English

विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक



आज १ नोभेम्वर । विश्वमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्पूर्ण घटनाः

म्यासट्रिच्ट सन्धी 

सन् १९९मा म्यासट्रिच्ट सन्धि कार्यान्वयनमा आएको थियो ।  सन्धीले युरोपेली देशमा युरोलाई साझा मुद्रा अंगीकार गरेको थियो । अहिले पनि युरोपेली देशमा युरो साझा मुद्रा हो ।

अमेरिकी विमानमा बिस्फोट

सन् १९५५ मा अमेरिकी एयरलाइन्सको एउटा विमानमा शक्तिशाली बम बिस्फोट भएको थियो । लगेजभित्र लुकाएर राखिएको सो टाइम बम बिस्फोट हुँदा चालक दलका सदस्यसहित यात्रामा सबार सबै जनाको मृत्यु भएको थियो ।

अमेरिकाद्वार हाइड्रोजन बम परीक्षण

सन् १९५२ मा अमेरिकाले पहिलो पटक हाइड्रोजन बम परीक्षण गरेको थियो । अपरेसन इभिको एक महत्वपूर्ण अंशअन्तर्गत मार्शल टापुमा बम परीक्षण गरिएको थियो ।

पहिलो पटक विमानबाट बम खसालियो

सन् १९११ अगाडि बेलुन प्रयोग गरेर आकाशबाट बम झारिन्थ्यो । तर, १ नोभेम्बर १९११ देखि इटालीले विमानबाटै पहिलो पटक बम खसालेको थियो । इटाली र टर्कीको युद्धमा सो बम खसालिएको थियो ।

रसियाका अन्तिम सम्राट

सन् १८९४ मा निकोलस द्दितीय रसियाका अन्तिम सम्राट बनेका थिए । आफ्ना बाबु अलेक्जेन्डर तृतीयको मृत्युपछि निकोलस सम्राट बनेका थिए । सन् १९१७ मा निकोलसले राजगद्दी त्याग्न बाध्य भएका थिए । त्यसको एक बर्षपछि परिवारसहित उनको हत्या भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

Latest










Popular
Suggested