English

स्वच्छ सगरमाथा परियोजनाको प्रारम्भ: एभरेस्ट क्षेत्रमा दिगो फोहोर व्यवस्थापनका लागि सरोकारवालाको संयुक्त प्रतिवद्धता



एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ हिमालयका लागि दिगो फोहोर व्यवस्थापन” परियोजनाको प्रारम्भिक कार्यशाला आज काठमाडौंमा सम्पन्न गरेका छन्। कार्यक्रममा संघीय तथा स्थानीय सरकारका अधिकारी, विकास साझेदार, निजी क्षेत्र, सञ्चारकर्मी तथा समुदाय प्रतिनिधिहरूको सहभागीता थियो।

तीन वर्षे यो परियोजनाले सगरमाथा राष्ट्रिय निकुञ्ज र बफरजोनमा दिगो फोहोर व्यवस्थापन प्रणाली मजबुत बनाउन, विशेष गरी बढ्दो इ–वेस्ट समस्यालाई व्यवस्थित गर्न लक्ष्य लिएको छ। WWF नेपालकाे नेतृत्वमा SPCC, खुम्बु पासाङ ल्हामू गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय तथा बफरजोन समितिसँग साझेदारीमा परियोजना कार्यान्वयन हुनेछ। थमस एल. केम्प्नर, जुनियर फाउण्डेशनद्वारा द्वारा आर्थिक सहयोग प्राप्त यो पहल गाउँपालिकाको २०२३ को दिगो फोहोर व्यवस्थापन योजनासँग पनि मेल खान्छ।

कार्यक्रममा संघीयता सुदृढीकरण तथा राष्ट्रिय चासो समितिका सभापति माननीय सोनाम गेल्जेन शेर्पाले एभरेस्ट क्षेत्रको संरक्षणलाई सामूहिक दायित्वका रूपमा व्याख्या गर्दै भने, “एभरेस्ट हाम्रो राष्ट्रिय गौरव हो। समुदाय, सरकार र साझेदार संस्थाहरूको साझा प्रतिबद्धताले मात्र दीर्घकालीन संरक्षण सम्भव छ। स्वच्छ्य सगरमाथा परियोजना त्यसतर्फको महत्वपूर्ण पहल हो।”

सन् १९९८ मा करिब २०,००० पर्यटकबाट २०२३ मा ५०,००० भन्दा बढीमा पर्यटन बढ्दै आएको पृष्ठभूमिमा खुम्बु क्षेत्रमा फोहोर व्यवस्थापन जटिल बन्दै गएको SPCC का प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले बताए। “दशकौंको अनुभवका आधारमा समुदाय–केन्द्रित मोडेललाई अझ सक्षम बनाउन यो परियोजना महत्वपूर्ण अवसर हो,” उनले भने।

कार्यशालामा परियोजना डिजाइन, सामुदायिक क्षमता अभिवृद्धि, फोहोर छुट्याउने अभ्यास, पुनर्चक्रण, फोहोर सङ्कलन–प्रशोधन–ढुवानी प्रणाली तथा बढ्दो इ–वेस्ट व्यवस्थापनका सम्भावित उपायहरूबारे सरोकारवालाबीच विस्तृत छलफल भयो।

WWF नेपालका प्रमुख डा. घनश्याम गुरुङले एभरेस्ट क्षेत्रलाई नेपाल मात्र नभई विश्वकै वातावरणीय प्रतीकको रूपमा उल्लेख गर्दै भने, “पर्यटन बढ्दै जाँदा फोहोर व्यवस्थापन थप चुनौतीपूर्ण बन्दैछ। स्थानीय स्वामित्वमा आधारित दिगो प्रणाली निर्माणका लागि यो परियोजनाले सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याएको छ।”

कार्यक्रम समापनमा सरोकारवाला संस्थाहरूले परियोजनालाई प्रभावकारी, समावेशी र स्थानीय आवश्यकतामा आधारित बनाउने गरी समन्वय सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Photo : Sneha Tamrakar/WWF Nepal



सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested