English

वि विल राइज फाउन्डेसनद्वारा सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण



वि विल राइज फाउन्डेसनले नेपाल सरकारलाई सहयोग स्वरुप ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । हङकङस्थित सिल्क रोड इन्टरनेसनल फाउन्डेसनको सहयोग र वि विल राइजको सहकार्यमा करिब ५० लाख रुपैयाँ बराबरको उक्त सामाग्री प्रदान गरिएको हो ।

फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठ र संचालन निर्देशक अनुप कुमार बरालले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । एकपछि अर्को कोरोनाको लहरबाट ग्रुजिरहेको नेपाललाई त्यससँग जुध्न सहयोग पुगोस् भन्ने हेतुले अक्सिजन कन्सन्ट्रेटर सहयोगका लागि पहल गरिएको फाउन्डेसनका संस्थापक तुलसी कुमार गुरुङले बताए ।

‘ज्यान जहाँ रहेपनि मन त नेपालमै छ,’ हाल हङकङमा रहेका गुरुङले भने, ‘कुनैपनि कोरोना संक्रमित नेपालीले अक्सिजन अभावमा मृत्युवरण गर्नु नपरोस् भन्ने सोचले कन्सन्ट्रेटर सहयोगको पहल गरेका हौं ।’ हङकङेलीहरुले नेपाललाई आइपर्ने प्रत्येक आपतबिपतमा सहयोग गरिरहेको स्मरण गर्दै पछिल्लो सहयोगका लागि हातेमालो गर्ने सिल्क रोड इन्टरनेसनल फाउन्डेसनप्रति पनि आभार व्यक्त गरे ।

भिडियाे हेर्न माथि क्लिक गर्नुहोस् ।

‘वि विल राइज फाउन्डेसन जस्ता संस्थाहरुको सहयोगले कोरोनालाई परास्त गर्न सहयोग पुग्नेछ,’ सहायता सामग्री ग्रहण गर्दै मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सिंहले भने, ‘यो सहयोगका लागि फाउन्डेसनप्रति आभार व्यक्त गर्दछु ।’ भूकम्पपछि स्थापित फाउन्डेसनले स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कृयाकलाप गर्दै आएको छ ।

स्थापना वर्षमै यसले सिन्धुपाल्चोकमा भूकम्पले ढलाएका घर र विद्यालयको पुनःनिर्माण गरेको थियो । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका पर्यटकीय थलोहरुको प्रर्वद्धनका निम्ति पछिल्लो समय यसले ‘मेरो गाउँ, मेरो ठाउँ’ शिर्षकमा भिडियो च्यालेन्ज समेत गर्दै आएको छ । यद्यपि, कोरोना महामारीका कारण यसले निरन्तरता पाउन नसकेको फाउण्डेसनका निर्देशक एवं कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

यो पनि पढ्नुहोस् ।
राइज मिडियाको पहलमा मेलम्ची बाढी पीडितलाई सहयोग
राइज मिडियाका अध्यक्ष गुरुङ ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट सम्मानित
राइज मिडियाकर्मी निमा ल्हामु शेर्पाद्वारा सगरमाथाको सफल आरोहण
राइज मिडिया नेटवर्कको झन्डा सगरमाथामा फहरिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested