English

स्वच्छ सगरमाथा परियोजनाको प्रारम्भ: एभरेस्ट क्षेत्रमा दिगो फोहोर व्यवस्थापनका लागि सरोकारवालाको संयुक्त प्रतिवद्धता



एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ हिमालयका लागि दिगो फोहोर व्यवस्थापन” परियोजनाको प्रारम्भिक कार्यशाला आज काठमाडौंमा सम्पन्न गरेका छन्। कार्यक्रममा संघीय तथा स्थानीय सरकारका अधिकारी, विकास साझेदार, निजी क्षेत्र, सञ्चारकर्मी तथा समुदाय प्रतिनिधिहरूको सहभागीता थियो।

तीन वर्षे यो परियोजनाले सगरमाथा राष्ट्रिय निकुञ्ज र बफरजोनमा दिगो फोहोर व्यवस्थापन प्रणाली मजबुत बनाउन, विशेष गरी बढ्दो इ–वेस्ट समस्यालाई व्यवस्थित गर्न लक्ष्य लिएको छ। WWF नेपालकाे नेतृत्वमा SPCC, खुम्बु पासाङ ल्हामू गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय तथा बफरजोन समितिसँग साझेदारीमा परियोजना कार्यान्वयन हुनेछ। थमस एल. केम्प्नर, जुनियर फाउण्डेशनद्वारा द्वारा आर्थिक सहयोग प्राप्त यो पहल गाउँपालिकाको २०२३ को दिगो फोहोर व्यवस्थापन योजनासँग पनि मेल खान्छ।

कार्यक्रममा संघीयता सुदृढीकरण तथा राष्ट्रिय चासो समितिका सभापति माननीय सोनाम गेल्जेन शेर्पाले एभरेस्ट क्षेत्रको संरक्षणलाई सामूहिक दायित्वका रूपमा व्याख्या गर्दै भने, “एभरेस्ट हाम्रो राष्ट्रिय गौरव हो। समुदाय, सरकार र साझेदार संस्थाहरूको साझा प्रतिबद्धताले मात्र दीर्घकालीन संरक्षण सम्भव छ। स्वच्छ्य सगरमाथा परियोजना त्यसतर्फको महत्वपूर्ण पहल हो।”

सन् १९९८ मा करिब २०,००० पर्यटकबाट २०२३ मा ५०,००० भन्दा बढीमा पर्यटन बढ्दै आएको पृष्ठभूमिमा खुम्बु क्षेत्रमा फोहोर व्यवस्थापन जटिल बन्दै गएको SPCC का प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले बताए। “दशकौंको अनुभवका आधारमा समुदाय–केन्द्रित मोडेललाई अझ सक्षम बनाउन यो परियोजना महत्वपूर्ण अवसर हो,” उनले भने।

कार्यशालामा परियोजना डिजाइन, सामुदायिक क्षमता अभिवृद्धि, फोहोर छुट्याउने अभ्यास, पुनर्चक्रण, फोहोर सङ्कलन–प्रशोधन–ढुवानी प्रणाली तथा बढ्दो इ–वेस्ट व्यवस्थापनका सम्भावित उपायहरूबारे सरोकारवालाबीच विस्तृत छलफल भयो।

WWF नेपालका प्रमुख डा. घनश्याम गुरुङले एभरेस्ट क्षेत्रलाई नेपाल मात्र नभई विश्वकै वातावरणीय प्रतीकको रूपमा उल्लेख गर्दै भने, “पर्यटन बढ्दै जाँदा फोहोर व्यवस्थापन थप चुनौतीपूर्ण बन्दैछ। स्थानीय स्वामित्वमा आधारित दिगो प्रणाली निर्माणका लागि यो परियोजनाले सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याएको छ।”

कार्यक्रम समापनमा सरोकारवाला संस्थाहरूले परियोजनालाई प्रभावकारी, समावेशी र स्थानीय आवश्यकतामा आधारित बनाउने गरी समन्वय सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Photo : Sneha Tamrakar/WWF Nepal



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested