English

चिसोमा हृदयघातको जोखिमबाट कसरी बच्ने ?



डा. ओम मूर्ति अनिल, मुटुरोग विशेषज्ञ

हृदयघात आकस्मिक हुने स्वास्थ्य समस्या हो । मुटुसम्बन्धी समस्याको कारण हृदयघात हुने गर्छ । कुनै पनि उमेरका मानिसलाई क्षणभरमै हृदयघात हुन सक्छ । त्यसैले, हृदयघातको जोखिम कम गर्न विभिन्न कुरामा ध्यान दिनुपर्छ । मुटु रोगको जोखिम भएका व्यक्तिहरू तथा सामान्य व्यक्तिहरूले पनि यस्ता कुराहरूमा ध्यान दिए हृदयघातको जोखिमबाट बच्न सकिन्छ ।

जाडो मौसममा हाम्रो शरीर र मुटुलाई शरीरको तापक्रम बढाउन बढी मेहनत गर्नु पर्ने हुन्छ । जसको कारण मुटुमा बढी दबाब परिरहेको हुन्छ । यस्तो अवस्थामा मुटु कमजोर भई हृदयघात हुने जोखिम बढ्छ । त्यसैले चिसोमा हृदयाघातको जोखिम कम गर्न यी कुराहरूमा ध्यान दिनुपर्छ ।

धुम्रपान तथा मद्यपान नगर्ने

धुम्रपान तथा मद्यपान गर्ने व्यक्तिहरूलाई हार्ट अट्याकको एकदमै जोखिम हुन्छ । यसकारण युवाहरूलाई झन् हृदयघातको जोखिम हुने गर्छ । त्यसैले, धुम्रपान तथा मद्यपान पूर्णरूपमा बन्द गर्नुपर्छ । धेरै धुम्रपान र मदिरापान गर्ने मानिसको मुटुको रक्तनलीमा क्लट बनेर हृदयघात हुन सक्छ ।

व्यायाम तथा शारीरिक गतिविधि गर्ने

एउटा स्वस्थ व्यक्तिले प्रतिदिन ३० देखि ६० मिनेट छिटोछिटो हिँड्नुपर्छ । र, मुटु रोगको जोखिम भएकाहरूले एक घण्टा हिँड्न जरुरी छ । किनभने, यसले मुटु रोग र हृदयघातको जोखिम घटाउँछ । शारीरिक गतिविधि हुने जुनसुकै तरिकाबाट पनि जोखिम कम गर्न सकिन्छ । जस्तै: साइक्लिङ, दौड, स्विमिङ, आदि ।

तौल नियन्त्रण

यदि, कसैको तौल बढी छ भने उसलाई मुटु रोगको जोखिम पनि धेरै हुन्छ । त्यसैले, तौललाई नियन्त्रण गरे हृदयघातको जोखिम १० प्रतिशत घट्छ । त्यसैले, तौल घटाउनु पनि हृदयघातको जोखिम कम गर्ने प्रमुख उपाय हो ।

अस्वस्थ आहारको सेवन नगर्ने

खानामा नुन, चिनी र चिल्लोको प्रयोग धेरै गर्नुहुन्छ भने त्यसको मात्रालाई घटाउनुपर्छ । यी तीनवटा कुरा अस्वस्थकर खानाभित्र पर्छ । यी तीन कुराको प्रयोग कम गर्न सकियो भने हृदयघातको जोखम कम हुन्छ । अस्वस्थ आहारले सुगर, प्रेसर, कोलेस्ट्रोल र मोटोपना बढाउने गर्छ । हामीले खाने गरेको जंकफुड र फास्टफुडहरूले पनि प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा असर गर्छ ।

स्वस्थ आहारको सेवन गर्ने

प्रशस्त मात्रामा फलफूल, हरियो सागसब्जी र माछाको सेवन गर्ने । दिनमा ३ देखि ४ पटक ताजा फलफूलको सेवन गर्नुपर्छ र तीनदेखि पाँचपटक हरियो सागसब्जीको सेवन गर्नुपर्छ । हप्तामा दुईपटक माछा खान सकियो भने माछामा भएको गुड कोलेस्ट्रोलले हृदयघातको जोखिम कम गर्छ । त्यसैले, ब्यालेन्स डाइट मुटु रोगबाट बच्ने एउटा राम्रो उपाय हुन सक्छ ।

धेरै जनालाई ड्राईफ्रुटको सेवन स्वस्थको लागि राम्रो होइन भन्ने गलत बुझाइ छ । तर, यो गलत हो ड्राईफ्रुटस् पनि हेल्थको लागि राम्रो मानिन्छ । यसमा भएको गुड कोलेस्ट्रोलले हाम्रो मुटुमा हुने ब्लकेजको सम्भावनालाई कम गर्छ ।

सकेसम्म खानामा भातको मात्रा कम गर्ने

सकेसम्म खानामा भातको मात्रा कम हुनु पर्छ । दाल, गेडागुडीको मात्रा बढायौँ भने त्यो फाइदाजनक हुन्छ । चामलभन्दा उसिनेको चामल, गहुँ र जौ को प्रयोग राम्रो मानिन्छ ।

नियमित स्वास्थ्य जाँच

४० वर्ष माथिका मानिसहरूले अहिलेसम्म कुनै पनि स्वास्थ्य जाँच गर्नुभएको छैन भने समस्या हुन सक्छ । फस्टिङ ब्लड सुगरमा सुगर, कोलेस्ट्रोलको जाँच र एक दुई महिनाको फरकमा ब्लड प्रेसरको जाँच गर्नुपर्छ । यदि, सुगर कोलेस्ट्रोल बढेको छ भने त्यसलाई तुरुन्तै नियन्त्रणमा ल्याउनुपर्छ । चिकित्सकको परामर्श लिएर त्यसको रिच फ्याक्टरहरूलाई नियन्त्रण गर्नुपर्छ ।

प्रेसर, सुगर र कोलेस्ट्रोल नियन्त्रण

प्रेसर, सुगर र कोलेस्ट्रोलको समस्या भएमा डाइट, व्यायाम, औषधिको सेवन गरेर यसलाई नियन्त्रण गर्न सके मुटुरोगको जोखिम न्यून हुन्छ । यी तीन कारणले नै हृदयघातको जोखिम बढ्ने गर्छ । त्यसैले, यिनीहरूलाई नियन्त्रण गरी जोखिम कम गर्न सकिन्छ ।

औषधिको नियमित सेवन

प्रेसर, सुगर र कोलेस्ट्रोलको औषधि सेवन गरिरहहेका व्यक्तिहरूले नछुटाई त्यसको निरन्तर प्रयोग गर्नुपर्छ । हृदयघातको सम्भावना भएको व्यक्तिहरूलाई विशेषगरी स्प्रिन र कोलेस्ट्रोलको औषधिहरू पनि प्रयोग गर्ने सल्लाह दिइन्छ ।

तनाव र रिसको नियन्त्रण

हृदयाघतको जोखिम कम गर्नको लागि तनाव र रिसको नियन्त्रण गर्नु पनि एकदमै महत्वपूर्ण हुन्छ । यी कारणहरूले पनि हृदयघातको जोखिम बढाउने कारण हो । त्यसैले, तनाव र रिसलाई कम गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
जाडोमा श्वास प्रश्वास सम्बन्धी समस्याबाट कसरी बच्ने ?



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested