विषादीयुक्त खाद्यवस्तुले स्वास्थ्यमा देखिन्छन् यस्ता समस्या, कसरी जोगिने ?

रोग र किराले तरकारी र फलफूलको उत्पादनलाई धेरै मात्रामा नष्ट गर्दछ । १० देखि ३० प्रतिशत विकसित मुलुक र ४० देखि ७५ प्रतिशत विकासशील मुलुकमा फलफूल र तरकारीलाई जोगाउन विषादी प्रयोग गरिएको अनुसन्धानमा देखिएको नेपाल कृषि अनुसन्धानका परिषद्का बाली तथा बागबानी अनुसन्धान निर्देशक रामबहादुर केसीले जनाए । त्यसो त विषादीयुक्त खाद्यवस्तुबाट मानव शरीरमा कस्तो असर पर्छ ? यसबाट हुन सक्ने असरबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा जनरल फिजिसियन डा. भुपेन्द्र कुमार बस्नेत र केसीको सुझाव यस्तो छ :

विषादीयुक्त खाद्यवस्तुबाट कस्तो असर पर्छ ?

सागसब्जी, फलफूल तथा खेतबारीमा प्रयोग भएका विषादीको असर बायोग्रेडीबल र नन्–बायोडग्रेडीबल गरी दुई किसिमको हुने जनरल फिजिसियन डा. बस्नेत बताउँछन् । उनकाअनुसार छोटो समय वा वस्तुसँगै सडेर, कुहिएर जाँदा त्यहीसँगै असर नष्ट हुनु बायोग्रेडीबल भनिन्छ भने लामो समयसम्म विषादीको असर रहि रहनुलाई नन्–बायोग्रेडीबल भनिन्छ ।

सामान्यतया खेतबारीमा बायोग्रेडीबल बिषादी प्रयोग गरिन्छ । ‘प्राकृतिक रुपमा पाकेका फलफूल खाँदा केही फरक पर्दैन,’ डा.बस्नेत भन्छन्, ‘तर पकाउनका लागि कुनै कुरा प्रयोग गरिन्छ भने त्यो वस्तुमा पौष्टिक तत्व नहुन सक्छ र विषादीले पनि असर गर्छ ।’ बिषादी भएका वस्तुहरुको प्रयोगले वाकवाक हुने, पेट र टाउको दुख्ने, रिंगटा र पखाला लाग्ने जस्ता तत्काल असर देखिन्छ भने क्यान्सर र नसा सम्बन्धी समस्या लामो समयपछि देखिने डा.बस्नेतले जनाए ।

बिषादी प्रयोग भएका खाद्यवस्तुबाट कसरी बच्ने ?

किरा र रोगबाट तरकारी, फलफूल र बालीलाई जोगाउनका लागि सकेसम्म विषादी प्रयोग नगर्ने यदि गर्नै परेमा निलो र हरियो लेबल भएको विषादीको मात्र प्रयोग गर्नुपर्ने डा. बस्नेतले बताए । विषादीमा उल्लेख गरिएको पर्खने दिनपछि मात्र बाली टिप्ने गर्नुपर्छ । बिषादी हटाउन सामान्य तरिका भनेको तरकारी र फलफूल धुने नै हो । तर, धोइपखाली गर्दा समेत नगएको विषादीलाई घरमै भेनेगर, बेकिङ सोडा र नुन पानीको माध्यमबाट विषादी कम गर्न सकिन्छ ।

– २० ग्राम नुन प्रतिलिटर पानीमा राखेर घोल बनाउने । नुन र पानीको घोल आवश्यक अनुसार यही मात्रामा बढाउँदै लैजाने । फलफुल र तरकारी १५/२० मिनेट डुबाउने । नुनले बिषाक्त पदार्थलाई निकाल्छ । समय पुरा भएपछि राम्रोसँग सफा पानीले धोएपछि खानका लागि योग्य हुन्छ ।

– फलफूल तरकारी राम्ररी पखाली बोक्रा हटाउँदा विषादी अवशेष कम हुन्छ ।

– पाँच सय पीपीएमको क्लोरिन पानीमा डुबाएर राख्दा विषादीको अवशेष कम हुन्छ ।

– १ सय एमएल भिनेगर प्रति लिटर पानीमा मिसाएको घोलमा १० मिनेट डुबाएर राख्ने र त्यसलाई पानीले पखालेर प्रयोग गर्ने ।

– बेकिङ सोडा प्रतिलिटर पानीमा १० ग्राम राख्नुपर्छ । जति पानी चाहिन्छ त्यसै अनुसार सोडा पनि थप्दै जानुपर्छ । कम्तीमा १५ मिनेट डुबाएर राखेपछि त्यसलाई राम्रोसँग सफा गरेर प्रयोग गर्न सकिन्छ ।

यो पनि पढनुहोस् ।
यी हुन् रक्तदान गर्नुका ५ फाइदा
कोरोना संक्रमण दर बढ्यो, उपत्यकाका अस्पताल भरिभराउ
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
यस्ता हुन्छन् हृदयघातका लक्षण, कसरी बच्ने ?
जन्मदेखि मृत्युसम्म यस्तो छ थारू समाजको जीवनशैली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

‘ब्लु डायरी’ नाम सुन्नासाथ हामीलाई ‘ब्लु’ शब्दले पक्कै झस्काउँछ । किन कि नेपाली समाजमा ब्लु शब्दले पारेको प्रभाव त्यस्तै छ

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदन खुला गरेको छ । कोरोना महामारीका कारण विगत ६ महिनादेखि बन्द

कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुवैबीच एक घन्टा कुराकानी भएको थियो

पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन्