हो । यो एक जिनोटिक

Suggested