English

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो



मंसिर १७, काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ३२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार सुन्धारास्थित सिभिल मलमा आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रुपमा चलचित्र हेरेको हो । चलचित्रमा नेपालको सामाजिक परिवेश र घर-घरको कथा भएकाले सबैको मन छुन सफल भएको कम्पनीले जनाएको छ । ‘वार्षिकोत्सवको अवसरमा सबै कर्मचारी एक साथ बसेर चलचित्र हेर्नु आफैँमा सकारात्मक कुरा हो, वर्षौंपछि त्यो अवसर परानले जुराइदिएको हो’,- कम्पनीकी मानव संशाधन व्यवस्थापन विभागकी प्रमुख सृष्टिना मानन्धरले भन्नुभयो- ‘सामूहिक रुपमा चलचित्र हेर्दा आफ्नोपन र पारिवारिक माहोल बनेको लाग्यो, यसले कर्मचारीहरूमा पनि सहयोग र समन्वय गर्ने भावनाको विकासमा सहयोग पुग्छ।’

चलचित्र हेरेर भावुक बनेपछि कम्पनीकी सहायक कर्मचारी रुपा देउलाले भन्नुभयो- ‘अहिलेको समयमा नेपाली समाजलाई यस्तै सन्देशमूलक चलचित्र चाहिएको छ, आफ्नै घरको कथा भनेकोजस्तै लाग्यो, कलाकारको अभिनय त झनै उत्कृष्ट छ।’ जेनरल सर्भिस डिपार्टमेन्ट लजिस्टिकका सुविन्द्र श्रेष्ठले वरिष्ठ कलाकार नीर शाहको अभिनय र कथाले मन जितेको प्रतिक्रिया दिनुभयो ।

एचइआईको कर्पोरेट शोमा निर्देशक दीपक प्रसाद आचार्य र अभिनेत्री अञ्जना बराइली पनि पुगेका थिए । नेपाली समाजको पारिवारिक कथा समेटिएको ‘परान’ फिल्म जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको कथामा आधारित छ ।



सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested