जन्मदेखि मृत्युसम्म यस्तो छ थारू समाजको जीवनशैली



थारूहरू क्षेत्रिय बसोवासका आधारमा विभिन्न शब्दबाट चिनिन्छन् । दाङमा बसोबास गर्नेलाई ‘डङ्गौँरा थारू’, देउखुरीमा बसोबास गर्नेलाई ‘डिउखर्या थारू’, भारतको सीमा क्षेत्रमा बसोबास गर्नेलाई ‘डेसौर्या थारू’, चितवनमा बसोबास गर्नेलाई ‘चितवनिया’, नवलपरासीमा बसोबास गर्नेलाई ‘ललपुरिया’, मेचीदेखि महोत्तरीसम्म बसोबास गर्नेलाई ‘कोचिला थारू’ भनेर चिनिन्छ ।

सोह्रिन्याहरुले सुत्केरी आमा र बच्चाको शरीरलाई मालिस गर्नेदेखि कपडा धोइदिएर सहयोग गर्छन् । यो चलन अहिले पनि गाउँघरमा केही परिमार्जित रुपमा छ ।

थारुहरुको आफ्नै संस्कृति र परम्परा छ । देशभर बसोबास गर्ने थारू संस्कारमा ६० प्रतिशत समानता छ भने ४० प्रतिशत असमानता भेटिन्छ । कैलाली र कञ्चनपुरमा ‘राना’ र ‘कठरिया’ थारूको पनि बसोबास रहेको छ । ठाउँ अनुसार लवाईखवाईदेखि लिएर जन्म, मरणको संस्कार, भाषा र जीवनशैली फरक छ । जिल्ला एउटै भएपनि चालचलन, रीति–रिवाजमा भने केही भिन्नता भेटिन्छन् । थारु जीवनशैलीलाई निम्न कुराहरुका माध्यमबाट अध्ययन गर्न सकिन्छ ।

बच्चा जन्माउँदा ‘सोह्रिन्या’ को भूमिका

बच्चा जन्माउँदा परापूर्वकालबाट वर्तमान नर्सले जस्तै प्रसूति गराउने थारू महिलालाई सोह्रिन्या भनिन्छ । बच्चा जन्माउनका लागि आधुनिक वैज्ञानिक पद्धति नभएको बेलासम्म बच्चा जन्माउँदा सोह्रिन्याको महत्वपूर्ण भूमिका रहँदै आएको छ । सोह्रिन्याहरुले सुत्केरी आमा र बच्चाको शरीरलाई मालिस गर्नेदेखि कपडा धोइदिएर सहयोग गर्छन् । यो चलन अहिले पनि गाउँघरमा केही परिमार्जित रुपमा छ ।

तर, अहिलेको आधुनिकतासँगै सोह्रिन्याहरु ओझेलमा परेका छन् । समय सापेक्ष अनुसार उनीहरुलाई पनि तालिम दिने र मौलिक ज्ञान सीप जोगाइ राख्नु समाज र राज्यको दायित्व हो ।

जल देवीलाई पुजा

बच्चा जन्मेको ५ देखि ७ दिनमा ‘घट्वा टिक्ना’ संस्कार गरिन्छ । सोह्रिन्याले सुत्केरी आमालाई नदी वा खोलामा लैजाने, नुहाएर खोला छेउ लिपेर सिन्दुर, खुर्सानी आदि विविध सामग्रीले जल देवीलाई पुजा गर्न सहजिकरण गर्नुलाई घट्वा टिक्ना भनिन्छ ।

जलदेवीले प्रसूतिलाई सफा हुनमा सहयोग गरेकीले उनलाई पूजा गरिएको हो । आधुनिकतासँगै यो चलन पनि लोप हुँदै गएको छ । सोह्रिन्याले शरीर मालिस गरि सकेपछि आमाले सोह्रिन्यालाई स–सम्मान कुखुरा, डारु लगायत मीठामीठा परिकार खुवाउँछिन् । सोह्रिन्याको खुट्टामा ढोग्छिन् । सुपामा राखिएको चामलमा अरु थपेर कपडा र नगद दिएर सुडेनीलाई बिदा गर्छिन् ।

अन्नमा सुताएर बच्चाको नामाकरण

घरमा भएको तोरी, चामल, मसुरो लगायत अनाजमा सुताएर बच्चाको नामाकरण गरिन्छ । यसरी बच्चालाई अन्नमा सुताएर नामाकरण गर्नु समृद्धि वा सम्पन्नताको सूचक मानिन्छ । थारू समुदाय कृषिमा निर्भर भएकाले अन्नलाई नै सम्पत्ति मान्छन् । छोरा होस् वा छोरीको यसरी नै नामाकरण गरिन्छ ।

बच्चाको नामाकरण गर्दा समय, घटना र परिस्थिति अनुसार नाम निर्धारण भएको पनि पाइन्छ । जस्तैः शिशु जन्मिदा बुुवा बजार गएमा छोरीको नाम ‘बजारी’ र छोराको नाम ‘बजारु, माघमा जन्मेकोलाई ‘माघी’, फागुनमा जन्मेकालाई ‘फग्नी’ । यसैगरी मसुरोको अन्नमा सुताएर नामाकरण गरेमा ‘मसुुरिया’ नाम राखिन्छ ।

५ वर्षको छोरा भएपछि मामासँग केश मुन्डन गर्नुलाई ‘मुरभ्वाज’ भनिन्छ । कुनै विशेष दिन वा शुभदिन जस्तै सोमबारको दिन पारेर यो कार्य गरिन्छ । यसो गर्दा बच्चाको मृत्यु अकालमै नहुने भन्ने विश्वास छ ।

यसरी थारूमा मौलिक रुपमा नाम राख्ने चलन छ । तर, मिश्रित समाज र औपचारिक शिक्षाका कारणले यस समुदायमा हिन्दू र क्रिश्चियन धर्मसँग प्रभावित नामहरु राख्ने परम्परा बढेको छ ।

मातृशिशु प्रजननका लागि ‘ढुर्रा लौसर्ना’

ढहर्या गुर्वाद्वारा गरिने ‘ढुर्रा लौसर्ना’ पूजा मातृशिशु प्रजननसँग सम्बन्धित छ । कुनै पनि महिला आमा बनिसकेपछि महिलाको प्रजनन् अर्थात महिनावारी सम्बन्धी समस्या आउन नदिनका लागि जुन एउटा मौलिक पूजा हो, त्यसलाई नै ‘ढुर्रा लौसर्ना’ भनेर बुझिन्छ । बच्चा जन्मिसकेपछि वर्षको दुईपटक यो पुजा गरिन्छ । यो पुजा जेष्ठको र कार्तिकको पूर्णिमा तिथिमा गर्नु पर्ने चलन छ ।

मामाद्वारा केश मुन्डन

५ वर्षको छोरा भएपछि मामासँग केश मुन्डन गर्नुलाई ‘मुरभ्वाज’ भनिन्छ । कुनै विशेष दिन वा शुभदिन जस्तै सोमबारको दिन पारेर यो कार्य गरिन्छ । यसो गर्दा बच्चाको मृत्यु अकालमै नहुने भन्ने विश्वास छ । कपाल काटेर भान्जालाई नयाँ कपडा, दक्षिणा र खाना खाने थाल विशेष रुपमा दिइन्छ । इष्टमित्रहरुलाई भोज पनि खुवाइन्छ । यो चलनले अहिले पनि निरन्तरता पाएको छ ।

पुजामा अनिवार्य गुर्वा

गुर्वा थारू समुदायमा निकै महत्वपूर्ण भूमिकामा रहन्छन् । जन्मदेखि मरणसम्म गुरुवाको महत्व हुन्छ । बच्चा जन्मिदा ‘ढुरा लौसर्ना’ देखि मान्छे मरेपछि ‘पितृ’ बसाउनका लागि थारू समुदायमा गुर्वाको भूमिका हुन्छ । कार्यअनुसार फरक–फरक भूमिकाका गु¥वाहरुको आवश्यकता पर्दछ ।

कन्याको एकदमै सम्मान हुने भएकाले केटाका बुवा र लमी मिलेर दुलही खोज्ने प्रतीकको रुपमा कुममा ‘कम्बल’ र हातमा लौरो लिएर अगहन (मंसिर) मा बुहारी खोज्न जान्थे । तर, हालको परिस्थितिमा पुरुष प्रधान समाज भइसकेकाले केटी पक्षकाले केटा खोज्न जाने गर्छन् ।

छोरा मान्छे किशोर अवस्थामा पुगेपछि विद्या अध्ययन आरम्भ गरे जस्तै यस समुदायमा पनि विद्या आरम्भ गराउन गुर्वा बनाउँछन् जसलाई ‘ बनैना’ भनिन्छ । तर, हालको समयमा यो प्रचलन हराउन थालेको देखिन्छ ।

केटी खोज्न जाँदा कुममा ‘कम्बल’ र हातमा लौरोको संकेत

थारु समुदायमा सबैभन्दा राम्रो विवाह मागी विवाहलाई मानिन्छ । मागी विवाहका लागि केटी खोज्न जानुलाई ‘खोज्नीबोज्नी’ भनिन्छ । थारू समुदायमा पहिला महिला प्रधान समाज थियो ।

र, कन्याको एकदमै सम्मान हुने भएकाले केटाका बुवा र लमी मिलेर दुलही खोज्ने प्रतीकको रुपमा कुममा ‘कम्बल’ र हातमा लौरो लिएर अगहन (मंसिर) मा बुहारी खोज्न जान्थे । तर, हालको परिस्थितिमा पुरुष प्रधान समाज भइसकेकाले केटी पक्षकाले केटा खोज्न जाने गर्छन् । पहिला केटीमा बाहिरी आवरणलाई त्यति महत्व दिइदैनथ्यो । केटीले घर धान्न सक्छिन्स/क्दिनन् भन्ने आधार हेरिन्थ्यो । तर, आजभोलि केटीको रुपरंगलाई बढी महत्व दिइन्छ ।

‘हल्दो वा हल्दी’ दलेर फर्केपछि केटी पाएको संकेत

केटी पाईसकेपछि ‘हल्दो वा हल्दी’ दलेर फर्केपछि केटी पाएको बुझिन्थ्यो ।

ठोकौनि खैना : वरको घरमा ठोकौनि खाइन्छ । यस अवसरमा भोज खुवाइन्छ । अचेल दुबोको माला लगाई दिने प्रचलन पनि चलेको छ ।

फेन्ड्वा फाँक जैना : दोस्रो दिन दुलहीलाई सुङ्गुरको फिला दिन जान्छन् ।

करै सह्मर्ना : केटा पक्षबाट करै (माटोको करुवा) मा दारु, जाँड र भेली मिठाई सिकहर (वस्तुहरु झुन्ड्याउन प्रयोग गरिने डोरीले बनाएको एक किसिमको विशेश प्रकारको सामग्री) मा झुन्ड्याएर दुलहीकहाँ करै पिउन जान्छन् ।

दुलहीको डिउह्रार (कूलदेवी राख्ने कोठा) का कूलदेवी‒देवताहरुलाई सोनकरैमा राखिएको मड (रक्सी) चढाइन्छ । दुलही पक्षले जिटा (सुङ्गुर) मारेर भोज खुवाउँछन् । विवाहको लगन निश्चित गरिन्छ । सगुनको पात टिप्न, दाउरा काट्न, घर लिप्ने गरिन्छ ।

विवाहको निमन्त्रणामा हलेदोबाट कार्डमा रुपान्तरण

पहिले निमन्त्रणा गर्न जाँदा हलेदो पठाउँथे । अचेल निमन्त्रणा कार्ड पठाउँछन् । ठह्न्वामा देवताहरुलाई पूजा गरिन्छ ।

चाउर पर्छना : चामल, नुन, दाल, जाँड, दारु, जिटा, बह्व्रार, च्यादर आदि दुलहीको घरमा लगिन्छ । केही बर्ष पहिलेसम्म दुलही पक्षले झाङ्गा लिने प्रचलन पनि थियो ।

डिउलि फुट्ना/डिउलि डर्ना : बह्रिमा डिउलि दल्न जाँदा भोजिन्या (बेहुलाको भाउजु) ले डिउया (दियो) र जल लिएर जान्छिन् । भोजिन्या र नेन्ढ¥या (बेहुलाको बैनीहरु) ले उर्द (मास) दल्छन् ।

डिउलि ढुइना : जन्ती जाने दिन बिहान भोजिन्या, नेन्ढ¥या, भन्सह्रि (भान्सेनी), घरगु¥वा आदि डिया डिउलि, करैमा मड लिएर नदी खोलामा डिउलि धुन्छिन् । नुहाउँछन् । गुर्वाले मड चढाउँछन् । अपवाद बाहेक डिउलि फुट्ना उपसंस्कार दुलहा र दुलही दुबैतर्फ सम्पन्न गरिन्छ ।

गुर्वाले तेललाई मन्त्रले सिद्ध गरेर चुह्लामा राखिएको भजनि (तामाको टाउलो) मा हालेर उर्दको ब¥या (देउतालाई चढाउने परिकार) पकाउँछन् । साथै नेन्ढ¥याहरुले पनि पकाउँछन् ।

गुर्वाले देवी‒देवताहरुलाई ब¥या पूजा गर्छन् । दुलहाले विशेष पोशाक जामा, फेटा लगाउँछन् र कूलदेवी‒देवताहरुलाई मड चढाउँछन् । भोजिन्याले सगुनको सजाब (सामग्री) र डिया (दिया) बोक्छिन् ।

भोज्वा, भोजिन्या (बेहुलाको अभिभावक) लाई छाता ओढाइन्छ । ढोल, दमाहा, पिङ्ग्री, बजाइन्छ । हाल डेकमा आधुनिक गीत बजाइन्छ । सैबल्वा (बेहुलाको भाई) ले बर्छि बोक्छ । बर्छिमा सगुनको रुपमा माछा र करैमा मड झुन्ड्याइएको हुन्छ । बर्कि नेन्ढ¥याले डेल्वा बोक्छिन् । मटावाँ (बड्घर)को लागि सगुन लिइन्छ । बरेत (जन्ती) प्रस्थान गर्दा देवी‒देवताहरुलाई मड र ब¥या चढाइन्छ । कहार (इस्टमित्र) हरुले दुलाहको ड्वाला (बेहुला बस्ने डोली) बोक्छन् । दुलहाले ठन्वाका देवताहरुको परिक्रमा गर्छन् ।

बरहा (डोरीले बनाएको सामाग्री) लैजान्छन् । जन्तीलाई पर्छौँकि (जन्ती जाँदा गाउँका मान्छेले भोज खुवाउने) खुवाउँछन् । दुलहीको गाउँको ठन्वाको परिक्रमा गर्छन् । सालीहरुले दुलहा, भोजिन्या, बुवा, नेन्ढ¥या, सैबल्वा आदिको पैतला धोइदिन्छन् । दुलहाले डिउह्रारमा बर्छि गाडेर कूलदेवताहरुलाई मड चढाउँछन् । दुबै पक्षका सम्धिहरु सम्धिमेलो गर्छन् ।

दुलहाको तर्फबाट दुलहीकी आमालाई दूधको दामको रुपमा केही दस्तुर बुझाइन्छ । अचेल यो चलन हराएको छ । खाने बेलामा दुलहाले केही माग्छन् । चित्त बुझेमा सबैले खाना खान्छन् । बिदाईको भोज खुवाउँछन् । दुलहा फिर्ता हुँदा दुलहीको डिहुरारमा गएर बर्छि, ल्याउन थाल्दा सालीहरुले सगुन लिएर मात्र बर्छि लैजान दिन्छन् । ड्वाला छेंक्छन् ।

थारू समुदायमा मान्छेको मृत्यु भएपछि शवलाई माटोमा गाड्ने प्रचलन छ । तर, हाल अन्य संस्कृति अनुसार जलाउने प्रचलन पनि बढेको छ ।शवलाई बह्रि (बैठक कोठा) मा राखेर छातीमा डिया र सिढा (अन्न) राख्ने प्रचलन छ ।

दुलहीका दाजुले दुलहीलाई बोकेर डोलीमा बसाइदिन्छन् । जन्ती फर्कन्छन् । दुलहाको गाउँमा पुगे पछि ठह्न्वाको परिक्रमा गर्छन् । दुलहा दुलहीलाई पर्सिन्छन् । दुलहाले ढोकानेर भोक्टि (माटोको भाडा)मा राखिएको आगोलाई पैतलाले घोप्ट्याएर बर्छिले फोड्छन् । दुलहा–दुलही डिहुरारमा जाँदा वरकी दिदी‒बैनीहरुले द्वार छेक्छन् । कूलदेवता समक्ष सिन्दूर हाल्ने, जुठो खाने, दुलहीले दुलहाको पैतलामा तेल लगाइदिने, दुबैको टाउको ठोक्काई दिने गरिन्छ । नाचगान गर्छन् । दुलहीलाई घर बढार्न लाइन्छ । दुलहीको टाउकोमा झोँपहा बेँर्रा, त्यसमाथि गाग्रो राखेर कुवाँमा पानी भर्न जाँदा सबैले दुलहीलाई चिन्छन् ।

मुख हेराईको रुपमा दुलहीलाई गोझ्नौटि हाल्छन् । चौँठ्यार र सुरह्वाहरुलाई बिदाई गरिन्छ । सहगोत्रिहरुलाई भोज खुवाइन्छ । उक्त हरेक उपसंस्कारहरुमा निरन्तर माँगर (थारू मौलिक गीत) गाइन्छ ।

मृतकलाई माटोमा गाड्ने प्रचलन जलाउनेमा रुपान्तरण

थारू समुदायमा मान्छेको मृत्यु भएपछि शवलाई माटोमा गाड्ने प्रचलन छ । तर, हाल अन्य संस्कृति अनुसार जलाउने प्रचलन पनि बढेको छ ।शवलाई बह्रि (बैठक कोठा) मा राखेर छातीमा डिया र सिढा (अन्न) राख्ने प्रचलन छ । मान्छे मरेपछि गाउँका प्रत्येक घरको एक महिला र एक पुरुष सहभागी भएर शोक सन्तप्त परिवारलाई हरेक संस्कारमा सघाउँछन् ।

छोरा‒नातीहरुले शव बोक्छन् । मृतकसँगै गोट्यार (गोत्रा) हरुले साँठ (धान, चामल, गहुँ,घरमा भएका बिहि (अन्न), कपडा, तरकारी) एउटा कुँर्या लगिन्छ । पतीको निधन भएको छ भने एकल महिला भइसकेकी पत्नीको चुरा फोर्ने र गरगहना निकालि दिन्छन् ।

गर्या (मान्छे गाड्ने खाल्डो) खन्दा र माटो दिँदा या चितामा आगो लगाउँदा पहिलो पटक जेठो छोराले हात लगाउनु पर्छ । त्यस पश्चात् अरुले खने हुन्छ । गर्यामा पुरुषलाई घोप्टो र महिलालाई उत्तानो सुताइन्छ ।

पुरुषले शवलाई घाटमा लगेर जलाउने वा गाड्ने गर्दछन् । मृतकको मुखमा ‘हिरन’ राख्ने चलन छ । शवलाई लगेपछि मृतकको घरमा महिलाहरुले घर लिप्छन्, माटाका भाँडा र मृतकले प्रयोग गरेका बस्तु फालिदिन्छन् ।

अर्को के जन्म पाउँछ भनेर थाहा पाउन ‘जाना’ राख्ने चलन

महिलाहरुले घरको सरसफाई गरेर मृतकले अर्को जन्ममा के जन्म पाउँछ भनेर थाहा पाउनका लागि कुनै एउटा कोठामा ‘जाना’ राखेर नुहाउन जान्छन् ।

नुहाएर फर्केपछि महिलाहरु आ—आफ्नो घरबाट ‘ढरम माना’ को रुपमा चामल, नुन, मसुराको दाल लिएर मृतकको घरमा ‘सिढा डेना’ जान्छन् । जेठो छोराले बुवाको र कान्छो छोराले आमाको किरिया बस्नु पर्छ ।

गर्या (मान्छे गाड्ने खाल्डो) खन्दा र माटो दिँदा या चितामा आगो लगाउँदा पहिलो पटक जेठो छोराले हात लगाउनु पर्छ । त्यस पश्चात् अरुले खने हुन्छ । गर्यामा पुरुषलाई घोप्टो र महिलालाई उत्तानो सुताइन्छ ।

मृतकसँगै लगिएको साँठ (अनाज, कपडा, तरकारी, हँसिया, महिला भए श्रृङ्गार सामग्री) नदी तर्दा चाहिने ज्यालाको रुपमा कात्रोमा नगद आदि गर्या या चितामा राखिदिनु पर्छ । आगो दिन थालेकोले उक्त परम्परा लोपोन्मुख छ ।

किरिया बस्नेले सेतो कपडा, सेतो कछनी, सेतो पग्या लगाउँछन् । सेतो सप्कि (च्यादर) ओढ्छन् । र, खडाउँ (काठको चप्पल) लगाउँछन् । भूत प्रेतबाट सुरक्षाका लागि खुरै (फलामबाट बनाइएको औजार) र छुरा राख्छन् । बह्रि कोठाको एउटा कुनामा भखारी (धान राख्नका लागि बाँस वा निगालोले बनाएको सामग्री) ले बेरेर जालले छोपेर किरिया बस्ने ठाउँ बनाइएको हुन्छ ।

घाटबाट फर्किदा बयरको झ्याङ् बाटोमा राख्ने

शव जलाएर फर्किदा बाटोमा कोदालोले खनेर चिनो बनाउने र त्यसमा बयरको झ्याङ् राखिन्छ । यस्तो गर्नुलाई पितृ र घरको सीमा छुट्याएको बुझाउँछ ।

आमाको क्रिया बस्दा एक छाक दही भात खाने गरिन्छ । तर, एकदमै भोक लागेमा मकैको खाजा खाने गरिन्छ । बुबाको क्रिया बस्दा दही वा दूध खान सकिन्छ ।

किरिया बस्नेले प्रत्येक दिन टपरीमा भात लिएर पितृको लागि बाटोमा राखिदिन्छ, मडको धार दिन्छ र बत्ती बालिदिन्छ । छोरा भएकी महिलाको मृत्यु भएमा छोराले गुइँठामा आगो लिएर, दियो बालेर आमाको आत्मालाई बोलाउन सधैँ गर्यामा जानुपर्छ ।

पुरुष र महिलाहरु घाटबाट घर फर्केपछि मसुराको दाल र भात पकाएर मृतकका लागि थोरै खाना निकाल्ने र त्यसमा हात धुने चलन छ । यस संकारलाई ‘भात कहर्ना’ भनिन्छ । सल्लाह अनुसार ३ देखि ७ दिनसम्म तेल र बेसार बार्ने प्रचलन रहेको छ ।

३/५/७/९ दिनमा घर गुर्वाको निर्देशनमा सुढ्वारि (चोख्याउने दिन) संस्कार गरिन्छ । सुढ्वारिको दिन गाउँलेहरु र गोट्यारहरु भेला भएर घर सरसफाईदेखि चोखाउने काम गरिन्छ ।

आमाको क्रिया बस्दा एक छाक दही भात खाने गरिन्छ । तर, एकदमै भोक लागेमा मकैको खाजा खाने गरिन्छ । बुबाको क्रिया बस्दा दही वा दूध खान सकिन्छ । कतिपयले शव दाह गरे पछि र कतिपयले त सुढ्वारि (चोखिने दिन) मा मात्र मुण्डन गरेर शुद्धि कर्म गर्छन् । किरिया बस्ने छोरा लगायत सहगोत्रीहरु खोलामा गएर मुण्डन गरेर नुहाउँछन् । आमा‒बुवा नभएकाले टुपी फालिदिनु पर्छ । महिलाहरुले घर लिप्छन्, कपडा धुन्छन्, भाँडा चोख्याउँछन् । घर, गोठ, आँगनमा स्वानपानी (सुनपानी) छिटेर (छार्नु) चोख्याइन्छ । इष्टमित्र, सगोत्रीहरु ढरम माना लिएर चोखिन सहभागी हुन्छन् ।

गोट्यारहरुले सेतो टोपी साटेर आपसमा ढोगभेट खुलाउँछन् । घर गुर्वाले पहिले बह्रि कोठामा डिउह्रारका देवताहरुको नाममा मिह्नि डेना (खान दिनु) पूजा गर्दछन् । डिहुरारमा पितृको रुपमा ठाउँ दिन पूजा गर्दछन् । गोट्यारहरुले पितृ भएका/भएकीलाई चढाएको पिट्टर (पिण्ड) खान्छन् ।

नजिकको खोलामा पिट्टर बगाउन जान्छन् । बर्छिले मारिएको सुङ्गुरको मासुका साथ इष्टमित्रहरुलाई ढरम भाट (खानु भन्दा पहिला मृतकका लागि छोट्याइने खाना) कहर्ना भोज खुवाइन्छ । ढरम भाटमा सबै थोक मुछेर पितृको नाममा निकालेर त्यसैमा जल चढाउँछन् ।

टेलडेह्वा (बाहुन/चोख्याउने मान्छे) ले गोट्यारहरुलाई चोखिनका लागि तेल दिन्छ । गोट्यारहरुले तेल कपालमा लगाउँछन् या हत्केलामा घस्छन् । टेलडेह्वालाई क्षमता अनुसार बस्तु नगद दान गरिन्छ । पिह्रि बितेको हो भने गरढु¥याहरु रातभरि नाँच्छन् ।

(थारू संस्कृतिविद् अशोक थारूसँग गरिएको कुराकानीमा आधारित )

महिला ‘बरघर’ले चलाएको थारू समाज



...
यस्तो छ थारू समुदायले मनाउने ‘अट्वारी पर्व’ को महिमा, कसरी मनाउँछन् ? « Mero LifeStyle

[…] […]

...
विषादीयुक्त खाद्यवस्तुले स्वास्थ्यमा देखिन्छन् यस्ता समस्या, कसरी जोगिने ? « Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंह केही समयको अन्तरालपछि काठमाडौ आएकी छन् । पछिल्लो एक दशकदेखि मुम्बईमा

नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन

उचित काम र जीवनबीच सन्तुलन खोज्नु हामीकहाँ कुनै नौलो विषय होइन । तर, कोभिड-१९ महामारीले यी दुई पक्षबीच तनावको स्थिति

सन् २०२० को एक तथ्यांक अनुसार करिब १६ लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा प्रत्येक दिन झण्डै १२ लाख सवारी साधन